‘सर्वसाधारणको जीउधनको सुरक्षा राज्यको पहिलो दायित्व’:गृहमन्त्री बालकृष्ण खाँण

काठमाडौं,साउन,१-गृहमन्त्री बालकृष्ण खाँणले सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भीर भएर लाग्न निर्देशन दिनुभएको छ । शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण भ्रमण गर्दै मन्त्री खाँणले अहिलेको अवस्थामा विपदको जोखिम न्यूनीकरण पहिलो प्राथमिकता हुनुपर्ने भन्दै यसका लागि प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापन लगायतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री खाँणले विपद्मा काम गर्ने सरकारी […]

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं,साउन,१-प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई बोलाएर प्रधानमन्त्री देउवाले खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्र बढाउन निर्देशन दिनुभएको हो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप केन्द्रहरू बढाएर खोप लगाउने व्यवस्था गर्न पनि प्रधानमन्त्री देउवाले […]

चीनले नेपाललाई थप १६ लाख डोज खोप दिने

काठमाडौँ,साउन,१-चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘उहाँले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई जनगणतन्त्र चीनले नेपाललाई कोभिड १९को थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने बारेमा जानकारी गराउनुभएको छ,’मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। यसअघि चीनले […]

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं,असार ३१-राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । सर्वोच्च अदालतले संसद […]

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं,असार,३१-राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गर्नुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायधिवक्तामा खातीलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेपाल बार एशोसियसनको महासचिव समेत भइसक्नुभएका बाजुराका खातीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शेरबहादुर देउवालाई परमादेश जारी हुनुपर्ने माग गर्दै उहाँको तर्फबाट बहस गर्नुभएको थियो ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ,असार,३१-मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बिहीबार दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठकले प्रतिनिधि सभाको अधिवेशन बोलाउने लगायातका विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिनुभयो।  सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ साउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो। त्यही आधारमा मन्त्रीपरिषद्ले संसद अधिवेशन आह्वान गर्न लागेको हो। ‘बैठकमा कोरोना संक्रमण […]

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं,असार,३१-आजका लागि बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण बैठक सरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक भोलि सोही समयका लागि सारिएको छ।बैठमा सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्ने तयारी छ । […]

अर्थमन्त्री शर्माको निर्देशनमा १ वर्ष देखि भत्ता नपाएका इन्जिनियरको माग पुरा

काठमाण्डौं,असार,३०-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको माग पुरा भएको छ। लामो समयदेखि भत्ता नपाएका इन्जिनियरहरू दुर्गममा गएर काम गरेको विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उहाँले तत्काल समस्या समाधान गर्नु भएको हो । अर्थमन्त्री शर्माको निर्देशनपछि बुधबार उनीहरुलाई रकम भुक्तानी गर्न ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा भएको […]

कोभिड उपचार र नियन्त्रणबारे प्रधानमन्त्री देउवाले सीसीएमसीसँग लिए जानकारी

काठमाडौँ,असार,३०-प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उहाँले त्यस्तो निर्देशन दिएको सीसीएमसीले जनाएको छ। बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शंकरदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए। 

मेस्सीले बार्सिलोनासँग पाँच वर्षको सम्झौता गर्ने

एजेन्सी,असार,३०-स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने भएका छन् ।अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोना पाँच वर्षे नयाँ सम्झौता गर्ने पक्का भएको गोल डटकमले जनाएको छ । नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको बताईएको छ । तर, मेस्सीको ५० प्रतिशत तलब कतौनी हुने बताईएको छ । क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट […]