एजेन्सी,असार,२३-अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । खेलमा अग्रता अर्जेन्टिनाले सातौं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेका थिए । तर, ६१ औं मिनेटमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो । निर्धारित समयको […]
ब्यानर न्यूज
सरकारलाई कारण देखाऊ आदेश जारी
काठमाडौं,असार,२३-सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै मंगलवार न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न भनेको हो। बैंकका कर्मचारीले बैंक तथा वित्तीय संस्थालाई कोषमा आबद्ध हुन बाध्य […]
कोपा अमेरिका कप:अर्जेन्टिना र कोलम्बिया भिड्दै
एजेन्सी,असार,२३-कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज (बुधबार) बिहान अर्जेन्टिनाले कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ ।अर्जेन्टिना र कोलम्बियाबीचको खेल नेपाली समय अनुसार बिहान ६:४५ बजे सुरु हुनेछ । कोलम्बियाविरुद्ध मैदान उत्रदा अर्जेन्टिना जित निकाल्दै फाइनल पुग्ने योजनामा हुनेछ । कोलम्बिया पनि अर्जेन्टिनालाई हराएर फाइनल पुग्न चाहन्छ । अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनल ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिल पेरुलाई […]
युरोकप फुटबलमा इटालीको हावी,स्पेनलाई हराउँदै फाइनलमा प्रवेश
एजेन्सी,असार,२३-युरोकप फुटबलको तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको फाइनलमा प्रवेश गरेको छ ।यस पटक युरोकप फुटबलमा इटाली आफ्नो जितको हाबी कायम नै राखेको छ। इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ […]
ब्राजिल कोपा अमेरिकाको फाईनल प्रवेश
एजेन्सी,असार,२२-ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ । सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे ।नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ । नेयमार प्रेरित ब्राजिल […]
काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा थप खुकुलो
काठमाडौँ,असार,२२-काठमाडौं उपत्यकामा आजदेखि थप निषेधाज्ञा अझ खुकुलो बनाइएको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर-बिजोर प्रणाली हटाइएको छ। यसअघि निजी तथा सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्बरवाला र बिजोर गतेका दिन बिजोर नम्बरवाला मात्र चलाउन पाइन्थ्यो। गत आइतबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर […]
संसद विघटन विरुद्धको मुद्धामा आज पनि जवाफी बहस हुने
काठमाडौं,असार,२१-संसद विघटन विरुद्धको मुद्धामा रिट निवेदक पक्षको जवाफी बहस आज पनि जारी रहनेछ । जवाफी बहसको लागि अब २ घण्टा समय बाँकी रहेको छ । आज वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नुहुनेछ । त्यसपछि अदालतका सहयोगि अर्थात एमिकस क्युरीको राय लिने काम हुनेछ । हिजो जवाफी बहस सुरु गर्दै […]
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं,असार,२१-काठमाडौंमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६.३२ बजे कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
अमेरिकाको जोन्सन एन्ड जोन्सनले नेपाललाई १० लाख डोज कोरोना खोप पठाउने
काठमाण्डौं,असार,२१-अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले आगामी एक महिनाभित्र नेपाललाई खोप उपलब्ध गराउने भएको छ । जोन्सन एन्ड जोन्सनले कोभ्याक्स सुविधामार्फत एक महिनामा १० लाख डोज दिने प्रतिबद्धता जनाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसअघि जोन्सन एन्ड जोन्सनले ६ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । ‘एउटा उमेर समूहलाई पुग्ने खोप उपलब्ध हुने भएको छ, खोप […]
उडान संख्या थप्न वायुसेवा सञ्चालक संघको आग्रह
काठमाडौं,असार,२१-नेपाल वायु सेवा सञ्चालक संघले उडान संख्या थप्न सरकारसँग आग्रह गरेको छ । संघले यात्रु उद्धारमा सहजता र सस्तोका लागि उडान संख्या थप्न सरकारसँग आग्रह गरेको हो । संघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै हाल तोकिएको ५० प्रतिशत उडान संख्यालाई शतप्रतिशत पुर्याउन माग गरेको हो । हाल कायम भएको संख्याले यात्रु उद्धार गर्न कठिनाइ हुने […]








