काठमाडौं,फागुन,२-केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ ।वि.स. २०७४ साल फागुन ३ गते केपी ओली संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए । तत्कालिन एमालेका अध्यक्ष रहेका ओली तत्कालिन माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए । सत्ता साझेदारीपछि एमाले र माओवादीबीच पार्टी एकिकरण भएको थियो । दुई तिहाइ समर्थनसहित गठन भएको […]
ब्यानर न्यूज
आज भ्यालेन्टाइन डे-विश्वभर एकआपसमा प्रेम साटासाट गरि मनाईदै
काठमाण्डु,फागुन,२-आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस। नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ ।आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गर्ने क्रम जारी छ । अहिले भ्यालेन्टाइनकाको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ । यसैको नमूनाको रुपमा […]
कोरोनाभाईरस संक्रमण- चीनको हुबे प्रान्तमा एकै दिन २४२ को मृत्यु
वुहान,फागुन,१-चीनको हुबेइ प्रान्तमा नयाँ कोरोनाभाइरस संक्रमण भएका २ सय ४२ जनाको बुधबार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। साथै उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ५० पुगेको छ भने बिरामीको संख्या झन्डै ६० हजार पुगिसकेको छ । कोभिड–१९ नाम दिइएको उक्त भाइरस प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुनेको यो सर्वाधिक संख्या हो । […]
अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव छैन : अध्यक्ष दाहाल
काठमाडौं,फागुन,१-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’मा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा […]
आज विश्व रेडियो दिवस !
काठमाण्डौं,फागुन,१- यसवर्ष विश्व रेडियो दिवसको नारा बहुलता,प्रतिनिधित्व र विविधता भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ लाई […]
कुवेतमा चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु, अझै तीन जना वेपत्ता
काठमाडौं,फागुन,१-कुवेतको एउटा निर्माणस्थलमा कार्यरत चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु भएको छ ।काम गरिरहेको बेला बालुवा र ग्राभेलको पहिरो खस्दा उनीहरु पुरिएका थिए । कुवेतबाट सञ्चालित अरब टाइम्स अनलाइनका अनुसार ‘अल मत्ला’ क्षेत्रमा एउटा चिनियाँ कम्पनी मातहत कम्तिमा १३ नेपाली मजदुर उक्त निर्माण क्षेत्रमा कार्यरत थिए । पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ । […]
विमल घर्ती मगरले ए डिभिजन लिगको अन्तिम खेल खेल्ने
काठमाण्डौं,माघ,२८- निलम्बन फुकुवा लगत्तै फरवार्ड विमल घर्ती मगरलाई कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्दै गरेको देख्न पाइने सम्भावना बढेको छ । लिगको उपाधि दौडमा रहेको सानमिगेल मछिन्द्र क्लबले उनलाई आर्मीविरुद्ध शनिबार हुने अन्तिम खेलमा उतार्ने तयारी गरिरहेको छ । विमल मछिन्द्रबाट खेल्नका लागि भने माल्दिभ्सको क्लबबाट इन्टरनेसल ट्रान्सफर सर्टिफिकेट (आइटिसी) लिनुपर्ने […]
प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौं,माघ,२८-सरकारले प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान आइजीपी सर्वेन्द्र खनालले माघ २९ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएपछि सरकारले ज्ञवालीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीका लागि डीआईजी […]
दुई दिनभित्र वुहानमा रहेका नेपालीलाई ल्याइँदै
काठमाडौं,माघ,२७-सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल […]
निर्मला पन्त प्रकरणः एआइजीको प्रतिवेदन खारेज, ‘दिलीप नै दोषी भएको ठहर’
काठमाडौं,माघ,२७-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । प्रहरी प्रधान कार्यालयले गठन गरेको अर्को छानबिन समितिले बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन त्रुटिपूर्ण ठहर गरेपछि बस्न्यात नेतृत्वको टोलीको प्रतिवेदन खारेज गरेको हो […]





