आयुष सिहं ठकुरीको “सात समुन्द्र”बोलको गित विश्व बजारमा चर्चा

टोकियो,जापान,असार,२२-नेपाली गित संगितको बजारमा एउटा नयाँ गित अहिले निकै मन पराईएको छ।त्यो गित हो “सात समुन्द्र”यो गितको शब्द रचनाकार तथा गायक हुन् आयुष सिंह ठकुरी!! मुलत: नेपाली गित संगितको बजारमा आयुष सिंह ठकुरी विल्कुलै नयाँ नाम रहेको छ। तर अहिले उनको यो गित नेपालमा मात्र नभएर विश्व बजारमा नै चर्चा बटुली रहेको छ,भन्दा तपाईलाई पत्यार लाग्दैन […]

मिटरब्याजीकाविरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्षले संसद अवरोध गरे : प्रधानमन्त्री दाहाल

काठमाडौं,असार,२०-प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद अवरोध गरेको आरोप लगाउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले बुधबार संसदमा मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्ने कार्यसूचि रहेको तर प्रतिपक्ष दलले विधेयक पास हुन […]

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघात गर्नुभएको छैन : सांसद दाहाल

काठमाडौं,असार,२०-नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्नेगरी कुनै राष्ट्रघाती काम नगरेको बताउनुभएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद अवरोध गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले एमालेले सरकार बाहिर बसेको पीडा अभिव्यक्त गरेको बताउनुभएको हो। सांसद दाहालले सरकार अंक गणितले बन्ने र बहुमत गुमाएको दिन स्वतः […]

रास्वपाले प्रधानमन्त्रीको राजीनामा मागेको छैन : सांसद झा

काठमाडौं,असार,२१-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताउनुभयो। उहाँले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र सोही प्रश्नका […]

प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित : मन्त्री बस्नेत

काठमाडौं,असार,२०-ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तीको आशय नसोधि राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित भएको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसदलाई हुने बताउनुभएको हो। उहाँले प्रधामन्त्रीको बोलिको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु संसदीय प्रक्रिया विपरित भएको बताउनुभयो।उहाँले […]

हामीलाई प्रधानमन्त्रीको राजीनामा चाहिएको छ : अध्यक्ष ओली

काठमाडौं,असार,२०-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताउनुभएको छ। राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टिकरण थियो। प्रधानमन्त्री दाहालले केही दिन अघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति […]

एसईईको परीक्षाफल भोलि शुक्रबार सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं,असार,२१-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल भोली शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ।नतिजा प्रकाशनका लागि नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्। बोर्डले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्न लागेको हो।एसईईको नतिजा वेबसाइट,एसएमएस र आईभीआरबाट हेर्न […]

नेपालमा बनेको फोहोर व्यवस्थापन गर्ने मेसिन जापान निर्यात

हेटौँडा,असार,१७-नेपालमा बनेको फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने मेसिन जापान निर्यात भएको छ।आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त मेसिन जापान निर्यातको सुभारम्भ गर्नु भएको हो। जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको हो। कानुनी जटिलताका कारण नेपालमा भने मेसिन […]

पत्रकारले तोके अनुसारको पारिश्रमिक पाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं,असार,१६-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोके अनुसारको पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताउनुभएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आइतबार आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रियामा उहाँले जोसुकै श्रमजीवीले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने सम्बन्धित व्यक्तिको हक भएको स्पष्ट पार्नुभयो। मन्त्री शर्माले समितिले समायानुकूल बनाएर सिफारिस गरेको पारिश्रमिकसम्बन्धी प्रतिवेदन […]

नेपालले यूएईलाई ३ विकेटले हरायो

काठमाडौं,असार,१६-आइसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको छ । जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा यूएईले जितका लागि दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो।यो जितसँगै नेपालले सातौँ स्थानका लागि आययरल्यान्डसँगको भेट पक्का गरेको छ । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ७९ […]