बेइजिङ,फागुन,७-बुधबार चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको उक्त पत्रिकाले जनाएको छ। पत्रिकाले माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन गरेको पहिलो पटक भएको बताएको छ। अमेरिकी अखबार द वासिङटन पोस्टकाअनुसार […]
ब्यानर न्यूज
समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिदैछ- प्रधानमन्त्री ओली
काठमाडौं,फागुन,७-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने काममा सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज (बुधबार) सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबैको सहयोगबाट मात्र सरकारको समृद्धिको लक्ष्य पूरा हुने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध […]
‘ए’ डिभिजन लिगमा आर्मीलाई हराउँदै मछिन्द्र च्याम्पियन
काठमाडौं,फागुन,३-मछिन्द्र फुटबल क्लबले पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । विस २०६० सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो । उपाधिसँगै मछिन्द्रले ५० […]
ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा, आज संसदमा सम्बोधन गर्दै
काठमाडौं,फागुन,२-केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ ।वि.स. २०७४ साल फागुन ३ गते केपी ओली संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए । तत्कालिन एमालेका अध्यक्ष रहेका ओली तत्कालिन माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए । सत्ता साझेदारीपछि एमाले र माओवादीबीच पार्टी एकिकरण भएको थियो । दुई तिहाइ समर्थनसहित गठन भएको […]
आज भ्यालेन्टाइन डे-विश्वभर एकआपसमा प्रेम साटासाट गरि मनाईदै
काठमाण्डु,फागुन,२-आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस। नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ ।आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गर्ने क्रम जारी छ । अहिले भ्यालेन्टाइनकाको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ । यसैको नमूनाको रुपमा […]
कोरोनाभाईरस संक्रमण- चीनको हुबे प्रान्तमा एकै दिन २४२ को मृत्यु
वुहान,फागुन,१-चीनको हुबेइ प्रान्तमा नयाँ कोरोनाभाइरस संक्रमण भएका २ सय ४२ जनाको बुधबार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। साथै उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ५० पुगेको छ भने बिरामीको संख्या झन्डै ६० हजार पुगिसकेको छ । कोभिड–१९ नाम दिइएको उक्त भाइरस प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुनेको यो सर्वाधिक संख्या हो । […]
अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव छैन : अध्यक्ष दाहाल
काठमाडौं,फागुन,१-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’मा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा […]
आज विश्व रेडियो दिवस !
काठमाण्डौं,फागुन,१- यसवर्ष विश्व रेडियो दिवसको नारा बहुलता,प्रतिनिधित्व र विविधता भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ लाई […]
कुवेतमा चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु, अझै तीन जना वेपत्ता
काठमाडौं,फागुन,१-कुवेतको एउटा निर्माणस्थलमा कार्यरत चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु भएको छ ।काम गरिरहेको बेला बालुवा र ग्राभेलको पहिरो खस्दा उनीहरु पुरिएका थिए । कुवेतबाट सञ्चालित अरब टाइम्स अनलाइनका अनुसार ‘अल मत्ला’ क्षेत्रमा एउटा चिनियाँ कम्पनी मातहत कम्तिमा १३ नेपाली मजदुर उक्त निर्माण क्षेत्रमा कार्यरत थिए । पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ । […]
विमल घर्ती मगरले ए डिभिजन लिगको अन्तिम खेल खेल्ने
काठमाण्डौं,माघ,२८- निलम्बन फुकुवा लगत्तै फरवार्ड विमल घर्ती मगरलाई कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्दै गरेको देख्न पाइने सम्भावना बढेको छ । लिगको उपाधि दौडमा रहेको सानमिगेल मछिन्द्र क्लबले उनलाई आर्मीविरुद्ध शनिबार हुने अन्तिम खेलमा उतार्ने तयारी गरिरहेको छ । विमल मछिन्द्रबाट खेल्नका लागि भने माल्दिभ्सको क्लबबाट इन्टरनेसल ट्रान्सफर सर्टिफिकेट (आइटिसी) लिनुपर्ने […]



