आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक

काठमाडौं,भाद्र,२-एसईई को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन […]

इन्टर मिलान युरोपा लिगको फाईनलमा, उपाधि भिडन्त सेभियासँग

काठमाडौं,भाद्र,२-इटालीयन फुटबल क्लब इन्टर मिलान यो वर्षको युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । जर्मनीमा गएराती भएको सेमिफाईनल खेलमा युक्रेनको शख्तर डोनेत्स्कलाई पराजित गर्दै इन्टर मिलानले पछिल्लो ९ वर्षमा पहिलो उपाधि जित्ने संभावना बलियो पारेको हो । युक्रेन विरुद्धको खेलमा इन्टर ५-० ले विजयी भयो । उसका लागि बेल्जीयन खेलाडी रोमेलु लुकाकु र अर्जेन्टाईनी […]

सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटायो

काठमाडौं,भदौ,१-सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ।सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो । भण्डारीलाई केही दिनअघि सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । यस्तै डा.कल्याण रोकालाई युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको […]

काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं,साउन,३२-आइतबार देशका विभिन्न ठाउँमा ६४१ कोरोनाका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४१ जना संक्रमित थपिएका छन् । काठमाडौं सपत्यकामा १७२ जना संक्रमित थपिएका छन्।यो सहित नेपालमा हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक […]

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

काठमाडौं,साउन,३१-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ।शनिबार प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता भएको हो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको बताउनुभयो। उहाॅंले फोन वार्ताका बारेमा परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्ने तयारी गरिरहेको जानकारी दिनुभयो । ‘प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र […]

नेकपामा कार्यदलबारे नयाँ विवाद

काठमाडौं,साउन,३१-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक बसेको छ । शनिबार ललितपुरस्थित भैंसेपाटीमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे छलफल भएको हो । प्र्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, भीम […]

नेपालमा ५९४ कोरोना संक्रमित थपिए, २४० निको भए

काठमाडौं,साउन,३०-नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको बताउनुभयो ।  प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५७५ को पीसीआर परीक्षण गरिएको थियो।प्रवक्ता गौतमले देशभरका […]

सिन्धुपाल्चोकको जुगलमा पहिरो जाॅंदा एकै परिवारका ६ जनासहित ३८ बेपत्ता, ८ घाइते

काठमाडौं,साउन,३०-सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका छन्। अहिले पहिरो गएको स्थलमा रहेका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले स्थानीय मानबहादुर दोङको परिवारको ६ जनासहित ३८ जना बेपत्ता भएको जानकारी दिनुभयो। उहाॅंले ८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको जानकारी […]

नेकपा विवाद समाधानका लागि छ सदस्यीय कार्यदल गठन

काठमाडौं,साउन,३०-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ । दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल […]

कालिकोटमा पहिरोले घर पुरिदाँ ६ जनाको मृत्यु

काठमाडौं,साउन,३०-कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । पहिरोमा परि वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको बताईएको […]