मैदान नभएपछि ‘ए’ डिभिजन लिगका आज हुने खेल स्थगित

काठमाडौं,मंसिर,२९- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजका खेलहरु स्थगित भएका छन् ।मैदान अभावले आजका खेलहरु स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । लगातारको वर्षाले दशरथ रंगशाला खेल गराउन लायक छैन । लिगको लागि तय गरिएको अर्को मैदान एन्फा कम्प्लेक्समा आज जापानी टोलीसँग मैत्रिपूर्ण खेल राखिएको छ ।त्यसैले आज हुने भनिएका लिगका […]

सिन्धुपाल्चोक बस दुर्घटना:१४ को मृत्यु, १८ घाइते, अधिकाँशको अवस्था गम्भीर (अपडेट)

सिन्धुपाल्चोक,मंसिर,२९- सिन्धुपाल्चोक जिल्लाको ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १८ जना यात्रु घाइते भएका छन् ।मृतकमध्ये दोलखा भीमेश्वर नगरपालिकाकी जुनु तामाङको मात्र सनाखत भएको छ ।घाइतेमध्ये अधिकाँशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना […]

‘ए’ डिभिजन लिग सुरु :आज मछिन्द्र र ब्रिगेड ब्वाईज भिड्ने

काठमाडौं,मंसिर,२८- सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज (शनिबार)बाट सुरु हुदैछ ।घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज सुरु हुन लागेको हो ।उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा घरेलु फुटबलका १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् […]

भारतमा नागरिकता विधेयकको विरोधमा आन्दोलन

भारत,मंसिर,२६- भारतीय संसदको दुबै सदनले नागरिकता संशोधन विधेयक पारित गरेपछि त्यसको विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । नागरिक आन्दोलन हिंसा र आगजनीमा परिणत हुन थालेपछि कतिपय राज्यमा सरकारले कर्फ्यु नै लगाएको छ । पूर्वोत्तर भारतको आसाम राज्यमा दंगा नै फैलिएको छ । जसका कारण गुवाहाटीमा अनिश्चितसमयका लागि कफ्र्यू नै लगाइएको छ । प्रदर्शनकारीले रेल स्टेशनमै […]

एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

काठमाडौँ,मंसिर,२५- लोक सेवा आयोगले एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन आव्हान गरेको छ ।आयोगको नियमित कार्यतालिका अनुसार आज (बुधबार) गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवातर्फ गरी विज्ञापन गरेको हो । पुस २९ गतेसम्म दरखास्त दिन आयोगले सूचनामार्फत जनाएको छ । गतबर्ष भन्दा बढी संख्यामा विज्ञापन खुलाएको आयोगले प्रशासनतर्फ बढुवा र […]

साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

काठमाण्डौं,मंसिर,२४- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ ।पहिलो हाफमा भुटानसँग १-१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  मंगलबार भएको फाईनल खेलमा नेपालले २-१ गोल अन्तरले भुटानलाई हराउँदै नेपालले स्वर्ण जितेको हो । नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर […]

पाकिस्तानलाई १४ औं साग आयोजनाको जिम्मेवारी

काठमाण्डौं,मंसिर,२३- दक्षिण एसियाली खेलकुद (साग) को १४ औं संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ । सातदोबाटोस्थित ओलम्पिक कमिटिको भवनमा सोमबार बसेको साग ओलम्पिक काउन्सिलकाे बैठकले पाकिस्तानलाई १४ औं संस्करणको साग आयोजनाको जिम्मेवारी दिएको हो  ।   साग आयोजनाका लागि पाकिस्तानबाट पाकिस्तान ओलम्पिक काउन्सिलकाे अध्यक्ष बैठकमा आएका थिए । बैठकले ६ महिना भित्र सरकारकाे सहमती ल्याउन पाकिस्तानकाे ओलम्पिक कमिटिलाई समय दिएकाे छ ।६ […]

नेपाल भारत संग २-०ले पराजीत मुख्य प्रशिक्षक हरि खड्काद्वारा राजीनामा

काठमाडौं,मंसिर,२३- १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ नेपाल भारतसँग पराजीत भएको छ ।पोखरा रंगशालामा भएको फाइनल भिडन्तमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग २–० को हार बेहोरेपछि नेपाली महिला फुटबल टोलीको इतिहास रच्ने सपना फेरि अधुरै भएको छ । भारतको जितमा पहिलो हाफको १८औं मिनटमा बालादेवी र दोस्रो हाफको ५६औं मिनटमा रतनबालादेवीले गरेको गोल नै भारतीय टोलीलाई […]

जीवनज्योति माविले पायो बालमैत्री र अपाङ्गमैत्री नयाँ भवन

गोरखा,मंसिर,२२- जीवनज्योति मावि पालुङटार–८ च्याङ्ली गोरखामा कक्षा १० मा अध्ययनरत् छात्रा विवेचना देवकोटाको आज खुसीले भूँईमा खुट्टा छैन । उनी फुरुङ्ग छिन् । उनको खुसीको कारण परीक्षामा नम्बर बढी आउनु होइन । नत शिक्षकको स्याब्बासी नै हो । उनी खुसी हुनुको कारण हो– उनको विद्यालयको भवन नयाँ बन्नु ।२०७२ मा गएको भूकम्पले विद्यालयको भवन ध्वस्त […]

१३औं साग फुटबल: पुरुष तर्फ नेपाल विजयी महिला टोली भारत संग पराजीत

काठमाडौं,मंसिर,२१- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ ।शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १-० को अग्रता दिलाएका […]