विराटनगर, कात्तिक,१६- नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले र माओवादीबीच कुनै राजनीतिक दललाई समाप्त पर्ने उद्देश्यका साथ गठबन्धन निर्माण नभएको प्रष्ट्याउनु भएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठवन्धनकै कारण अधिनायकवादी शासन आउन सक्ने भनि गरेको अनुमानमा सत्यता नरहेको उहाँको भनाइ छ । नेपाली कांग्रेसमा मुलुकको प्रगति र विकास विरोधी […]
ब्यानर न्यूज
७ नम्वर प्रदेशमा छ महिला उम्मेद्वार
इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१६- अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश नम्वर् ७ मा प्रमुख दलहरुले छ जना महिलाहरुलाई उम्मेद्वार बनाएका छन् । ७ नम्वर प्रदेशमा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ सिट गरी ४८ सिट रहेकोमा दलहरुले छ जना महिला उम्मेद्वार को नाम टुंगो […]
आजबाट बर्दगोरीयामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिता शुरु
पवन मुडभरी/ कैलाली,कार्तिक,१५- कैलालीको बर्दगोरीया गाउपालिकामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिता शुरु भएको छ । मंसीर ०२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको आज बर्दगोरीया गाउपालिका उपप्रमुख भगवति डगौरा थारुले एक कार्यकक्रमका विच उद्घाटन गर्नु भएको हो । जगततारा ईङलीस बोर्डीङ स्कूल सडकपुर बौनियाको आयोजनामा मुडा खेलमैदानमा आज शुरु भएको प्रतियोगिताको पहिलो खेल आयोजक जेटी र […]
१० करोड बुझाएपछि मोतीलाल दुगड एमालेबाट सांसद बन्ने पक्का
काठमाडौं,कार्तिक,१५- चर्चित उद्योगपति मोतिलाल दुगडले एमालेलाई ठूलै रकम बुझाएपछि समानुपातिक तर्फ सांसद बन्ने पक्का भएको छ । उनको नाम नेकपा एमालेले सिफारिस गरेको छ।दुगड एमालेको समानुपातिक सूचीको एक नम्बरमा परेका छन्। उनलाई ठूलै रकम लिएर एमालेले सांसदमा बनाउन सिफारिश गरेको स्रोतको दाबी छ । दुगडको सेन्चुरी मसला लगायतका मसला उद्योग तथा पोलिमर उद्योग र होटल क्षेत्रमा […]
फोरम नेपाल र राजपाबीच प्रदेश–२ मा सिट बाँडफाँट
काठमाडौं, कात्तिक १४- तराईलाई आधार बनाएर राजनीति गरिरहेका दुई दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मंगलबार प्रदेश नम्बर–२ को प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश नम्बर–२ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरम नेपालले लिएको छ भने १५ सिट राजपालाई दिइएको छ । यसैगरी, प्रदेशसभातर्फ ६४ मध्ये ३३ […]
सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का
काठमाडौँ,कार्त्तीक,१४- मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ ।निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ का १४, प्रदेश […]
म्यादी प्रहरीको तालिम शुरु
इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१४- प्रतिनिधि र प्रदेश सभाका लागि आगामी मंसिर २१ गते हुने निर्वाचनमा थप सुरक्षाका लागि कञ्चनपुरमा भर्ना गरिएका म्यादी प्रहरीको तालिम शुरु भएको छ । तालिम सोमवार देखि शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगर, बेलौरी र कृष्णपुरमा गरी तीन ठाउँमा तालिम सञ्चालन गरिएको छ । […]
नेकपा एमालेद्धारा कञ्चनपुरमा उम्मेद्वारको टुंगो
इन्द्र कार्की / महेन्द्रनगर,१४ कार्तिक आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुरबाट प्रतिस्पर्धा गर्ने उम्मेद्वारको टुंगो लगाएको छ । नेकपा एमाले स्थायी समितिको सोमवार वसेको वैठकले कञ्चनपुरमा एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वारहरुको टुंगो लगाएको हो । बाम गठबन्धन बीचको तालमेल अन्र्तगत एमालेले कञ्चनपुरमा २ जना प्रतिनिधि […]
कांग्रेसले अघि सारेको घोषणा पत्रको २० वटा बुँदाको लक्ष्य
काठमाण्डौ,कार्त्तीक,१४- नेपाली कांग्रेसको घोषणा पत्रमा समावेश गरिएका २० वटा बुँदा यहाँ प्रस्तुत गरिएको छ । अबको १० वर्षमा नेपाललाई कस्तो बनाउने ? नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा ‘कांग्रेसको विकास दृष्टि र लक्ष्यः अबको १० वर्षमा नेपाल’ शीर्षकमा २० वटा बुँदाहरु प्रस्तुत गरेको छ । काठमाडौं–मधेस एक्सप्रेस वे चलाउनेदेखि भोकमरी र भ्रष्टाचार निर्मूल पार्नेसम्मका योजना कांग्रेसले अघि सारेको […]
उम्मेदवार टुंगो लगाउन एमाले स्थायी कमिटिको बैठक बस्दै
काठमाडौं,कार्तिक,१४- नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पनि बस्ने भएको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवार टुंगो लगाउने भएको हो । यसअघि हिजो प्रदेश नं ७ को उम्मेदवारी छनोट प्रक्रिया सकिएको र आज प्रदेश नं ६ बाट उम्मेदवार चयन प्रक्रिया अगाडि बढ्ने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो […]










