नेपालमा कोरोनाले लियो ११ जनाको ज्यान, एकैदिन २७८ जनामा संक्रमण

काठमाडौं,जेठ,२३-नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार ९१२ पुगेको छ ।पछिल्लो २४ घन्टामा २७८ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको हो ।थपिएकामा ११ जना महिला हुन् । कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या […]

आज विश्व वातावरण दिवस

काठमाडौं,जेष्ठ,२३-आज विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिन्छ।दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको व्यवस्थापनका लागि ध्यान पुर्‍याउन सबै निकायसँग आग्रह गर्नुभएको छ । विश्व वातातरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाॅंले […]

नेपालमा एकैदिन ३३४ जनामा संक्रमण, संक्रमीतको संख्या २,६३४ पुग्यो

काठमाडौं,जेठ,२२-नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । बिहीबार थप एकजनाको […]

‘सामाजिक दूरी कायम गरेर उद्योग र पसल खोल्छौँ’

काठमाडौँ,जेठ,२२-नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने भएको छ । महासङ्घले बुधबार साँझ एक विज्ञप्ति जारी गरी ७२ दिनदेखि जारी बन्दाबन्दीका कारण उद्योग तथा व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको किस्ता, कर्मचारीको तलब भुक्तानीमा समस्या परेको भन्दै आजदेखि दैशैभरका उद्योग तथा पसल खोल्ने निर्णय गरेको हो ।महासङ्घका अध्यक्ष नरेश कटुवालले मुलुकमा […]

यसरी हुन्छ संविधान संशोधन

काठमाडौँ,जेठ,२२-भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर अद्यावधिक गरिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा अनुसार निसान छाप परिवर्तनका लागि सरकारले जेठ ८ गते प्रतिनिधि सभामा संविधान संशोधन विधेयक दर्ता गरेको छ । सरकारले संशोधन विधेयक ल्याएसँगै यसअघि विषयान्तर भएका संविधान संशोधनका केही विषय पुनः ब्युँतिए ।   मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी […]

लकडाउन उल्लंघन गर्ने व्यवसायीहरुको चेतावनीपछि मन्त्रिपरिषद बैठक आज बस्दै

काठमाडौं,जेष्ठ,२२ –मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने बताइएको छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको […]

आइसोलेसन वार्डमा शैया अभाव भएपछि अस्पतालले कोरोना संक्रमितलाई फिर्ता पठायो

कैलाली,जेष्ठ,२१-आइसोलेसन वार्डमा शैया अभाव भएपछि सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना नगरी फिर्ता पठाएको छ ।२४ शैयाको आइसोलेसन वार्ड बिरामीले भरिभराउ भएको र थप संक्रमितलाई राख्ने ठाउँ नभएको भन्दै सेती प्रादेशिक अस्पतालले पाँच जना कोरोना संक्रमितलाई फिर्ता पठाएको हो । जिल्लाको गौरीगंगा नगरपालिकाको कालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ […]

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

काठमाडौं,जेठ,२०-नेपालमा मंगलबार थप २८८ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ जना कोरोना संक्रमित थपिएको जनाएका छन् । मंगलबार थपिएका २८८ जनासहित नेपालमा कोरोना संक्रमित संख्या २ हजार ९९ जना पुगेका छन् । ६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । क्‍वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएइ रहेका […]

कर्णालीमा थप २९ जनामा संक्रमण, संक्रमितको संख्या २६२ पुग्यो

सुर्खेत, जेठ,२०-कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९ र ९ जना रहेका छन् […]

लकडाउनको ढाँचा परिवर्तन गर्ने सरकारको तयारी

काठमाडौं,जेष्ठ,२०-सरकारले लकडाउनको मोडालिटी(ढाँचा)मा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी छ ।निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि चौतर्फी दबाबमा परेको सरकारले लकडाउनको ढाँचामा केही परिवर्तन गर्न खोजेको हो । मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ […]