विद्यालय पुनर्निर्माणमा काठमाडौं पहिलो, तीन दिनमा ९ विद्यालयले पाए नयाँ भवन

काठमाडौं,पुस,१३- केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा)का आयोजना प्रमुख चुडामणि पौडेलले भूकम्प प्रभावित ७५ सय विद्यालय मध्ये ५५ सय विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको बताएका छन् । उनले विद्यालय पुनर्निर्माणमा हालसम्म ७५ करोड खर्च भइसकेको जानकारी दिए ।पौडेलका अनुसार भूकम्प प्रभावित ७१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । काठमाडौं चन्द्रागिरी स्थित कंकाली माविको नयाँ भवन हस्तान्तरणको कार्यक्रममा […]

जिन्दगीमा हरेक प्रहर’ गीतको म्युजिक भिडियो फरक ढङ्गले सार्वजनीक

काठमाण्डौं,पुस,१३- गायक सुशान्त खजुमको स्वरमा सजिएको ‘जिन्दगीमा हरेक प्रहर’ गीतको म्युजिक भिडियो फरक ढङ्गले सार्वजानिक भएको छ । गायक, संगीतकार, कलाकार तथा निर्देशकको उपस्थितिमा आफ्ना अनुभूतिलाई साटासाट गरी भिडियोको सार्वजानिक गरिएको हो । रचनाकार भने देशबाहिर भएकाले उपस्थित थिएनन् । भिडियो सार्वजानिकपश्चात पत्रकार देवेन्द्र खापुङले अहिलेका नेपाली म्युजिक भिडियोहरूको आफ्नै फर्मेट बनेको बताएका थिए । […]

एकैदिन काठमाडौंका तीन विद्यालयलाई नयाँ भवन

काठमाण्डौं,पुस,१२- काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । शुक्रवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो । विहिवार पनि तीन विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको थियो । शुक्रवार एकै दिन धर्म विद्याश्रम आधारभूत विद्यालय तारकेश्वर, आत्म विकास आधारभूत विद्यालय बुढानिलकण्ठ र बुढानिलकण्ठ मावि बुढानिलकण्ठलाई नयाँ भवन हस्तान्तरण […]

काठमाडौंमा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणमा तिब्रता

काठमाडौं,पुस,११- काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो ।बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् । दक्षिणकाली नगरपालिका वार्ड नम्बर ९ को कालीदेवी आधारभूत विद्यालय, वार्ड नम्बर ८ को श्रीकृष्ण मावि र वार्डनम्बर ५ को डोल्लु […]

गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको रक्षामन्त्री पोखरेलको जिकिर

काठमाडौं, पुस,१०- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको जिकिर गर्नुभयो ।सत्तारुढ र प्रतिपक्षदलका सांसदहरुले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय सम्बन्धमा सरकारको जवाफ माग गरेपछि आज बसेको राष्ट्रियसभा बैठकमा सरकारका तर्फबाट जवाफ दिँदै उहाँले संसदले बनाएको कानुनअनुसार नै लिज अवधि थप गरिएको जिकिर गर्नुभयो । नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका […]

सकियो खण्डग्रास सूर्यग्रहण, शिक्षा मन्त्री पोखरेलले गरे सूर्यग्रहणको अवलोकन

काठमाडौं,पुस,१०- पौष कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण सकिएको छ । यो ग्रहण विभिन्न देशमा फरकफरक समयमा देखिएको थियो। नेपालमा भने बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण सुरु भएको थियो । १० बजेर १ मिनेटमा मध्य भएको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्य ग्रहणको कुल अवधि २ […]

मोफसलको फुटबल तालिका सार्वजनिक

काठमाण्डौं,पुस,८- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।एन्फाले बुधबार फागुन पहिलो साताबाट बैशाख पहिलो साता भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । एन्फाले विभिन्न जिल्लामा हुने २५ प्रतियोगिताको तालिका निकालेको हो ।एन्फाले निकालेको तालिका अनुसार फागुन १ देखि १० सम्म पोखरामा मनकामना […]

ट्रिपर दुर्घटना हुँदा दुईको मृत्यु

नुवाकोट,पुस,६- नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नम्बर १२ मा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सडक निर्माणको काम गर्ने मजदुरहरु चढेको ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला […]

मन्त्रिपरिषद् बैठकका २१ निर्णय : सीमा क्षेत्रमा थप ११४ ‘बीओपी’ राख्ने

काठमाडौं,पुस,३- सरकारले सीमा क्षेत्रमा थप ११४ ओटा बीओपी (बोर्डर आउट पोस्ट) स्थापना गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को गएको सोमबार (मंसिर ३० गते) बसेको बैठकले सशस्त्र प्रहरी बलअन्तर्गत् ती बीओपी स्थापना गर्ने निर्णय गरेको हो । बैठकले नेपाल सरकारका दुईजना सचिवको सरुवा गरेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुखसचिव नारायणप्रसाद बिडारीलाई प्रधानमन्त्री […]

फिफा वरियतामा नेपाल यथावत : बेल्जियम शीर्ष स्थानमा

काठमाडौं,पुस,३- विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १ सय ७० औं स्थानमा रहेको हो ।गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । गत महिना भने नेपाल तीन स्थान झरेको थियो ।   दक्षिण एसियाली देशको […]