काठमाडौं,मंसिर,२९-निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणाम बिहीबार राष्ट्रपति भण्डारीलाई बुझाउने जानकारी दिनुभएको थियो।यस्तै, प्रदेश सभा निर्वाचनको प्रतिवेदन भने पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने छ । पत्रकार सम्मेलनमा प्रमुख […]
ब्यानर न्यूज
विश्वकप फुटबल : अर्जेन्टिना र साविक विजेता फ्रान्स फाईनलमा भिड्ने
दोहा,कतार,मंसिर,२९-कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्ने भएको छ । बुधबार राती कतारको अल बेयत रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता फ्रान्सले मोरक्कोलाई हराउदै लगातार दोस्रो पटक विश्वकपमा पुगे संगै यी दुई टोलीको भेट भएको हो । मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स फाईनलमा प्रवेस गरेको हो।फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल […]
विश्वकप फुटबल : आज साविक विजेता फ्रान्स र मोरक्को भिड्ने
काठमाडौं,मंसिर,२८-कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को दोस्रो सेमिफाइनलमा आज विश्व विजेता फ्रान्स मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल बुधवार (आज) राति नेपाली समय अनुसार १२ः४५ बजे शुरु हुनेछ । फ्रान्स पछिल्लो संस्करणको फिफा विश्वकप विजेता टोली हो । अफ्रिकी महादेशको राष्ट्र मोरक्को भने पहिलो पटक सेमिफाइनल खेल्दैछ। उक्त खेलको विजेताले पहिलो सेमिफाइनल खेलको विजेता टोली […]
विश्वकप फुटबल: क्रोएसियालाई हराउदै अर्जेन्टिना फाईनल प्रवेश
दोहा,कतार,मंसिर,२८-क्रोएसियालाई हराउदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना फाईनल पुगेको हो । अर्जेन्टिनाका लागि पहिलो हाफको ३४ औं मिनेटमा पेनाल्टी मार्फत मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए ।क्रोएसियाका गोलकिपर डोमिनिक अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले […]
पहिलो हापमा क्रोएसियाविरुद्ध अर्जेन्टिनालाई २-० को अग्रता
दोहा,कतार,मंसिर,२८-कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा अहिले अर्जेन्टिना र क्रोएसिया बिच खेल भैईरहेको छ । दोहाको लुसेल रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको छ। खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको […]
विश्वकप फुटबल:आज सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने
दोहा,कतार,मंसिर,२७-कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा आज मंगलवार अर्जेन्टिना र क्रोएसिया बिच खेल हुनेछ । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया बीचको खेल नेपाली समय अनुसार मंगलवार राति पौने १ बजे हुनेछ । यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति पौने १ बजे खेल हुनेछ। यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै […]
अध्यादेशमा मानव अधिकार आयोगको चासो, अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो
काठमाडौं,मंसिर,२७-राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी मुद्दा फिर्ता लिन सहज हुने गरी ल्याएको अध्यादेशका विषयमा सरकारसँग जानकारी माग गरेको छ । सरकारको निर्णयबारे सञ्चार माध्यमबाट थाहा पाएको भन्दै आयोगले यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग यथार्थ विवरण माग गरेको जनाएको छ।‘आयोगले यस सम्बन्धमा यथार्थ विवरण माग गर्दै आज नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको […]
काम चलाउ सरकारले यस्ता अध्यादेश ल्याउनु हुँदैन : अर्जुननरसिंह केसी
काठमाडौं,मंसिर,२७-नेपाली कांग्रेसका नेता एवं नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अर्जुन नरसिंह केसीले काम चलाउन सरकारले आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याउन नहुने बताउनुभएको छ । सोमबार उहाँले जनताको जनादेश लिएर नयाँ संसद निर्वाचित हुन नपाउँदै सरकारले ल्याएको अध्यादेशबारे आफूले बुझ्न नसकेको बताउनुभएको हो।उहाँले अध्यादेसले किन र कति […]
विश्वकप फुटबल:आज क्वाटरफाइनलका दुई रोमाञ्चक खेलहरु हुने
दोहा कतार,मंसिर,२४-कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका दुई रोमाञ्चक खेलहरु हुँदैछन् । आज शनिवार हुने पहिलो खेलमा मोरोक्को र पोर्चुगल बिच कडा प्रतिस्पर्धा हुनेछ।यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यसैगरी क्वाटरफाइनलको अर्को रोमाञ्चक खेलमा इंल्याण्ड र साविक विजेता फ्रान्स बिच प्रतिस्पर्धा हुनेछ ।यी दुई टिमको खेल भने […]
विश्वकप फुटबल:नेदरल्यान्ड्सलाई हराउदै अर्जेन्टिना सेमिफाईनलमा
काठमाडौं,मंसिर,२४-कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।पेनाल्टीमा अर्जेन्टिनाले बाजी मार्यो । अर्जेन्टिनाका लियोनल मेस्सी, […]