मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु !

काठमाडौं, माघ १५-धनुषाको गोदारमा मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतिको मृत्यु भएको छ । मृत्यु हुने धनुषाको गणेशमान चारनाथ नगरपालिका शिवनगर–पर्साही, ७ बस्ने वर्ष ५० का जोगिन्दर साह र ४० वर्षीया प्रमिला साह रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका गोदारमा उक्त दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ […]

नेकपाको महाधिवेशन ०७७ चैतमा

काठमाडौं, माघ १५-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २०७७ चैतमा एकतापछिको पार्टीको पहिलो महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। राष्ट्रिय सभागृहमा जारी पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ०७७ चैत २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। प्रतिवेदनमा ०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय […]

एमसीसी पारित गराउन अलमल नगरौं- प्रधानमन्त्री ओली

काठमाडौं,माघ,१५-प्रधानमन्त्री केपी ओलीले अमेरिकी मिलेनियम कम्प्याक्ट (एमसीसी) एमसीसी परियोजना संसदबाट पारित गराउन कुनै अलमल गर्न नहुने बताउनु भएको छ । बुधबारदेखि काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस परियोजनामा सार्वभौसत्तामा असर पर्ने गरी सम्झौता नगरिएको प्रष्ट गर्नुभयो । यो मुलुकलाई आएको ठूलो सहायता हो भन्दै उहाँले यसबारे धेरै प्रश्न गरिरहनु नपर्ने […]

सुर्खेतमा ट्रिपरको ठक्करबाट युवकको मृत्यु भएलगत्तै युवतीले गरिन् आत्महत्या !

सुर्खेत,माघ,१५-सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् । मंगलबार  वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका  सिंहको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी हुन् । कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले हानेर मृत्यु भएपछि सो क्षेत्र आज दिनभर तनावग्रस्त भएको थियो […]

सुर्खेतमा भोली बुधबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी

सुर्खेत,माघ,१४-जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको छ । वीरेन्द्रनगरको गौतमचोकमा टिपरले ठक्कर दिएर मोटरसाइकलचालक कालिकोट, सिमखेतका २० वर्षीय केशर सिंहको मृत्यु भएको विषयमा तनाव बढेपछि कर्फ्यु लगाइएको हो । पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर क्षेत्रसम्म […]

मेस्सीलाई मनपर्ने पाँच फुटबल स्टार को को हुन् ?

काठमाडौं,माघ,१४-अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले हालै आफ्ना पाँच मनपर्ने फुटबलरको नाम बताएका छन् । स्पेनिस पत्रिका मार्कासँगको कुराकानीमा मेस्सीले वर्तमान समयमा आफ्ना पाँच मनपर्ने स्टारको नाम बताइरहँदा क्रिस्टियानो रोनाल्डोको नाम भने लिएनन्। मेस्सीले वर्तमान समयमा आफूलाई पहिलो नम्बरमा नेमार जुनिएर मनपर्ने बताए। त्यसपछि सर्जियो अग्वेरो, केलिएन एमबाप्पे, इदेन ह्याजार्ड र लुइस स्वारेज मेस्सीको नजरमा वर्तमानका स्टार […]

एएफसी यु-२३ च्याम्पियनसिपको उपाधि दक्षिण कोरियालाई -AFC U23

थाइल्याण्ड,माघ,१४-थाइल्याण्डमा सम्पन्न एएफसी यु–२३ च्याम्पियनसिपको उपाधि दक्षिण कोरियाले जित्न सफल भएको छ ।समूह चरण बाटै अपराजित र प्रभाबकारी प्रदर्शन गर्दै आएको दक्षिण कोरिया फाइनलमा साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै पहिलोपटक यु-२३ च्याम्पियनसिप बनेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा ११४ औं मिनेटको फाइदा उठाउदै कोरियाले […]

विद्यालय पुनर्निर्माणपछि लक्ष्मी माविका विद्यार्थी फुरुंग, नयाँ भवनले बिर्सायो भूकम्प

गोरखा,माघ,१३-विद्यालय आँगनमा एकातिर भत्केका भवनको थुप्रो अर्कोतिर पढ्ने जस्ताको छाप्रो । दिमागमा सुन्दर भविष्यको तस्वीर, मनैभरी पीरैपीर । पुस्तकालयका किताव, विज्ञान प्रयोगशालाका सामग्री, चार्ट र ग्लोव, पालेदाइले बजाउने घण्टी सबै पुरिए भूकम्पमा । पानी पर्दा हिलो घामलागे धूलो, बाहिर निस्केर खेल्ने ठाउँमा ढुंगा र बालुवाको पहाड। ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा यस्तै नियतिका साथ […]

नेपाली कथानक चलचित्र “गन्तव्य यो जिन्दगीको” छाँयाकन सुरु

काठमाण्डौं,माघ,१३-नेपाली कथानक चलचित्र “गन्तव्य यो जिन्दगीको” को रोल्पाको रुन्टिगढि मन्दिरमा शुभमुर्हत सहित छाँयाकन सुरु भएको छ । थ्रीलेन ईन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको “गन्तव्य यो जिन्दगीको” रोल्पामा गित छाँयाकन सुरु गरिएको केही तस्बीर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्र छाँयाकन सुरु भएको जानकारी दिएको हो । चलचित्र “गन्तव्य यो जिन्दगीको” को सामाजिक कथावस्तु समेटेर बन्न लागेको निर्देशक […]

तटस्थ र निष्पक्ष भएर सभामुखको भूमिका निर्वाह गर्छु: अग्नि सापकोटा

काठमाडौं,माघ,१२-नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आफुले तटस्थ र निष्पक्ष भएर सभामुखको भूमिका निर्वाह गर्ने बताईएको छ । निर्वाचित भएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख सापकोटाले प्राप्त जिम्मेवारी निष्पक्ष भएर पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपाली काँग्रेसले शंका गरेजस्तो अवस्था आउन नदिने उहाँको भनाइ थियो ।त्यसैगरी विभिन्न राजनीतिक दलका नेताहरुले पनि नवनिर्वाचत सभामुखले निष्पक्ष भएर काम गर्ने […]