काठमाडौँ,जेठ,२२-भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर अद्यावधिक गरिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा अनुसार निसान छाप परिवर्तनका लागि सरकारले जेठ ८ गते प्रतिनिधि सभामा संविधान संशोधन विधेयक दर्ता गरेको छ । सरकारले संशोधन विधेयक ल्याएसँगै यसअघि विषयान्तर भएका संविधान संशोधनका केही विषय पुनः ब्युँतिए । मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी […]
ब्यानर न्यूज
लकडाउन उल्लंघन गर्ने व्यवसायीहरुको चेतावनीपछि मन्त्रिपरिषद बैठक आज बस्दै
काठमाडौं,जेष्ठ,२२ –मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने बताइएको छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको […]
आइसोलेसन वार्डमा शैया अभाव भएपछि अस्पतालले कोरोना संक्रमितलाई फिर्ता पठायो
कैलाली,जेष्ठ,२१-आइसोलेसन वार्डमा शैया अभाव भएपछि सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना नगरी फिर्ता पठाएको छ ।२४ शैयाको आइसोलेसन वार्ड बिरामीले भरिभराउ भएको र थप संक्रमितलाई राख्ने ठाउँ नभएको भन्दै सेती प्रादेशिक अस्पतालले पाँच जना कोरोना संक्रमितलाई फिर्ता पठाएको हो । जिल्लाको गौरीगंगा नगरपालिकाको कालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ […]
नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो
काठमाडौं,जेठ,२०-नेपालमा मंगलबार थप २८८ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ जना कोरोना संक्रमित थपिएको जनाएका छन् । मंगलबार थपिएका २८८ जनासहित नेपालमा कोरोना संक्रमित संख्या २ हजार ९९ जना पुगेका छन् । ६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । क्वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएइ रहेका […]
कर्णालीमा थप २९ जनामा संक्रमण, संक्रमितको संख्या २६२ पुग्यो
सुर्खेत, जेठ,२०-कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९ र ९ जना रहेका छन् […]
लकडाउनको ढाँचा परिवर्तन गर्ने सरकारको तयारी
काठमाडौं,जेष्ठ,२०-सरकारले लकडाउनको मोडालिटी(ढाँचा)मा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी छ ।निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि चौतर्फी दबाबमा परेको सरकारले लकडाउनको ढाँचामा केही परिवर्तन गर्न खोजेको हो । मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ […]
एन्फामा ७० करोड बजेट पारित,खेलाडीलाई कोरोना बिशेष १५ हजारको खुराक
काठमाण्डौं,जेठ,२०-अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको कार्य समिति बैठकले आर्थिक बर्ष २०७७र७८ का लागि ७० करोडको बजेट पारित गरेको छ । कोरोना भाइरसको महामारी कायमै रहेको स्थितिमा बसेको भर्चुवल बैठकले ७० करोड १९ लाख १९ हजारको बजेट पारित गरेको हो । उक्त बजेटलाई सोमबार नै तय गरिएको भदौं १५ गतेको साधारण सभाले अनुमोदन […]
मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का
काठमाण्डौं,जेठ,२०- कोभिडविरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ । लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलैचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि […]
राजपा र समाजवादी पार्टीका नेताहरुको संविधान संशोधन विधेयक संसदमा दर्ता
काठमाडौं,जेठ,१९-संविधान संशोधनको माग गर्दै आएका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले सोमबार संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।राजपा र समाजवादी पार्टीका नेताहरु शुक्रबार संशोधन दर्ता गराउन संसद सचिवालय सिंहदबार पुगे पनि दर्ता भएको थिएन। आइतबार राजपाले समाजवादी पार्टीसँग छलफल गरेपछि सोमबार साँझ गैरसरकारी विधेयक दर्ता भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी […]
नेपालमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८ सय नाघ्यो
काठमाडौं,जेठ,१९-नेपालमा सोमबार साँझ फेरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै […]






