भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा,लाओससँग फाईनल खेल्ने

काठमाडौं,चैत्र,१४-नेपाल र भुटान बिचको खेल बराबरीमा सकिएको छ।प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको हो।नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो।यसअघि खेलेका सबै १२ खेल नेपालले जितेको थियो । नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम ८९ औं मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको […]

प्रधानमन्त्री थ्री नेसन्स कप: आज नेपाल र भुटान भिड्ने

काठमाडौं,चैत्र,१४-नेपाल र भुटान आज भिड्ने भएको छ।प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले आज मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानको सामना गर्नेछ।नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। भुटान नेपालको नौलो प्रतिद्वन्दी हैन।नेपालले चिरपरिचित प्रतिद्वन्दी भुटानविरुद्ध १२ पटक खेलिसकेको छ।नेपालले हालसम्म हार व्यहोर्नु नपरेको प्रतिद्वन्दी हो भुटान।नेपालले भुटानविरुद्ध १२ खेलमा १२ […]

विद्यार्थीले सर्टमा लेखेको ‘खाडीमा भेटौंला सन्देश’ संसदमा पनि उठ्यौ

काठमाडौं,चैत्र,१३-भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला सन्देश’ को आवाज आइतबार संघीय संसदमा समेत उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आइतबारको संसद्मा कसरी नेपाली युवा विदेश पलायन हुँदैछन् भन्ने उदाहरणमा बागेश्वरीका विद्यार्थीले लेखेको उक्त सन्देश उल्लेख गरेका हुन्। ‘भक्तपुरको बागेश्वरीमा पढ्दै गरेका १२ कक्षाका […]

कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड विनियोजन

काठमाडौं,चैत्र,१३-कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले लागत मूल्यांकन सुरु गरेको छ । सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमा कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेतले फ्लडलाइट जडानका लागि यही आर्थिक वर्षभित्र टेण्डर आह्वान […]

रक्सी पिउने मानिस एमालेको कार्यकर्ता होईन : केपी ओली

काठमाडौ,चैत्र,१३-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने (रक्सी पिउने) मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता […]

विश्वासको मत दिने दललाई समेट्दा सरकार विस्तारमा जटिलता

काठमाडौं,चैत्र,१३-प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउन धेरै दल बटुल्दाको असर सरकार विस्तारमा परेको छ। विश्वासको मत दिने दललाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउने उदारता उहाँकै लागि घाँडो हुन पुगेको छ।भागबण्डाको सकस, प्रभावशाली मन्त्रालयको स्वार्थ, धेरै दल र प्रदेश सरकार फेरबदलको विषयले सरकार विस्तारमा जटिलता देखिएको हो । १५ फागुनमा एमालेले सरकार छाडेयता प्रधानमन्त्री दाहालसँग १६ मन्त्रालयको […]

आजको राशिफल ।। चैत्र १३ गते सोमवार

काठमाण्डौ,चैत्र,१३-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको १३ गते सोमवार, (मार्च २७ तारिख ) चैत्र कृष्णा षष्ठी तिथि।आज विश्व रंगमञ्च दिवस पनि रहेको छ। आज चैत्र १३ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल […]

मिथिलामा चैती छठ पर्व आजबाट सुरू

काठमाडौं,चैत्र,११-मिथिलाञ्चलबासीको महान् पर्व वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि शनिबारबाट सुरू भएको छ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत पहिलो दिन शनिबार बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व सुरू गर्दैछन् । यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने दोस्रो दिन अर्थात पञ्चमीका दिन ‘खरना […]

एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक

  काठमाडौं,चैत्र,९-नेपालमा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिल(एसिसी)ले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले मलेसियाको सामना गर्नेछ । आगामी बैशाख ५ देखि १८ सम्म संञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । कुल २४ खेल हुने […]

नेपाल संग लाओस २-० गोलले पराजीत

काठमाडौं,चैत्र,८-आज बुधबार देखी सुरु भएको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले पहिलो खेलमै विजयी सुरुवात गरेको छ।नेपालले प्रतियोगितको उद्घाटन खेलमा लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो । नेपाललाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे।३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले हेडरमार्फत सानदार गोल गर्दै नेपाललाई एक शुन्य गोलको […]