माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसियो

काठमाडौं, असोज ३१- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोस्दै राप्रपाका मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छ । उहाँले आज साँझ सत्तासाझेदार माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरुलाई ‘बिनाविभागीय’ बनाउनु भएको हो । माओवादी केन्द्रबाट सरकारमा सामेल सबै मन्त्री र राज्यमन्त्रीहरुको जिम्मेवारी खोसिएको छ । प्रधानमन्त्री देउवाले हालै सरकारमा सहभागी भएका राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानसहित ऊर्जा […]

गृहमन्त्रीको वक्तव्य केटाकेटी पाराको : कांग्रेस नेता महत

काठमाडौं,असोज,३१- नेपाली कांग्रेसले सरकारले निर्वाचन सार्न लागेको आरोपको खण्डन गरेको छ। गृहमन्त्री जनार्दन शर्माको आरोपबारे संसदीय समितिको बैठकबाटै प्रतिक्रिया दिँदै कांग्रेस नेता डाक्टर प्रकाशशरण महतले टिकट बाँडफाँटमा रहेको दलको नेतृत्वमा रहेको सरकारले चुनाव सार्न लागेको आरोप लगाएर गृहमन्त्रीले आफ्नो भित्री चाहनामात्र प्रकट गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो हामी निर्वाचनका लागि उम्मेदवार छान्न र […]

सरकारबाट नहट्ने माओवादीको निर्णय

काठमाडौं, असोज,३१- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले निर्वाचन सार्न षड्यन्त्र गरेको आरोप लगाउँदै सरकारबाट नहट्ने निर्णय गरेको छ । सरकारबाट हट्दा निर्वाचन नहुने जिकिर गर्दै माओवादी केन्द्रले सरकार नछाड्ने प्रस्ट गरेको हो । मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री जनार्दन शर्माले आफूहरुलाई सरकारबाट हटाएर चुनाव नगर्ने षड्यन्त्र भएकाले सरकारबाट नहट्ने निर्णय लिइएको बताउनुभयो । निर्वाचन […]

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

काठमाडौं, असोज ३१- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ ।काठमाडौंमा भएको आठौं महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी हुनुभएको हो । उहाँले ११ सय ९७ मत प्राप्त गर्नुभयो । गुरुङले भने ५ सय ८४ मत प्राप्त गर्नुभयो । निर्वाचनमा कूल १७८८ […]

कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता

काठमाडौं, असोज ३०- नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता घोषणा गरिएको छ ।दुई दलबीच हिजै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आज गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको एकता घोषणामा नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ । पार्टी एकतापछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल […]

संस्थागत निर्णयविनै आयोगमा एमालेको बन्दसूची

 काठमाडौं,असोज,३०- एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसद्का उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो । नेता माधवकुमार नेपाल निकट नेताहरुले बैठक छलेर हतारमा सूची तयार पार्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । शीर्ष नेताहरुको […]

यस वर्ष भाइटीकाको साइत ११:५१ मा उत्तम

काठमाडौं,असोज,२९- हिन्दुहरुको दोस्रो ठुलो पर्व भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिनुभयो । उहाका  अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । […]

समानुपातिक उम्मेदवारको बन्दसूची आज आयोगमा बुझाईंदै

काठमाडौं, असोज २९- आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदैछन् । आयोगले बन्दसूची बुझाउन बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय तोकेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र ७ वटा प्रदेशका लागि २ सय २० जना सदस्य चुनिने छन् । समानुपातिक […]

हाम्रो आगमनले ल्यायो ‘आगमन’

दाङ,असोज,२८- हाम्रो आगमन संस्थामा आबद्ध युवाहरुले प्रकाशन गरेको आगमन म्यागेजिन पत्रिकाको शनिवार घोराहीमा बिमोचन गरिएको छ । गोरेटो नेपाल र हाम्रो आगमन संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बरिष्ठ साहित्यकार गिरिराज शर्मा र राप्ती साहित्य परिषद्का अध्यष पुरुषोत्तम खनालले पत्रिका विमोचन गर्नुभएको थियो । पत्रिकाको समीक्षा नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसीले गर्नुभएको थियो । प्रमुख […]

नेपालको खल्तीले जित्यो गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट

दाङ,असोज,२८- गुगलले यस वर्षको ग्लोबल गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट विजेताको रुपमा नेपालको डिजिटल वालेट खल्तीलाई छनोट गरेको छ । गुगल प्रयोग गरी आफ्नो व्यवसाय वा केही उदाहरणीय काम गर्ने व्यक्ति र कम्पनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले हरेक वर्ष गुगलले यो प्रतिष्पर्धा गर्दै आएको छ । ‘गुगल बिजनेश ग्रुप स्टोरी सर्च २०१७’ को नाममा सञ्चालित यो […]