काठमाडौं,पुष,१- पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहौर हाइकोर्टले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्। बीबीसीका अनुसार उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको […]
ब्यानर न्यूज
‘ए’ डिभिजन लिग फुटबल: आर्मी र च्यासलको विजयी सुरुवात
काठमाडौं,मंसिर,३०- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लव र च्यासल यूथ क्लव विजय भएका छन् । मैदान अभावले हिजो स्थगित गरिएका खेलहरु आज गरिएको थियो ।सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लवले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेम्जनले […]
यू–१९ महिला फुटबल:नेपालको बहराईनमाथी ४-२ गोलको शानदार जित
काठमाडौं,मंसिर,२९- नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बहराईनलाई पराजित गरेको छ । आइतबार भएको खेलमा नेपालले बहराईनलाई ४-२ गोल अन्तरले पराजित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टिम सरु लिम्बुको कप्तानीमा मैदान उत्रिएको थियो ।नेपाली टिम दुई मैत्रीपूर्ण खेलका लागि शुक्रबार बहराईन प्रस्थान गरेका थिए ।
मैदान नभएपछि ‘ए’ डिभिजन लिगका आज हुने खेल स्थगित
काठमाडौं,मंसिर,२९- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजका खेलहरु स्थगित भएका छन् ।मैदान अभावले आजका खेलहरु स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । लगातारको वर्षाले दशरथ रंगशाला खेल गराउन लायक छैन । लिगको लागि तय गरिएको अर्को मैदान एन्फा कम्प्लेक्समा आज जापानी टोलीसँग मैत्रिपूर्ण खेल राखिएको छ ।त्यसैले आज हुने भनिएका लिगका […]
सिन्धुपाल्चोक बस दुर्घटना:१४ को मृत्यु, १८ घाइते, अधिकाँशको अवस्था गम्भीर (अपडेट)
सिन्धुपाल्चोक,मंसिर,२९- सिन्धुपाल्चोक जिल्लाको ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १८ जना यात्रु घाइते भएका छन् ।मृतकमध्ये दोलखा भीमेश्वर नगरपालिकाकी जुनु तामाङको मात्र सनाखत भएको छ ।घाइतेमध्ये अधिकाँशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना […]
‘ए’ डिभिजन लिग सुरु :आज मछिन्द्र र ब्रिगेड ब्वाईज भिड्ने
काठमाडौं,मंसिर,२८- सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज (शनिबार)बाट सुरु हुदैछ ।घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज सुरु हुन लागेको हो ।उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा घरेलु फुटबलका १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् […]
भारतमा नागरिकता विधेयकको विरोधमा आन्दोलन
भारत,मंसिर,२६- भारतीय संसदको दुबै सदनले नागरिकता संशोधन विधेयक पारित गरेपछि त्यसको विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । नागरिक आन्दोलन हिंसा र आगजनीमा परिणत हुन थालेपछि कतिपय राज्यमा सरकारले कर्फ्यु नै लगाएको छ । पूर्वोत्तर भारतको आसाम राज्यमा दंगा नै फैलिएको छ । जसका कारण गुवाहाटीमा अनिश्चितसमयका लागि कफ्र्यू नै लगाइएको छ । प्रदर्शनकारीले रेल स्टेशनमै […]
एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन खुल्यो
काठमाडौँ,मंसिर,२५- लोक सेवा आयोगले एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन आव्हान गरेको छ ।आयोगको नियमित कार्यतालिका अनुसार आज (बुधबार) गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवातर्फ गरी विज्ञापन गरेको हो । पुस २९ गतेसम्म दरखास्त दिन आयोगले सूचनामार्फत जनाएको छ । गतबर्ष भन्दा बढी संख्यामा विज्ञापन खुलाएको आयोगले प्रशासनतर्फ बढुवा र […]
साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता
काठमाण्डौं,मंसिर,२४- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ ।पहिलो हाफमा भुटानसँग १-१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको फाईनल खेलमा नेपालले २-१ गोल अन्तरले भुटानलाई हराउँदै नेपालले स्वर्ण जितेको हो । नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर […]
पाकिस्तानलाई १४ औं साग आयोजनाको जिम्मेवारी
काठमाण्डौं,मंसिर,२३- दक्षिण एसियाली खेलकुद (साग) को १४ औं संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ । सातदोबाटोस्थित ओलम्पिक कमिटिको भवनमा सोमबार बसेको साग ओलम्पिक काउन्सिलकाे बैठकले पाकिस्तानलाई १४ औं संस्करणको साग आयोजनाको जिम्मेवारी दिएको हो । साग आयोजनाका लागि पाकिस्तानबाट पाकिस्तान ओलम्पिक काउन्सिलकाे अध्यक्ष बैठकमा आएका थिए । बैठकले ६ महिना भित्र सरकारकाे सहमती ल्याउन पाकिस्तानकाे ओलम्पिक कमिटिलाई समय दिएकाे छ ।६ […]




