काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं,जेठ,२६-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। बैठक पार्टी सभापति शेर बहादुर देउवाले आकस्मिक रुपमा बोलाएको बताइएको छ ।यसअघि गत १७ गते काँग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने […]

सप्तरीको एकै गाउँपालिकाका १६ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,जेठ,२६-सप्तरीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संकमीत सबै सप्तरीको एउटै गाउँपालिकाका हुन् । सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहुल गाउँपालिकाका मात्रै १६ जनामा संक्रमण पुष्टि भएको हो। गाउँपालिकाका वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ […]

आन्तरिक उडान असार १७ देखि थाल्ने सरकारको तयारी

काठमाडौं,जेठ,२५-सरकारले आन्तरिक हवाई उडान खुला गर्ने तयारी गरेको छ । बन्दाबन्दी लागू गरेको एक सय दिनपछि अर्थात् असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरिएको हो । नागरिक उड्डयन प्राधिकरणले आइतबार सरोकारवालाहरुसँग असार १७ गतेदेखि आन्तरिक उडान थाल्नेबारे छलफल गरेको हो । प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका […]

नेपालमा थप २१३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८ पुग्यो, १३ जनाको मृत्यु

काठमाडौं,जेठ,२५-नेपालमा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१३ जना थपिएसँगै कूल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरू रहेको जानकारी दिनुभयो। संक्रमित मध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना […]

क्वारेन्टिनमा लापरबाही : डोटी र बैतडीमा एकैदिन दुई युवाको मृत्यु

काठमाडौं,जेठ,२५-डोटी र बैतडीमा क्वारेन्टिनमा बसेका दुई युवाको मृत्यु भएको छ। क्वारेन्टिनमा बस्दै आएका १९ र ३१ वर्षीय दुई युवकको मृत्यु भएको हो।डोटीको केआई सिंह गाउँपालिका-३ को सिताराम आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मुत्यु भएको प्रहरीले जनाएको छ। उनी भारतको लुधियानाबाट एक साताअघि मात्रै नेपाल आएका थिए ।६ दिन अघिदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्क्वारेन्टिनमा […]

अन्तर्राष्ट्रिय चार्टर उडानमा रोक, टिकट बिक्री नगर्न निर्देशन

काठमाडौँ,जेठ,२५-विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ ।   प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले शनिबार साँझ सूचना जारी गर्दै आजैका मितिदेखि ट्राभल एजेन्सी र एयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर उडानलाई रोक लगाएका हुन् । सरकारले […]

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,जेठ,२५-गण्डकी प्रदेशमा आईतबार बिहान थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् ।स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । नयाँ संक्रमितहरु स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिकामा […]

विदेशबाट आउन चाहने सबैलाई फिर्ता ल्याऊन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं,जेठ,२४-प्रमुख नेपाली कांग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ।काँग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले शनिबार एक विज्ञप्तिमार्फत विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार रहेको उल्लेख गर्दै संख्या नतोकी स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन आग्रह हो। सरकारले हालै विभिन्न देशमा रहेका […]

नेपालमा कोरोना संक्रमित ३२ सय ३५ पुग्यो, अहिले सम्म १३ जनाको मृत्यु

काठमाडौं,जेठ,२४-नेपालमा कोरोना संक्रमितमध्ये थप दुईजनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिनुभयो । उहाॅंले डोल्पाका ५८ वर्षीय पुरुषको जेठ २१ गते ‘क्वारेन्टिन’मै मृत्यु भएपछि गरिएको ‘पीसीआर’ परीक्षणमा कोरोना ‘रिपोर्ट पोजिटिभ’ आएको बताउनुभयो।त्यसैगरी, मिर्गौलाको […]

आइतबारदेखि लकडाउन केही खुकुलो बनाइने, खोकी र ज्वरो आएकालाई हवाइ यात्रा निषेध

काठमाडौं,जेष्ठ,२४-सरकारले भोली (आइतबार)देखि लकडाउन खुकुलो बनाउने भएको छ ।कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्यौदा तयार पारेको छ । मस्यौदा अनुसार हालसम्म एकसय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी भएको छ ।जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने नियम बनाइएको छ । तर, असार १ पछि भने लामो दूरीको […]