‘प्रचण्डलाई १५ हजारभन्दा बढी मतले जित्छु : विक्रम पाण्डे

चितवन,कीर्त्तीक,१७- कांग्रेसको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डेले चितवन-३ मा आफूले जित्ने दावी गर्नु भएको छ । कांग्रेसका नेताको दलबलसहित उम्मेदवारी दर्ता गर्न पुगेका पाण्डेले चितवन ३ का जनताको माया र साथले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्ने दावी गर्नुभयो । ‘म यहाँको रैथाने उम्मेदवार हो, मैले […]

देशैभर उल्लासपूर्ण उम्मेदवारी दर्ता, कुल १४०५ जनाको उम्मेदवारी पर्‍यो

काठमाण्डौ,कार्त्तीक,१६- आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकेको थियो । आयोगले प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाले उम्मेदवारी दर्ता गराएको जनाएको […]

प्रतिनिधिसभा निर्वाचनमा शीर्ष नेता को कहाँबाट उम्मेदवार ?

काठमाडौ,कार्त्तीक,१६- दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमको डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रिँदा एमाले अध्यक्ष केपी ओली सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा होमिएका छन् । २०४८ सालदेखि गृहजिल्ला डडेल्धुराबाट चुनाव जित्दै आएका देउवा ‘लोकतान्त्रिक गठबन्धन’ बाट र ओली वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् । मुलुकको भावी नेतृत्व ‘झापा कि डडेल्धुरा’ भन्ने […]

प्रधानमन्त्री देउवाको निर्देशनमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता

काठमाडौं, कात्तिक १६- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले बुधबार राती बाट बढाएको मूल्यवृद्धि फिर्ता लिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखमा इन्धनको मूल्यवृद्धि गर्दा मतदातामा नकारात्मक असर पर्ने भन्दै तत्काल फिर्ता लिन निर्देशन दिएपछि निगमको आज बिहान बसेको सञ्चालक समितिको आकस्मिक बैठकले मूल्यवृद्धि फिर्ता लिएको हो । निगमका […]

वाम गठवन्धनले आफूलाई प्रधानमन्त्री बनाउने सहमति नगरेको अध्यक्ष ओलीको भनाई

विराटनगर, कात्तिक,१६- नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले र माओवादीबीच कुनै राजनीतिक दललाई समाप्त पर्ने उद्देश्यका साथ गठबन्धन निर्माण नभएको प्रष्ट्याउनु भएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठवन्धनकै कारण अधिनायकवादी शासन आउन सक्ने भनि गरेको अनुमानमा सत्यता नरहेको उहाँको भनाइ छ । नेपाली कांग्रेसमा मुलुकको प्रगति र विकास विरोधी […]

७ नम्वर प्रदेशमा छ महिला उम्मेद्वार

इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१६-  अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश नम्वर् ७ मा प्रमुख दलहरुले छ जना महिलाहरुलाई उम्मेद्वार बनाएका छन् । ७ नम्वर प्रदेशमा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ सिट गरी ४८ सिट रहेकोमा दलहरुले छ जना महिला उम्मेद्वार को नाम टुंगो […]

आजबाट बर्दगोरीयामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिता शुरु

पवन मुडभरी/ कैलाली,कार्तिक,१५- कैलालीको बर्दगोरीया गाउपालिकामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिता शुरु भएको छ । मंसीर ०२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको आज बर्दगोरीया गाउपालिका उपप्रमुख भगवति डगौरा थारुले एक कार्यकक्रमका विच उद्घाटन गर्नु भएको हो । जगततारा ईङलीस बोर्डीङ स्कूल सडकपुर बौनियाको आयोजनामा मुडा खेलमैदानमा आज शुरु भएको प्रतियोगिताको पहिलो खेल आयोजक जेटी र […]

१० करोड बुझाएपछि मोतीलाल दुगड एमालेबाट सांसद बन्ने पक्का

काठमाडौं,कार्तिक,१५- चर्चित उद्योगपति मोतिलाल दुगडले एमालेलाई ठूलै रकम बुझाएपछि समानुपातिक तर्फ सांसद बन्ने पक्का भएको छ । उनको नाम नेकपा एमालेले सिफारिस गरेको छ।दुगड एमालेको समानुपातिक सूचीको एक नम्बरमा परेका छन्। उनलाई ठूलै रकम लिएर एमालेले सांसदमा बनाउन सिफारिश गरेको स्रोतको दाबी छ । दुगडको सेन्चुरी मसला लगायतका मसला उद्योग तथा पोलिमर उद्योग र होटल क्षेत्रमा […]

फोरम नेपाल र राजपाबीच प्रदेश–२ मा सिट बाँडफाँट

काठमाडौं, कात्तिक १४- तराईलाई आधार बनाएर राजनीति गरिरहेका दुई दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मंगलबार प्रदेश नम्बर–२ को प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश नम्बर–२ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरम नेपालले लिएको छ भने १५ सिट राजपालाई दिइएको छ । यसैगरी, प्रदेशसभातर्फ ६४ मध्ये ३३ […]

सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का

काठमाडौँ,कार्त्तीक,१४- मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ ।निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ का १४, प्रदेश […]