काठमाडौं,कार्तिक,२१- यही मंसिर १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।तयारी पूरा भएसँगै आयोग आजदेखि निर्वाचन कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यसूची छ ।कास्की निर्वाचन क्षेत्र नम्बर २ मा […]
ब्यानर न्यूज
चौंथो ओहासी कपको टाईसिट सार्वजनीक : बिहानी एफसी “डी” ग्रुपमा
फुकुओका,जापान,कार्तीक,२०- चौंथो ओहासी फुटसल कपको आज टाईसिट सार्वजनीक गरिएको छ।ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा हुन लागेको चौथो ओहासी फुटसल कप प्रतीयोगिताको टाईसिट नान हाउसमा एक कार्यक्रम गर्दै सार्वजनीक गरिएको हो । प्रतीयोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । सहभागी टिमलाई ४ वटा ग्रुपमा विभाजन गरिएको छ । उक्त प्रतीयोगीताको विजेता टिमले ३ लाख जापानीज येन सहित […]
१३ औं दक्षिण एसियाली खेलकुदको तालिका सार्वजनिक, नेपाल सबै खेलमा सहभागी हुने
काठमाडौं,कार्तीक,२०- यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ ।पछिल्लो तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ ।बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउँदा भारतले यसपटक १७ वटा खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ । नेपालले पदकको आशा गरेको कराँते, तेक्वान्दो […]
नेकपाले लगायो ७ प्रदेश प्रमुखहरुको नाम टुंगो
काठमाडौं,कात्तिक,१८- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ।सोमबार बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नाम टुंगो लगाएसँगै अब मन्त्रिपरिषद बैठक बसेर उनीहरुको नाम अनुमोदन गरिने छ । मन्त्रिपरिषदले निर्णय गरी नाम राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखलाई नियुक्त गर्ने संवैधानिक […]
चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल द्वारा भेटघाट तथा पिकनिक कार्यक्रम सम्पन्न
चितवन,कार्तीक,१६- नेपालबाट बाहिर बिभिन्न देशहरुमा छरिएर रहेका चितवनेहरुको साझा संस्था चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल द्वारा आयोजित भेटघाट तथा पिकनिक कार्यक्रम शनीवारका दिन रत्ननगर नगरपालिका ७ मा रहेको रमाइलो डाडामा भव्यताका साथ सम्पन्न गरेको छ। भर्खर मात्र सम्पन्न छैंठो साधारण सभा तथा तेस्रो विश्व सम्मेलनबाट नवनिर्बाचित कार्यसमिति तथा चाडपर्ब मनाउन आफ्नो जन्मथलो आएका बिभिन्न ९ वटा देशमा क्रियाशील चितवन बासीहरुको […]
सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना : १७ जनाको मृत्यु, ५४ घाइते (नामावलीसहित)
सिन्धुपाल्चोक,कात्तिक,१७- सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको एक यात्रीवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको शैलुङेश्वरी यातायातको बस दुर्घटना भएको आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो। डीएसपी माधवप्रसाद काफ्लेले दिएको जानकारी अनुसार मृतकमध्ये ९ महिला, पाँच बालक, दुई बालिका र एक पुरुष […]
डा.भगवान कोइराला मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त
काठमाडौं,कात्तिक,१७- सरकारले डा. भगवान कोइरालालाई मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुटु रोग विशेषज्ञ डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । डा. कोइरालाले यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका थिए । यसअघि शिक्षा मन्त्री गिरिराजमणि […]
उदाउँदो सूर्यको पूजा आराधना गर्दै छठ पर्वको समापन
काठमाडौं,कार्तीक,१७- आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिएको छ । उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन गरिएको हो ।छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको तेस्रो तथा मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा […]
महराको मुद्दामाथि आजदेखि थुनछेक बहस सुरु
काठमाडौं,कार्तीक,१७- जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि आजदेखि थुनछेक बहस सुरु हुँदैछ ।गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिएपछि आज उक्त मुद्धामाथि बहस हुन लागेको हो । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले करीब ७ घण्टा बयान लिएपछि आजका लागि बहस तय गरिएको हो ।प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार महरामाथि जबर्जस्ती […]
नेकपा सचिवालय बैठक बस्दै, आज उम्मेदवारको टुंगो लगाउने
काठमाडौं, कार्तिक,१६- नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दैछ।आज (शनिबार) बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार कुन्दर अर्यालले जानकारी दिनुभयो । आजको बैठकका एजेण्डाका विषयमा प्रधामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसँग शुक्रबार छलफल गर्नु भएको […]


