काठमाडौं,माघ,२५-अचम्मै भयो । कोटेश्वरमा सवारी साधनको जाम नै भएन । प्रायः तीनकुने, भक्तपुर र बालकुमारीबाट आउने सवारी साधनले कोटेश्वरमा एकदमै जाम हुने गर्छ । तर, शुक्रवार कोटेश्वरमा दुईवटा फ्लाइ ओभर ब्रिज देखियो । एउटामा तीनकुनेबाट बालकुमारी जाने सवारी साधन चलिरहेका थिए भने अर्कोमा बालकुमारीबाट भक्तपुर जाने सवारी साधन । सवारीहरुको एक आपसमा भेट नै नभएपछि […]
ब्यानर न्यूज
नेपाल मगर संघ क्युशु जापानको नयाँ कार्यसमिति चयन -अध्यक्षमा अर्जुन पुन मगर
फुकुओका,जापान,माघ,२५-नेपाल मगर संघ क्युशु जापानले नयाँ कार्यसमिती चयन गरेको छ।नेपाल मगर संघ जापानको क्युशु कार्यसमितीले शनीबार एक औपचारिक कार्यक्रम गर्दै १७ जनाको नयाँ कार्यसमिति गठन गरेको हो।लामो समय पछि नेपाल मगर संघ जापानको क्युशुले नयाँ अध्यक्ष पाएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अर्जुन पुन मगर चयन हुनु भएको छ,भने यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक राना मगर चयन हुनु […]
कोरोना भाइरस- चीनमा मृत्यु हुनेको संख्या ६ सय ३६ पुग्यो
बेइजिङ ,माघ,२४- कोरोनामा भाइरस बारे विश्वलाई चेतावनी दिने पहिलो चिकित्सक समूह मध्येका एक चिकित्सकको उक्त भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । ३४ बर्षिय चिकित्सक लि वेनलियाङको उहान शहरको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीले एक भिडियो सन्देश मार्फत पहिलो पटक यो भाइरसको विषयमा जानकारी दिएर विश्वलाई सचेत रहन चेतावनी दिनुभएको थियो ।यसैबीच चिनिया […]
पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर मिडिया काउन्सिल विधेयक पारित
काठमाडौं,माघ,२३-बहुचर्चित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकले विधायन व्यवस्थापन समितिले विधेयकमा व्यवस्था गरेको पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्थालाई हटाएर मिडिया काउन्सिल विधेयक पारित गरेको हो । विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पेसागत शुद्धता र मर्यादाका लागि लाइसेन्सको विषय उठेको भन्दै सबैको सहमतिको लागि […]
अख्तियार सरकारको प्रभाव र दबाबमा परेको कांग्रेसको आरोप
काठमाडौं,माघ,२३-नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको प्रभाव र दबाबमा परेको आरोप लगाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार अपराह्न पत्रकार सम्मेलन गरी कांग्रेसले विजय गच्छदारलाई उन्मुक्ति दिनुपर्छ नभनेको तर कानुन सबैलाई समानरुपमा लागू हुनुपर्ने बताएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कमजोर तथ्यको जग्गामा ‘फेन्टासी’ ल्याएर मुद्दालाई क्रान्तिकारी पटाक्षेप गराउने कोसिस भइरहेको आरोप […]
काँग्रेसले गर्यो संसद अवरुद्ध
काठमाडौं,माघ,२३-नेपाली काँग्रेसले आजको प्रतिनिधि सभाको आजको बैठक अवरुद्ध गरेको छ । आफ्नो पार्टी उपसभापति तथा सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै त्यसको विरोधमा काँग्रेसले आजको बैठक स्थगित गरेको हो । बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको […]
बाल संगठनको सम्पूर्ण सम्पत्ति सरकार मातहत ल्याउन निर्देशन
काठमाडौं,माघ,२०-प्रतिनिधिसभा अन्तर्गत्को महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको चल–अचल सम्पूर्ण सम्पत्ति सरकार मातहत ल्याउन निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रदेशगत एवं स्थानीय तहगतरुपमा बालबालिकाको संरक्षण गर्ने व्यवस्था मिलाउनसमेत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै, समितिले परोपकारको आवरणमा व्यापार चलाउने संस्थाहरुको पहिचान गरी तत्काल बन्द गर्न […]
ए डिभिजन लिग- आज मनाङ र च्यासल,ब्रिगेड र जावलाखेल भिड्ने
काठमाडौं,माघ,२०-शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । आजका दुवै खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा हुनेछ । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् । दोस्रो खेलमा उपाधि दावेदार मनाङ मस्र्याग्दी क्लबले च्यासल युथ क्लबसँग खेल्नेछ । लिगमा मनाङ मस्र्याङ्दी १९ अंक सहित तेस्रो स्थानमा छ । आज जित निकाल्दै […]
एमसिसी सम्झौता संकटमा- नेकपाले बनायो अध्ययन कार्यदल
काठमाडौं,माघ,२०-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा अधिकांश सदस्य अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसबारे स्पष्ट पार्न तीन सदस्यीय कार्यदल गठन भएको छ। पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित समितिमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन्। खनाल र रावल दुवैजना एमसिसीको विपक्षमा छन्। […]
रोनाल्डोको सानदार दुई गोलमा युभेन्ट्सको जित
एजेन्सी,माघ,१९-साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा सहज जित निकालेको छ ।आइतबार भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । म्याथिस डी लिग्टले थप एक गोल गरे । थप भिडीयो https://youtu.be/sOVnwPfXw5c खेलको ४० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता […]






