बेइजिङ,साउन,३०कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ। ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन्। आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो। सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै नगरपालिकाले यसबारे जानकारी दिएको हो। […]
ब्यानर न्यूज
आजबाट देशभर अनिश्चितकाल ‘सवारी पास’ बन्द
काठमाडौं,साउन,२९-आज (बिहीबार) बाट देशभर अनिश्चितकाल (अर्काे व्यवस्था नभएसम्म) का लागि ‘सवारी पास’ बन्द गरिएको छ। कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि सरकारले देशका सबै (७७ वटै) जिल्ला प्रशासन कार्यालयलाई आजबाट ‘सवारी पास’ वितरण बन्द गर्न निर्देशन दिएको हो। मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएकाे ‘सवारी पास’ आज (बिहीबार) बाट […]
एटलान्टालाई २-१ गाेलले हराउदै पीएसजी सेमिफाईनलमा
एजेन्सी,साउन,२९-पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।ब्राजिली स्टार नेयमार प्रेरित पीएसजीले ईटालियन क्लब एटलान्टालाई २-१ गाेल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफमा ईटालियन क्लब एटलान्टाले खेलमा अग्रता बनाएको थियो । पीएसजीको कमजोर डिफेन्सको फाईदा उठाउँदै २६ औं मिनेटमा मारियाे पसालिसले सिरि ए क्लबलाई […]
नेपालमा कोरोनाबाट ९१ जनाको मृत्यु : ४८४ जना नयाँ संक्रमित थपिए
काठमाडौं,साउन,२८-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वोर गौतमले बताउनुभयो । काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका […]
सुनको भाउ घट्यो, तोलाको ९५ हजार ४ सय रुपैयाँ
काठमाडौं,साउन,२८-सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ । […]
गोंगबु हत्याकाण्डमा संलग्न महिलाको बयान: ‘बोहोराले नक्कली फेसबुक बनाएर निर्वस्त्र तस्वीर राखिदिंन्थे’
काठमाडौं,साउन,२७-काठमाडौंको गोंगबुमा आइतबार बिहान सुटकेसमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले हत्या गरेको स्वीकार गरेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेलले आफूलाई यौंन हिंसा गरेको भनी बयान दिएको प्रहरीले जनाएको छ । पत्रकार […]
नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण,मृत्यु हुनेको संख्या ८३ पुग्यो
काठमाडौं,साउन,२७-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्दै आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । धनुषाका ६० वर्षीय पुरुष, धनुषाकै ५० वर्षीय पुरुष, काभ्रे पाँचखालकी ५० वर्षीया महिला र सिन्धुपाल्चोक बाह्रबिसेका ८४ वर्षका पुरुषको मृत्यु भएसंगै मृतकको संख्या […]
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईदै
काठमाडौं,साउन,२७-आज श्रीकृष्ण जन्माष्टमी पर्व। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व मनाउदैछन् । कृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ। द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। दुर्जनको विनाश र सज्जनको रक्षा लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ। आज देशैभरीका […]
डोटीमा घर भत्किंदा एकै परिवारका चार जनाको मृत्यु, चार घाइते
डोटी,साउन,२७-डोटीको आदर्श गाँउपालिका-१ खलगडामा घर भत्कंदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार स्थानीइ लोगे विकको घर भत्कँदा उनकी श्रीमती विष्णा विक, १२ वर्षीय छोरा पारस विक, आठ वर्षीया छोरी सिर्जना विक र चार वर्षीया छोरी जेनिसा विकको मृत्यु भएको हो । त्यस्तै घटनामा गरी उनकी आमा […]
भदौ महिनाभरी हवाई उडान र लामो दूरीका यातायात नचल्ने
काठमाडौं,साउन,२६-सरकारले भदौ महिनाभरी लामो दूरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नखोल्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। आइतबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदाै १५ सम्म हवाई उडान र लामाे दूरीका सवारी साधन नखाेल्न सरकारलाई सिफारिस गरेकाे थियाे। तर काठमाडाैं उपत्यका लगायत देशैभरी काेराेना संक्रमण बढ्दै […]




