काठमाडौं,माघ,१९-कोरोना भाइरसको संक्रमण बढेपछि चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थीहरुलाई १५ दिनसम्म छुट्टै स्थान (क्वारेन्टइन)मा राखिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । चीनबाट स्वास्थ्य परीक्षण गरेर स्वस्थ विद्यार्थीलाई मात्र नेपाल ल्याईने भन्दै मन्त्रालयले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उनीहरुको पूनःपरीक्षण समेत गरिने जनाएको छ ।परीक्षणपछि संक्रमित भेटिएकालाई आइसोलेसन […]
ब्यानर न्यूज
सञ्चारमाध्यमले अपमान गर्यो – प्रधानमन्त्री ओली
काठमाडौं,माघ,१९-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले आफूहरुको अपमान गरेको भन्दै रोष प्रकट गर्नुभयो । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सञ्चारमाध्यमहरुले आफूहरुको अपमान गरेको भन्दै चित्त दुखाउनु भएको हो।आफूहरुलाई फलानो गूटको भनेर टाउका जोडेर सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । बैठकमा उहाँले आफूहरु कुनै गूटका नभई […]
‘उच्च सतर्कता अपनाउनुपर्छ’
काठमाडौं,माघ,१७-चीनको हपेई प्रान्तको वुहान सहरबाट फैलिएको ‘कोरोनाभाइरस’को संक्रमण विश्वव्यापी भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । चीनभन्दा बाहिर पनि यसले महामारीको रुप लिनसक्ने भन्दै ‘डब्ल्युएचओ’ले सबै देशहरुलाई सचेत हुन आग्रहसमेत गरेको छ ।चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २१३ जना पुगिसकेको छ भने ६ हजारजनामा संक्रमण भइसकेको छ । चीनभन्दा बाहिर कम्तीमा […]
छोरी बलात्कारी गर्ने बुबालाई जन्मकैद, नातिनी बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद
अर्घाखाँची,माघ,१७-जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो । जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले बिहीबार जानकारी दिनुभयो । गत साउन २ गते […]
मेस्सीको सानदार प्रदर्शनमा बार्सिलोनाको फराकिलो जित
काठमाडौं,माघ,१७-कप्तान लियोनल मेस्सीले सानदार प्रदर्शन देखाएपछि कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा लेगानेसलाई ५-० ले पराजित गर्दै बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गत शनिबार भ्यालेन्सियासँग हारेको बार्सिलोनाले जित निकाल्दै प्रतियोगितामा कीर्तिमानी ३०औं पटक क्वार्टरफाइनलमा स्थान बनाएको हो। नेउ क्याम्पमा भएको खेलमा एन्टिनियो ग्रिजम्यान र क्लिमेन्ट लेन्लेटले पहिलो हाफमा गोल गरेका थिए। त्यसपछि मेस्सीले […]
पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ, एमसीसी पास गराएरै छाड्छौ : सञ्चारमन्त्री बाँस्कोटा
काठमाण्डौं,माघ,१७-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताउनुभएको छ ।विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पत्रकारको जाँच लिनेसम्बन्धी व्यवस्था हटाउने बताउनुभयो । सञ्चारमन्त्री बाँस्कोटाले क्षमता नभएको संस्थाबाट जाँच लिनु अनुपयुक्त देखिएकाले जाँच लिने व्यवस्था हटाउने बताउनुभयो ।उहाँले एमसीसी विशुद्ध विकाससँग सम्बन्धित योजना भएकाले यसको विरोध गर्नुको कुनै […]
कोरोना भाइरसबारे डब्लूएचओले दियो विश्वलाई नै यस्तो चेतावनी
काठमाडौं,माघ,१६-खतरनाक जीवाणु कोरोना भाइरसप्रति पूरै विश्व सावधान रहन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुझाव दिएको छ। डब्लुएचओका स्वास्थ्य आपत्काल कार्यक्रमका प्रमुखले चीनको उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध विश्व नै सजग रहनुपर्ने बताएका हुन्। यो खतराक नयाँ भाइरसको संक्रमण नियन्त्रण गर्न सिंगो विश्व एक भएर अगाडि बढ्नुपर्ने सुझाव डब्लूएचओले दिएकाे बीबीसीले जनाएकाे छ। यो भाइरसले विश्वव्यापी आपतकालीन […]
आज शहीद दिवस मनाइँदै- सरकारसँग शहीदहरुको यकिन तथ्याङ्क भने छैन
काठमाडौं,माघ,१६-आज शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी नागरिक अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ सम्मान अर्पण गरिँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको […]
सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै
काठमाडौं,माघ,१६- विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरेर आज श्रीपञ्चमी पर्व मनाइँदैछ। श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ। आज देशभरीका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने धार्मीक विश्वास छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ। […]
अपराजीत मनाङको संकटामाथि सानदार जित
काठमाडौं,माघ,१५-साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । एन्फा कम्ल्पेक्स सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो । मनाङको जितमा अन्जन बिष्ट र निशान लिम्बुले एक एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो ।खेलको ४२ औं […]




