काठमाडौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ।प्रधानमन्त्रीको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्री देउवाका पक्षमा सभाको बहुमतले विश्वासको मत दिएको हो । २४९ जना सांसद उपस्थित भएकामा एक जनाले भने दिन्न भन्ने पक्षमा मत दिएको सभामुख अग्नि सापकोटाले […]
ब्यानर न्यूज
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
काठमाडौं,साउन,३-माओवादी केन्द्रको पनि संसदीय दलको बैठक बस्दैछ।आज बिहान ११ बजे संसदीय दलको कार्यलय सिंहदरबारमा बैठक बस्ने तय भएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए। अदालतले पुनर्स्थापना गरिदिएपछि बस्न लागेको संसद बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बस्न लागेको हो। संसदीय दलको प्रमुख सचेतक देव गुरुङले बैठकमा सवै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्।
जसपा नाम र चुनाव चिह्न कसले पाउला आज बस्दै निर्वाचन आयोगको इजलास
काठमाडौँ,साउन,३-जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता कुन पक्षले पाउने भन्ने विषयमा निर्क्योल गर्न निर्वाचन आयोगले गठन गरेको इजलास आज (आइतबार) बस्दै छ। अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवका पक्षमा विभामिजत जसपाको आधिकारिता कसले पाउने भन्ने विवाद छ। यसको निरुपणका लागि यही असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित ५ जना आयुक्त राखेर […]
विश्वासको मतका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता
काठमाडौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । बिश्वासको मत लिने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुख अग्नि प्रसाद सापकोटामार्फत संसद सचिवालयमा दर्ता भएको हो । बिश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुख मार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोश्रो बैठकमा […]
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने
काठमाडौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गर्नुभएको छ।आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको दोस्रो पटकपछि पहिलो बैठक अपरान्ह ४ बजे बस्दैछ ।सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ । दुई चरणमा बस्ने […]
टोक्यो ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला
काठमाडौँ,साउन,३-टोक्यो ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको छ ।जापानको राजधानी टोकियोमा यसवर्ष ओलम्पिक २०२० प्रतियोगिता हुँदैछ। यो प्रतियोगिता गतवर्ष हुने तय भएता पनि कोरोना महामारीका कारण यसवर्ष सरेको हो। प्रतियोगिता अर्कोहप्ताको शुक्रबारदेखि सुरुवात हुँदैछ। ओलम्पिक प्रतियोगिता सुरु हुनै लाग्दा भने ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको हो। शनिबार टोक्यो ओलम्पिक आयोजकले […]
कांग्रेसको संसदीय दलको वैठक आज आइतबार बस्ने
काठमाडौं,साउन,३-नेपाली कांग्रेस संसदीय दलको बैठक आज “आइतबार” बस्ने भएको छ।प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक दलको बैठक बस्न लागेको हो । आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो। सर्वोच्च अदातलको आदेशअनुसार सरकारले ३ साउनमा प्रतिनिधिसभा बैठक बोलाइसकेको छ।यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेस […]
बालकोटमा ‘रिल्याक्स’ गर्दै छु : केपी ओली
काठमाडौं,साउन,२-निवर्तनमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि रिल्याक्स गर्ने अवसर पाएको बताउनुभएको छ । शनिबार जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताउनुभयो । ओली सरकारबाट बाहिरिएपछि जसपाका नेताहरूले पहिलोपटक भेट गर्नुभएको हो । भेटमा […]
जसपामा तानातान:महन्थलाई छाडेर उपेन्द्र समूहको बैठकमा पुगे चार सांसद
काठमाडौँ,साउन,२-जनता समाजवादी विभाजनतर्फ जाँदै गर्दा सांसद र नेता तानातान तीव्र भएको छ। पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै जसपाको उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा तान्न थालेको हो। शनिबार मात्रै बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा उपेन्द्र पक्षको संसदीय दल बैठकमा महन्थ समूहमा रहेका चारजना सांसद सहभागी भएका छन्। स्रोतका […]
एक मन्त्रालय लिएर माओवादी केन्द्र भोलि प्रदेश २ सरकारमा सहभागी हुने
काठमाण्डौं,साउन,१-नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा भोलि सहभागी हुने भएको छ। एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने तय भएको माओवादी केन्द्रका प्रमुख सचेतक दिलीपकुमार साहले बताउनु भएको छ। उहाँका अनुसार माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहको नेतृत्वमा सरकारमा सहभागी हुने छ। राज्यमन्त्रीमा रुवी कर्णको नाम टुंगो लागेको उहाँले बताउनुभयो ।यद्यपी कुन मन्त्रालय लिएर सरकामा […]








