कृष्णनगरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

कपिलवस्तु,कार्तिक,१४- कपिलवस्तुको सीमा नाका कृष्णनगरमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय सुरज पाण्डे छन् । लक्ष्मी पूजाको मूर्ती विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुँदा हिजो बेलुकादेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फयू आदेश जारी गरेको छ । बिहान ११ बजेदेखि अर्को आदेश नहुनजेलसम्मको लागि प्रशासनले कफ्र्यू […]

आज भाईटिका, शुभसाइत ११:५५ बजे उत्तम

काठमाण्डौं,कार्तीक,१३- आज यमपञ्चकको पाँचौ दिन अर्थात भाई टिका ।सबै नेपालीका घर-घरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर हर्षोल्लासरूपमा भाइटीका मनाउँदैछन् ।तिहारको अन्तिम दिन अर्थात भाइटीकालाई समस्त नेपालीले महत्वपूर्ण दिनका रूपमा लिने गर्छन् ।भाइटीकाको साइत खोज्नेहरूका लागि ११ बजेर ५५ मिनेटको समय  उत्तम रहेको भए पनि दिनभर नै भाइटीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निणर्याक समितिका अध्यक्ष प्रा. […]

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं,कार्तिक,११- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (सोमबार) बिहान एक्लाएक्लै भेटवार्ता भएको छ। ओली र प्रचण्डबीच दूरी बढेको चर्चा भइरहेका बेला बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान झन्डै १ घण्टा प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको हो। भेटवार्तामा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो […]

तिहारको चौथो दिन :आज गाई र गोरुको पूजाआजा गरि मनाईदै

काठमाडौं,कार्तीक,११- यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, […]

तिहारको तेस्रो दिन :आज लक्ष्मीपूजा र कुकुर तिहार संगै मनाइँदै

काठमाडौं,कार्तीक,१०- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । तीथीको घटबढले लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले […]

तिहार सुरु : आज काग तिहार मनाईदै

काठमाडौं,कार्तीक,९- हिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार मनाइदैछ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजा अर्चना गरेर चोखो […]

रोल्पाका शनि विश्वकर्मा बने पहिलो नेपाल लोकस्टार

काठमाडौं,कार्तीक,८- रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन् ।एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारे । भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि चुमेका हुन्।    प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका […]

आधुनिकीकरणले “तिहार पर्व” विश्वव्यापी बन्दै : जापानमा तिहार सुरु

फुकुओका,जापान,कार्तीक,९-हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक […]

प्रदेश–५ मा उद्योग खुल्नेक्रम बढ्यो

रुपन्देही, कात्तिक ८- लगानीमैत्री वातावरण बन्दै गएपछि प्रदेश नम्बर–५ मा उद्योगहरु खुल्नेक्रम बढेर गएको छ ।भौतिक पूर्वाधारको निर्माण र विकासले गति लिएसँगै प्रदेशमा उद्योगहरु खुल्नेक्रम बढेको हो ।भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले गति लिनु, लुम्बिनी गुरुयोजनालाई सरकारले विशेष प्राथमिकता दिनु, विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण हुनु, बुटवलको मोतिपुरमा नयाँ औद्योगिक क्षेत्रको घोषणा हुनु यो क्षेत्र लगानीकर्ताको […]

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन अजरबैजान जाँदै

काठमाडौं,कार्तीक,७- प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन आज अजरबैजान जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन ओली मध्यान्न पौने १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ। प्रधानमन्त्री राष्ट्रहरुका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको शिखर सम्मेलनमा […]