काठमाडौं,कार्तीक,५- नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भुटानले राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ । सागका लागि भुटानले १५ सदस्सीय क्रिकेट टिमको घोषणा गरेको हो । भुटान क्रिकेटले सोमबार सागका लागि टोलीको घोषणा गरेको हो । सागका लागि नेपालले भने टिमको घोषणा गरेको छैन ।नेपालमा हुने १३ औं साग […]
ब्यानर न्यूज
जापानका सम्राट नारुहितोले सम्हाले राजगद्दी : सम्राट चिरायु रहुन् भन्दै कामना
काठमाडौं,कार्तीक,५- जापानका सम्राट नारुहितोले भव्य समारोहका बीच मंगलबार राजगद्दी आरोहण गरेका छन् । गत मे मा तत्कालीन सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो मे महिनामा जापानको सम्राट बन्नु भएको थियो । टोकियोमा परम्परागत विभिन्न विधि सम्पन्न भएपछि ५९ वर्षिय नारुहिताले औपचारिक रूपमा राजगद्दी आरोहण गर्नु भएको हो । परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो […]
राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति कोविन्दबिच भेटवार्ता
काठमाडौं,कात्तिक,५- जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा जापान भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो दुबैको पहिलो भेटघाट हो । सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकोमा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको […]
गायक दुर्गेश थापा पक्राउ
काठमाण्डौ,कार्तीक,५- तिहार गीतका कारण विवादमा आएका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताएको छ । सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन […]
राष्ट्रपति विद्यादेवी भण्डारी जापानमा : उत्पादन मुलक, रोजगारी क्षेत्रमा लगानी गर्न आग्रह
जापान,कार्तीक,४- राष्ट्रपति विद्यादेवी भण्डारी जापानको तीन दिने औपचारिक भ्रमणमा आज “सोमबार” जापान आईपुग्नु भएको छ ।जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान आउनु भएको हो । राष्ट्रपति भण्डारीले एक कार्यक्रममा बोल्दै जापानले विभिन्न समयमा नेपालको सामाजीक,आर्थीक विकाशमा पुर्याउदै आएको सहयोग प्रती प्रशंसा गर्नुभयो । “उहाँले” दुई देशको सम्बन्ध बलियो भएकोले जापान, […]
राष्ट्रपति विद्यादेवी भण्डारी जापान भ्रमणमा आउँदै
जापान,कार्तीक,३- राष्ट्रपति विद्यादेवी भण्डारी जापानको तीन दिने औपचारिक भ्रमणमा आउन लाग्नु भएको छ ।हाल म्यानमारमा रहनु भएका राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान आउन लाग्नु भएको हो । जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानमा कात्तिक ५ गते नयाँ राजाको राज्याभिषेक समारोह आयोजना गरिएको छ […]
महरालाई आज पुन अदालत उपस्थित गराइँदै, सरकारी वकिलले बयान लिने
काठमाडौं,कार्तिक,३- बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज फेरि अदालतमा उपस्थित गराइँदैछ ।उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालदमा उपचार गराइरहनुभएका महरालाई प्रह्रीले आज फेरि अदालत लैजान लागेको हो । यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियो ।तर स्वास्थ्यमा समस्या देखिएको भन्दै महराले प्रहरीसमक्ष […]
महरालाई मुटुमा गम्भीर समस्या : नर्भिकमा उपचार गरिंदै
काठमाडौं,कार्तीक,२- बलात्कार प्रयासको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ । १० दिनअघि उच्च रक्तचापका कारण नर्भिक अस्पताल भर्ना गरिएका महराको स्वास्थ्यमा समस्या भएपछि थप उपचार थालिएको हो । उनलाई जनरल वार्डवाट सीसीयू कक्षमा भर्ना गरेर एन्जिओग्राम गरिएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ । महराको मुटुको देब्रेपट्टि केही समस्य […]
एनआरएनको नवौं सम्मेलनमार्फत १२ बुँदे घोषणापत्र जारी
काठमाडौं,कार्तीक,२- काठमाडौंमा सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमार्फत १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमार्फत सामूहिक तथा व्यक्तिगत लगानी गर्नका लागि उपयुक्त वातावरण सिर्जना भएको अवस्थामा नेपालको जलविद्युत, पर्यटन, बैंकिङ्ख, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधि लगायतका क्षेत्रहरूमा लगानी गर्न सबै गैरआवासीय नेपालीहरूमा आव्हान पनि गरिएको छ […]
एनआरएनए को नयाँ कार्यसमीतीमा अध्यक्ष कुमार पन्तको प्यानल विजयी
काठमाडौं,कार्तिक,१- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनु भएको छ । महासचिबमा डा. हेमराज शर्मा विजयी हुनु भएको हो ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा भएको निर्वाचनमा १२ सय १७ मत ल्याएर पन्त अध्यक्षमा निर्वाचित भएको हो ।पन्तका प्रतिस्पर्धी कुल […]


