प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं,माघ,२८-सरकारले प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान आइजीपी सर्वेन्द्र खनालले माघ २९ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएपछि सरकारले ज्ञवालीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीका लागि डीआईजी […]

दुई दिनभित्र वुहानमा रहेका नेपालीलाई ल्याइँदै

काठमाडौं,माघ,२७-सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल […]

निर्मला पन्त प्रकरणः एआइजीको प्रतिवेदन खारेज, ‘दिलीप नै दोषी भएको ठहर’

काठमाडौं,माघ,२७-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । प्रहरी प्रधान कार्यालयले गठन गरेको अर्को छानबिन समितिले बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन त्रुटिपूर्ण ठहर गरेपछि बस्न्यात नेतृत्वको टोलीको प्रतिवेदन खारेज गरेको हो […]

सडकको जाम हटाउने विद्यार्थीको जुक्ति

काठमाडौं,माघ,२५-अचम्मै भयो । कोटेश्वरमा सवारी साधनको जाम नै भएन । प्रायः तीनकुने, भक्तपुर र बालकुमारीबाट आउने सवारी साधनले कोटेश्वरमा एकदमै जाम हुने गर्छ । तर, शुक्रवार कोटेश्वरमा दुईवटा फ्लाइ ओभर ब्रिज देखियो । एउटामा तीनकुनेबाट बालकुमारी जाने सवारी साधन चलिरहेका थिए भने अर्कोमा बालकुमारीबाट भक्तपुर जाने सवारी साधन । सवारीहरुको एक आपसमा भेट नै नभएपछि […]

नेपाल मगर संघ क्युशु जापानको नयाँ कार्यसमिति चयन -अध्यक्षमा अर्जुन पुन मगर

फुकुओका,जापान,माघ,२५-नेपाल मगर संघ क्युशु जापानले नयाँ कार्यसमिती चयन गरेको छ।नेपाल मगर संघ जापानको क्युशु कार्यसमितीले शनीबार  एक औपचारिक कार्यक्रम गर्दै १७ जनाको नयाँ कार्यसमिति गठन गरेको हो।लामो समय पछि नेपाल मगर संघ जापानको क्युशुले नयाँ अध्यक्ष पाएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अर्जुन पुन मगर चयन हुनु भएको छ,भने यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक राना मगर चयन हुनु […]

कोरोना भाइरस- चीनमा मृत्यु हुनेको संख्या ६ सय ३६ पुग्यो

बेइजिङ ,माघ,२४-  कोरोनामा भाइरस बारे विश्वलाई चेतावनी दिने पहिलो चिकित्सक समूह मध्येका एक चिकित्सकको उक्त भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । ३४ बर्षिय चिकित्सक लि वेनलियाङको उहान शहरको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीले एक भिडियो सन्देश मार्फत पहिलो पटक यो भाइरसको विषयमा जानकारी दिएर विश्वलाई सचेत रहन चेतावनी दिनुभएको थियो ।यसैबीच चिनिया […]

पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं,माघ,२३-बहुचर्चित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकले विधायन व्यवस्थापन समितिले विधेयकमा व्यवस्था गरेको पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्थालाई हटाएर मिडिया काउन्सिल विधेयक पारित गरेको हो । विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पेसागत शुद्धता र मर्यादाका लागि लाइसेन्सको विषय उठेको भन्दै सबैको सहमतिको लागि […]

अख्तियार सरकारको प्रभाव र दबाबमा परेको कांग्रेसको आरोप

काठमाडौं,माघ,२३-नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको प्रभाव र दबाबमा परेको आरोप लगाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार अपराह्न पत्रकार सम्मेलन गरी कांग्रेसले विजय गच्छदारलाई उन्मुक्ति दिनुपर्छ नभनेको तर कानुन सबैलाई समानरुपमा लागू हुनुपर्ने बताएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कमजोर तथ्यको जग्गामा ‘फेन्टासी’ ल्याएर मुद्दालाई क्रान्तिकारी पटाक्षेप गराउने कोसिस भइरहेको आरोप […]

काँग्रेसले गर्‍यो संसद अवरुद्ध

काठमाडौं,माघ,२३-नेपाली काँग्रेसले आजको प्रतिनिधि सभाको आजको बैठक अवरुद्ध गरेको छ । आफ्नो पार्टी उपसभापति तथा सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै त्यसको विरोधमा काँग्रेसले आजको बैठक स्थगित गरेको हो ।  बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको […]

बाल संगठनको सम्पूर्ण सम्पत्ति सरकार मातहत ल्याउन निर्देशन

काठमाडौं,माघ,२०-प्रतिनिधिसभा अन्तर्गत्को महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको चल–अचल सम्पूर्ण सम्पत्ति सरकार मातहत ल्याउन निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रदेशगत एवं स्थानीय तहगतरुपमा बालबालिकाको संरक्षण गर्ने व्यवस्था मिलाउनसमेत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै, समितिले परोपकारको आवरणमा व्यापार चलाउने संस्थाहरुको पहिचान गरी तत्काल बन्द गर्न […]