एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि, १७,५१८ जनाको उपचार हुॅंदै

काठमाडौं,भदौ,१४-नेपालमा एकैदिन थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १२ सय २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाॅंका अनुसार नेपालमा हाल संक्रिय संक्रमित १७ हजार ५१८ रहेको छ।प्रवक्ता गौतमका अनुसार २४ घन्टामा १२ हजार ७ सय १७ […]

प्रेसको दुरुपयोग गर्नेलाई कारबाही गर्न महासंघको आग्रह

काठमाडौं,भदौ,१४-नेपाल पत्रकार महासंघले प्रेसको दुरुपयोग गर्नेको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा सञ्चारकर्मीको परिचय दिँदै सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ। जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई दुरुपयोग गर्नु गम्भीर आपत्तिको […]

नेपालमा सक्रिय कोरोना संक्रमित १६,५९०, भेन्टिलेटरमा २२ जना

काठमाडौं,भदौ,१३-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा तीनजना महिला र नौजना पुरुष रहेका छन् । जसमा पाल्पाकी ३० वर्षीया महिला, काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले […]

नेपालमा एकैदिन कोरोनाबाट १२ जनाको मृत्यु, ८८४ जना संक्रमित थपिए

काठमाडौं,भदौं,१३-नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार थपिएका मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । मृतक तीन जना महिलामा पाल्पा, काठमाडौं र भक्तपुरका छन् भने पर्सा […]

सज्जा चौलागाई बनिन् तेस्रो नेपाल आईडल अर्थात प्रथम महिला विजेता

काठमाडाैं,भदौ,१२-नेपाल आइडलको सिजन तिनमा सज्जा चौलागाई विजेता घोषित भएका छन्।शुक्रबार भएको ग्राण्ड फिनालेमा प्रविन बेदवाल र किरण भुजेललाई पछि पार्दै चौलागाई तेस्रो नेपाल आईडल अर्थात प्रथम महिला नेपाल आइडल समेत भएका हुन् । बर्दियाका प्रविन वेदवाल फस्ट रनर अप भए भने सेकेण्ड रनर अप बर्दिवासका  किरण कुमार भुजेल बने । उपाधिसँगै मोरङ जिल्लाका सज्जा चौलागाईले ५० लाख रुपैयाँ नगद […]

जापानी प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा दिए

टोकियो,जापान,भदौ,१२-जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यमा समस्या आएपछि शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्नु भएको छ । जपानको इतिहासमै सर्वाधिक लामो अवधि प्रधानमन्त्री बन्नु भएका ६५ वर्षीय प्रधानमन्त्री सिन्जो आबे पछिल्लो समय स्वास्थ्य समस्याबाट ग्रसित हुनुभएको थियो।स्वास्थ्य समस्याका कारण उहाॅंले पछिल्लो दुई साताअघि मात्रै दोस्रो पटक अस्पताल भर्ना हुनुभएको थियो । प्रधानमन्त्री शिन्जो आबेले […]

नेकपा सचिवालय बैठक १८ गते सम्मका लागि स्थगित

काठमाडौं,भदौं,१२-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित गरिएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि (शनिबार)का लागि बोलाइएको बैठक स्थगित गरिएको हो । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको जनाइएको […]

थप ९२७ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १९५ पुग्यो

काठमाडौँ,भदौ,१२-पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १० […]

उद्योगी तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,भदौ,१२-चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उहाॅंले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिरहेको बारेमा सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिनुभएको हो । उहाॅंले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ ।आफूलाई कोरोना पुष्टि भएपनि अहिलेसम्म कुनै लक्षण नदेखिएको ट्विट गर्दै बताउनु भएको छ । Dear friends and well […]

कर्णालीका दुर्गम बस्तीहरुमा उपचार गर्दै हिंडेका डा. केसीमाथि सरकारी कुदृष्टि, प्रहरीको घेराबन्दी

काठमाडौं,भदौं १२-नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि सरकारले अनवरत दुःख दिन थालेको छ । त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क उपचार गर्दै हिंड्नु भएका डा. केसीमाथि सरकारले दुःख दिएको हो । साउनदेखि जुम्लाका दुर्गम बस्तीहरुमा उपचार नपाइरहेका नागरिकको सेवामा जुट्नुभएका उहाँलाई प्रहरीले त्यहीं घेराबन्दी गरेको हो । उहाँलाई […]