उपनिर्वाचनका लागि मतपत्र पुर्‍याइयो : आयोग

काठमाण्डौं,मंसिर,९- मंसिर १४ मा हुने उपनिर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ । निर्वाचन आयोगले आइतबार जनाएअनुसार नेपाली सेनाले मतपत्र र मतदाता परिचयपत्र उपनिर्वाचन हुने ३७ जिल्लामध्ये सुगम स्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरबाट ढुवानी गरी पुर्‍याएको हो । संवेदनशील निर्वाचन सामग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मा सेनालाई […]

‘साग’का लागी १६ हजार सुरक्षा खटिने

काठमाण्डौं,मंसिर,९- यहि मंसिर १५ देखि २५ गतेसम्म आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा गृह मन्त्रालयले सुरक्षाका लागि १६ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तय गरेको छ । विमानस्थलदेखि होटल र होटलदेखि खेल आयोजना स्थलसम्म खेलाडी, पदाधिकारी, दर्शक र अन्य पाहुनाको सुरक्षा व्यवस्थासहित कार्ययोजना तय गरिएको गृहले जनाएको छ । सागमा पनि गृह मन्त्रालयले सेनासहितको सुरक्षा व्यवस्था हुने […]

‘साग’का चार खेलको लागी टिकट मूल्य निर्धारण

काठमाडौं,मंसिर,९- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलसहित चार खेलको टिकट मूल्य निर्धारण गरेको छ ।राखेपले फुटबलसहित भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि टिकट निर्धारण गरेको हो । सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।यस्तै, भलिबल र बास्केटबलको […]

ड्राफ्ट हेरेर कालापानीबारे भारतलाई पत्र पठाइएका छौ : प्रचण्ड

काठमाडौं,मंसिर,७- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादबारे परराष्ट्र मन्त्रालयले भारतलाई पत्र पठाएको बताउनु भएको छ ।बाग्लुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो पत्रको ड्राफ्ट आफू र प्रधानमन्त्री केपी ओलीले हेरेको बताउनुभयो। उहाँले सुस्ता र कालापानीको समस्या जटिल र गम्भीर रहेको भन्दै यस विषयमा राष्ट्र एकताबद्ध रहेको बताउनुभयो ।सीमा मिचिएको बेलामा सरकारले […]

प्रधानमन्त्री रोजगार,परिमार्जन सहित कार्यक्रमको तयारी

काठमाण्डौं,मंसिर,७- सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गरेर यो वर्षको कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं सहसचिव प्रकाश दाहालले कार्यक्रम […]

नवनियुक्त पाँच मन्त्रीहरुले लिए शपथ, दुई मन्त्रीहरुको जिम्मेवारी फेरबदल

काठमाडौं,मंसिर,५- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनु भएको छ ।राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले विहीबार नियुक्त भएका मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो । शपथ लिने नयाँ मन्त्रीहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत […]

विस्तृत शान्ति सम्झौताको १३ वर्ष पुरा, द्धन्द्धपीडितले अझै न्याय पाएनन्

काठमाडौं,मंसिर,५- तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १३ वर्ष पुगेको छ ।यो अवधिमा मुलुक गणतन्त्र, धर्म निरपेक्षता हुँदै संघियतामा प्रवेश गरेर अहिले कार्यान्वयनको चरणमा रहेको छ । तर विस्तृत शान्ति सम्झौताको एउटा महत्वपूर्ण पाटो संक्रमणकालिन न्याय निरुपणमा भने अलमल भईरहेको छ ।खासगरी पटक पटक सत्तामा […]

ओली पाँच वर्षलाई नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने

काठमाडौं,मंसिर,४- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कार्यविभाजन भएको छ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले सरकार सञ्चालनको सम्पूर्ण अधिकारी प्रधामन्त्री ओलीलाई दिने र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको हो। योसँगै अध्यक्ष ओलीले पाँच वर्ष नै सरकारको नेतृत्व गर्नेछन् भने अध्यक्ष प्रचण्डले पार्टी हाँक्नेछन्।सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता […]

बझाङमा ५.७ म्याग्निच्यूडको भूकम्प:अन्य जिल्लाहरुमा पनी भुकम्पको धक्का महसुस

काठमाडौं,मंसिर,३- बझाङमा मंगलबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ।साँझ ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी आसपास केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अरु जिल्लाहरुमासमेत महसुस गरिएको थियो ।यस्तै, सल्यान, बर्दिया, बाँकेसमेतमा धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।भूकम्पको धक्कापछि स्थानीयहरु […]

विश्वकप फुटबल छनोट : नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं,मंसिर,३- कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । (लाईभ हेर्न दिएको लिंकमा क्लिक गर्नुहोस् ।)       https://youtu.be/7wTN9BDETiw नेपालको पहिलो घरेलु खेलको रुपमा रहेको कुवेतसँगको खेल भुटानको थिम्पुमा हुनेछ ।थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे […]