काठमाडौं,पुस,१६- आज नेपालमा सातौ टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका साथ काठमाडौंमा यो दिवस मनाइएको हो । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाएका हुन् । टोपी दिवस मनाउने अभियान चलाएको जागरुक युवा अभियान नेपालका युवाहरुले […]
ब्यानर न्यूज
अंग्रेजी नयाँ वर्ष २०२० आजबाट सुरु
काठमाडौं,पुस,१६- अंग्रेजी नयाँ वर्ष २०२० आजबाट सुरु भएको छ ।नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु […]
नेपालको उड्डयन क्षेत्रलाई अन्तराष्ट्रिय प्रतिस्पर्धी बनाइने
काठमाडौं,पुस,१५- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईले नेपालको उड्डयनको क्षेत्रमा उल्लेख्य परिर्वतन भएको भन्दै अन्तराष्ट्रिय प्रतिस्पर्धी बनाइने बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवको आज(मंगलबार) काठमाडौमा उद्घाटन गर्दै उनले नागरिक उड्डयनको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको बताउनु भएको हो । उड्डयनको विकासले विश्वलाई सानो गाउँमा परिणत गरेको भन्दै यसले विश्वका नागरिकबीच […]
विद्यालय पुनर्निर्माणमा काठमाडौं पहिलो, तीन दिनमा ९ विद्यालयले पाए नयाँ भवन
काठमाडौं,पुस,१३- केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा)का आयोजना प्रमुख चुडामणि पौडेलले भूकम्प प्रभावित ७५ सय विद्यालय मध्ये ५५ सय विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको बताएका छन् । उनले विद्यालय पुनर्निर्माणमा हालसम्म ७५ करोड खर्च भइसकेको जानकारी दिए ।पौडेलका अनुसार भूकम्प प्रभावित ७१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । काठमाडौं चन्द्रागिरी स्थित कंकाली माविको नयाँ भवन हस्तान्तरणको कार्यक्रममा […]
जिन्दगीमा हरेक प्रहर’ गीतको म्युजिक भिडियो फरक ढङ्गले सार्वजनीक
काठमाण्डौं,पुस,१३- गायक सुशान्त खजुमको स्वरमा सजिएको ‘जिन्दगीमा हरेक प्रहर’ गीतको म्युजिक भिडियो फरक ढङ्गले सार्वजानिक भएको छ । गायक, संगीतकार, कलाकार तथा निर्देशकको उपस्थितिमा आफ्ना अनुभूतिलाई साटासाट गरी भिडियोको सार्वजानिक गरिएको हो । रचनाकार भने देशबाहिर भएकाले उपस्थित थिएनन् । भिडियो सार्वजानिकपश्चात पत्रकार देवेन्द्र खापुङले अहिलेका नेपाली म्युजिक भिडियोहरूको आफ्नै फर्मेट बनेको बताएका थिए । […]
एकैदिन काठमाडौंका तीन विद्यालयलाई नयाँ भवन
काठमाण्डौं,पुस,१२- काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । शुक्रवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो । विहिवार पनि तीन विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको थियो । शुक्रवार एकै दिन धर्म विद्याश्रम आधारभूत विद्यालय तारकेश्वर, आत्म विकास आधारभूत विद्यालय बुढानिलकण्ठ र बुढानिलकण्ठ मावि बुढानिलकण्ठलाई नयाँ भवन हस्तान्तरण […]
काठमाडौंमा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणमा तिब्रता
काठमाडौं,पुस,११- काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो ।बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् । दक्षिणकाली नगरपालिका वार्ड नम्बर ९ को कालीदेवी आधारभूत विद्यालय, वार्ड नम्बर ८ को श्रीकृष्ण मावि र वार्डनम्बर ५ को डोल्लु […]
गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको रक्षामन्त्री पोखरेलको जिकिर
काठमाडौं, पुस,१०- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको जिकिर गर्नुभयो ।सत्तारुढ र प्रतिपक्षदलका सांसदहरुले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय सम्बन्धमा सरकारको जवाफ माग गरेपछि आज बसेको राष्ट्रियसभा बैठकमा सरकारका तर्फबाट जवाफ दिँदै उहाँले संसदले बनाएको कानुनअनुसार नै लिज अवधि थप गरिएको जिकिर गर्नुभयो । नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका […]
सकियो खण्डग्रास सूर्यग्रहण, शिक्षा मन्त्री पोखरेलले गरे सूर्यग्रहणको अवलोकन
काठमाडौं,पुस,१०- पौष कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण सकिएको छ । यो ग्रहण विभिन्न देशमा फरकफरक समयमा देखिएको थियो। नेपालमा भने बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण सुरु भएको थियो । १० बजेर १ मिनेटमा मध्य भएको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्य ग्रहणको कुल अवधि २ […]
मोफसलको फुटबल तालिका सार्वजनिक
काठमाण्डौं,पुस,८- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।एन्फाले बुधबार फागुन पहिलो साताबाट बैशाख पहिलो साता भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । एन्फाले विभिन्न जिल्लामा हुने २५ प्रतियोगिताको तालिका निकालेको हो ।एन्फाले निकालेको तालिका अनुसार फागुन १ देखि १० सम्म पोखरामा मनकामना […]



