स्पेनका शीर्ष लिगका खेलहरु जुन १२ देखि सुरु गर्ने, खेलाडीहरु बन्द प्रशिक्षणमा

एजेन्सी,बैशाख,३०-स्पेनका शीर्ष लिगका बाँकी खेलहरु आउँदो जुन १२ देखि सुरु हुन सक्ने बताइएको छ ।ला लिगाका अध्यक्ष खाबियर तेबासले कोरोना संक्रमणका कारण रोकिएका लिगका बाँकी खेलहरु जुन १२ देखि सुरु गर्ने तयारी भइरहेको बताएका हुन् । खेलाडीहरुको स्वास्थ्य परीक्षण गरिने र उनीहरु स्वस्थ रहने भन्दै खेल सुरु हुने अपेक्षा रहेको उनले बताएका हुन् ।स्पेनका शीर्ष […]

रोल्पामा कोरोना परीक्षण गर्ने किट नभएपछि ७ हजार बढी जाॅंच नगरि घर पठाईयो

रोल्पा,बैशाख,३०-रोल्पा जिल्लामा स्वास्थ्य जाॅंत नगरी साढे ७ हजार जनालाई घर पठाईएको छ।रोल्पाका विभिन्न क्वारेन्टिनमा राखिएका व्यक्तिलाई स्वास्थ्य परीक्षण नै नगरी धमाधम घर पठाइएको हो । अहिलेसम्म त्यस्ता ७ हजार ७ सय २१ सर्वसाधारणलाई कोरोनाको परीक्षण नै नगरी घर पठाइसकिएकाे छ। कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टिनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं […]

विदेशमा भएका नेपालीलाई भिसाको म्याद सकिए पनि समस्या नहुने

काठमाडौं,बैशाख,३०-सरकारले विभिन्न पेशा र व्यवसायमा विदेशमा गएका नेपालीको भिसाको म्याद सकिएकै कारणले कानूनी जटिलता व्यहोर्न नपर्ने जनाएको छ । विदेशमा कोरोना संक्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि सम्बन्धित देशलाई आग्रह गरिएकाले उपचारमा समस्या नदेखिएको सरकारको दावी छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै ठाउँमा सहज अवस्था नभएपनि प्रवेशाज्ञाको म्याद सकिएर कानूनी झन्झट व्यहोर्नुनपर्ने […]

आज विश्व नर्सिङ दिवस : मन्त्री ढकालको स्वास्थ्यकर्मी लाई शुभकामना

काठमाडौं,बैशाख,३०-आज विश्व नर्सिङ दिवस । कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउन हुँदा यस वर्ष औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । दिवसका अवसरमा स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको महामारीका कारण आक्रान्त बनिरहेका बेला अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका सम्पूर्ण नर्स, चिकित्सक तथा स्वाथ्यकर्मीलाई शुभकामना दिनुभयो । मन्त्री ढकालले आफू जोखिममा रहेर स्वाथ्य सेवामा खटिएका सम्पूर्ण स्वाथ्यमकर्मीलाई […]

लिपुलेक विवाद : हेलिकप्टर मार्फत छाङरुमा सुरक्षाफौज लैजाने सरकारको तयारी

काठमाडौं,बैशाख,२९-नेपाली भूमि लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेपछि सरकारले तत्काल सशस्त्र प्रहरीकाे बटालियन राख्ने तयारी गरेको छ।लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा त्यसको चौतर्फी विरोध भैरहेको छ ।  सोमबार बिहान बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, […]

जापानमा एकैदिन २,३८७ जना निको भए, १६,५३७ जना संक्रमित

जापान,बैशाख,२९-जापानमा सोमबार  बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य एकैदिन २ हजार ३ सय ८७ निको भएका छन् । यो संगै निको हुनेको संख्या ८ हजार ९ सय ४४ जना पुगेको हो । अघिल्ला दिनको तुलनामा संक्रमण धेरै घटेको छ।नयाँ ७० जनामा संक्रमण देखिएको छ ।यो संगै संक्रमित हुनेको संख्या १६ हजार ५ सय ३७ जना पुगेको छ। अहिले […]

नेपालमा एकैदिन १० जनामा संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं,बैशाख,२९-नेपालमा सोमबार बिहानै १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीले जानकारी दिनुभयो । उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि गाउँपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र १ […]

नेपालमा लकडाउनको ४८ औं दिन पुरा, बन्दमा पनी ११० जना संक्रमीत पुगे

काठमाण्डौं,बैशाख,२८-विश्वव्यापी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस संक्रमण फैलीन नदिन नेपालमा सरकाले बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ औं दिन पुरा भएको छ । यसैबिच बन्दमा गरिएको परीक्षणमा ११० जनामा संक्रमण देखिएको छ भने २८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ जना कोरोना भाइरसका संक्रमित थपिएपछि संक्रमितको संख्या […]

जापानमा १६,४६७ जना संक्रमीत, ६३७ को मृत्यु ६,५५७ निको भए

जापान,बैशाख,२८-जापानमा आईतबार  बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ ११३ जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ४ सय ६७ जना पुगेको छ।अहिले सम्म ६ हजार ५ सय ५७ जना निको भएका छन् ।६ सय ३७ जनाको मृत्यु भएको छ । एकै दिन १८ जनाको निधन भए संगै मृतकको संख्या ६३७ पुगेको हो । […]

लिपुलेक विवाद : भारतले नेपाली भूमिमा सडक बनाउनु सार्वभौमसत्तामाथिको हस्तक्षेप ओली र दाहालको भनाई

काठमाडौं,बैशाख,२७-भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष दाहालको संयुक्त वक्तब्यमा कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा यो कार्य […]