टोक्योमा हुने ओलम्पिकका लागी न्यु नेशनल स्टेडियमको निर्माण कार्य सम्पन्न

काठमाण्डौं,मंसिर १५- जापानमा आगामी वर्ष हुने बहुप्रतिक्षित टोक्यो ओलम्पिकको मुख्य स्टेडियम (न्यु नेशनल स्टेडियम) को निर्माण कार्य सम्पन्न भएको छ । यो स्टेडियम निर्माणका लागि ८७ प्रतिशत काठको प्रयोग गरिएको छ । जसको अर्थ यो स्टेडियम निर्माण कार्य सम्पन्न २००० घन मिटर काठको प्रयोग गरिएको छ । यद्यपि यो स्टेडियम निर्माण कार्यका लागि जोगाड गरिएको […]

१३ औं सागको औपचारिक उद्घाटन आज

काठमाडौं,मंसिर,१५- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन आज (आईतबार) हुदैछ । दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव नेपालमा आज सुरु हुन लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।उद्घाटन सत्र साँझ ५ बजेर १० मिनेटमा सुरु हुनेछ । उद्घाटन कार्यक्रम […]

महिला भलिबलको ऐतिहासिक जीत: आईतबार फाईनलमा भारतसंग प्रतिस्पर्धा गर्ने

काठमाण्डू,मंसिर,१५-  १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल पहिलो पटक महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । एसियाली खेलकुद (साग) महिला भलिबलबाट नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ। नेपालले सेमिफाइनलमा श्रीलंकालाई तीन शुन्यको सोझो सेटमा पराजित गरे पछि रजत पदक पक्का गरेको हो। नेपाल श्रीलंका सामु बलियो रुपमा प्रस्तुत भएको थियो। […]

उपचुनाव वडाध्यक्षको नतीजा : कसले कहाँ कहाँ जित्यो (अपडेट)

काठमाण्डौं,मंसिर,१५-  उपचुनावनिर्वाचन आयोगले शनिबार सम्पन्न उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ जना मतदाता रहेकामा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको आयोगले जनाएको छ।शनिबार साँझ आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको जानकारी दिनुभयो । […]

उपनिर्वाचन हुँदै : ३७ जिल्लाका ५२ पदका लागि मतदान जारी

काठमाडौं, मंसिर,१४- प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही सीटमा जनप्रतिनिधि चयनका लागि आज उपनिर्वाचन  हुँदैछ ।उपनिर्वाचन हुने सबै जिल्लामा आवश्यक तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न पाइने आयोगले जनाएको छ ।३७ जिल्लाका ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा […]

‘सरकार नै विद्यार्थीलाई निजी विद्यालयमा पढ्न प्रोत्साहित गर्छ’

काठमाण्डौं,मंसिर,१४- सरकारले सार्वजनिक शिक्षा सुदृढीकरणको चर्को नारा लगाइरहेको बेला सरोकारवालाहरुले भने सरकार सार्वजनिक विद्यालको गरिबीकरणतर्फ उन्मुख रहेको आरोप लगाएका छन्।शुक्रवार राजधानीमा एजुकेशन इन्टरनेशनलले गरेको शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको अवस्था : प्रभाव र न्यूनिकरण विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले यस्तो बताएका हुन् । विगतदेखि सामुदायिक विद्यालय मर्ज र बन्द गर्दै गएपनि नयाँ विद्यालय नखोलेको भन्दै सरोकारवालाहरुले सरकार […]

‘साग’को टिकट ‘इसेवा’बाट लिन सकिने

काठमाडौं,मंसिर,१२- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ‘इसेवा’लाई टिकट साझेदार बनाएको छ ।सोअनुसार दर्शकले इसेवाबाट टिकट पाउनेछन् । सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण गरिएको हो ।इसेवाका सीइओ रोशन लामिछानेले टिकट अनलाइनबाटै लिनुपर्ने बताउँदै यसबाट सुरक्षा संवेदनशीलता र पारदर्शी हुने बताउनुभयो । टिकट बिक्रीको रकममध्ये १५ प्रतिशत इ–सेवाले […]

अर्घाखाँची बस दुर्घटनाः मृतक सबै १९ जनाकै सनाखत (नामावली सहित)

अर्घाखाँची,मंसिर,१२- अर्घाखाँचीमा यात्रीवाहक बस दुर्घटनामा परी मृत्यु भएका सबै १९ जनाकै सनाखत भएको छ ।बुधबार सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको थियो ।दुर्घटनामा ज्यान गुमाउनेहरुमा गाडीधनी र चालकसमेत रहेका छन् । मृत्यु हुनेहरुमा सन्धिखर्क नगरपालिका–७, डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही स्थानका ५४ वर्षीय बलराम भट्टराई र २२ वर्षीया माया […]

‘साग’ खेलकुदका लागी खेलाडी आइसके, दशरथ रंगशाला बन्दै

काठमाडौं,मंसिर,१०- १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्। तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। बंगलादेश, माल्दिभ्स र श्रीलंकाका भलिबल खेलाडी आइसकेका छन्। नेपालको हावापानीसँग घुलमिल हुन […]

सरकारसंग नेपालको नक्सा सार्वजनिक गर्न काँग्रेस नेता विश्वप्रकाशको माग

कास्की,मंसिर,९- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई तत्काल नेपालको नक्सा सार्वजनिक गर्न माग गर्नु भएको छ ।नेपाल प्रेस यूनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले तीन दिनभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर सरकारले नक्सा सार्वजनिक गर्न नसक्ने हो भने प्रतिपक्षीलाई त्यसको जिम्मा दिन आग्रह गर्नुभयो । प्रवक्ता शर्माले शनिबार पोखरामा पार्टी सभापति […]