आज शहीद दिवस मनाइँदै- सरकारसँग शहीदहरुको यकिन तथ्याङ्क भने छैन

काठमाडौं,माघ,१६-आज शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी नागरिक अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ सम्मान अर्पण गरिँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको […]

सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

काठमाडौं,माघ,१६-  विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरेर आज श्रीपञ्चमी पर्व मनाइँदैछ। श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ। आज देशभरीका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने धार्मीक विश्वास छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ। […]

अपराजीत मनाङको संकटामाथि सानदार जित

काठमाडौं,माघ,१५-साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । एन्फा कम्ल्पेक्स सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो । मनाङको जितमा अन्जन बिष्ट र निशान लिम्बुले एक एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो ।खेलको ४२ औं […]

मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु !

काठमाडौं, माघ १५-धनुषाको गोदारमा मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतिको मृत्यु भएको छ । मृत्यु हुने धनुषाको गणेशमान चारनाथ नगरपालिका शिवनगर–पर्साही, ७ बस्ने वर्ष ५० का जोगिन्दर साह र ४० वर्षीया प्रमिला साह रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका गोदारमा उक्त दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ […]

नेकपाको महाधिवेशन ०७७ चैतमा

काठमाडौं, माघ १५-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २०७७ चैतमा एकतापछिको पार्टीको पहिलो महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। राष्ट्रिय सभागृहमा जारी पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ०७७ चैत २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। प्रतिवेदनमा ०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय […]

एमसीसी पारित गराउन अलमल नगरौं- प्रधानमन्त्री ओली

काठमाडौं,माघ,१५-प्रधानमन्त्री केपी ओलीले अमेरिकी मिलेनियम कम्प्याक्ट (एमसीसी) एमसीसी परियोजना संसदबाट पारित गराउन कुनै अलमल गर्न नहुने बताउनु भएको छ । बुधबारदेखि काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस परियोजनामा सार्वभौसत्तामा असर पर्ने गरी सम्झौता नगरिएको प्रष्ट गर्नुभयो । यो मुलुकलाई आएको ठूलो सहायता हो भन्दै उहाँले यसबारे धेरै प्रश्न गरिरहनु नपर्ने […]

सुर्खेतमा ट्रिपरको ठक्करबाट युवकको मृत्यु भएलगत्तै युवतीले गरिन् आत्महत्या !

सुर्खेत,माघ,१५-सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् । मंगलबार  वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका  सिंहको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी हुन् । कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले हानेर मृत्यु भएपछि सो क्षेत्र आज दिनभर तनावग्रस्त भएको थियो […]

सुर्खेतमा भोली बुधबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी

सुर्खेत,माघ,१४-जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको छ । वीरेन्द्रनगरको गौतमचोकमा टिपरले ठक्कर दिएर मोटरसाइकलचालक कालिकोट, सिमखेतका २० वर्षीय केशर सिंहको मृत्यु भएको विषयमा तनाव बढेपछि कर्फ्यु लगाइएको हो । पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर क्षेत्रसम्म […]

मेस्सीलाई मनपर्ने पाँच फुटबल स्टार को को हुन् ?

काठमाडौं,माघ,१४-अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले हालै आफ्ना पाँच मनपर्ने फुटबलरको नाम बताएका छन् । स्पेनिस पत्रिका मार्कासँगको कुराकानीमा मेस्सीले वर्तमान समयमा आफ्ना पाँच मनपर्ने स्टारको नाम बताइरहँदा क्रिस्टियानो रोनाल्डोको नाम भने लिएनन्। मेस्सीले वर्तमान समयमा आफूलाई पहिलो नम्बरमा नेमार जुनिएर मनपर्ने बताए। त्यसपछि सर्जियो अग्वेरो, केलिएन एमबाप्पे, इदेन ह्याजार्ड र लुइस स्वारेज मेस्सीको नजरमा वर्तमानका स्टार […]

एएफसी यु-२३ च्याम्पियनसिपको उपाधि दक्षिण कोरियालाई -AFC U23

थाइल्याण्ड,माघ,१४-थाइल्याण्डमा सम्पन्न एएफसी यु–२३ च्याम्पियनसिपको उपाधि दक्षिण कोरियाले जित्न सफल भएको छ ।समूह चरण बाटै अपराजित र प्रभाबकारी प्रदर्शन गर्दै आएको दक्षिण कोरिया फाइनलमा साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै पहिलोपटक यु-२३ च्याम्पियनसिप बनेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा ११४ औं मिनेटको फाइदा उठाउदै कोरियाले […]