अनन्तको गोलमा लाओसविरुद्ध नेपाललाई १-० गोलको अग्रता

काठमाडौं,चैत्र,८-प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अन्तर्गत दशरथ रंगशालामा अहिले भैईरहेको लाओससँगको खेलमा नेपालले १-० गोलले अग्रता लिएको छ । ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अन्तत तामाङले शानदार हेडरमार्फत गोल गरेका हुन् ।नेपाली राष्ट्रिय टिमबाट सनिस श्रेष्ठले डेब्यु गरेका छन् । सशस्त्र प्रहरीको एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सनिसले राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमै […]

प्रधानमन्त्री कप थ्री नेसन्स कपमा आज नेपाल र लाओस भिड्ने

काठमाडौं,चैत्र,८-प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल बुधबारदेखि काठमाडौंमा सुरू हुँदैछ।चैत १८ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, लाओस र भुटान सहभागि छन्।प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपाल र लाओस भिड्नेछन्।यो खेल साँझ ६ बजे हुनेछ । घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ।लाओस पनि जित निकाल्ने योजनासहित मैदान उत्रनेछ। नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको […]

राष्ट्रपति पौडल र पुर्वगृहमन्त्री रविको क्षेत्रमा वैशाख १० मै उपनिर्वाचन हुने

काठमाडौं,चैत्र,६-तनहुँ–१ र बारा–२ मा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।निर्वाचन आयोगको सोमवारको बैठकले रिक्त रहेका यी दुवै क्षेत्रमा पनि वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।  तनहुँ–१ बाट सांसदमा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो।पौडेल गत फागुन २५ गते […]

प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत

काठमाडौं,चैत्र,६-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। दाहालले सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत लिनुभएको हो।प्रतिनिधि सभा बैठकमा भएको मतदानामा दाहालको पक्षमा १७२ मत परेको थियो भने विपक्षमा ८९ मत मत परेको थियो।संसदमा सांसदहरुको मत विभाजनको आधारमा मतदान हुँदा दाहाललाई बहुमत प्राप्त भएको सभामुख देवराज घिमिरेले […]

आजको राशिफल ।। चैत्र ४ गते शनिवार

काठमाण्डौ,चैत्र,४-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको ४ गते शनिवार, (मार्च १८ तारिख ) चैत्र कृष्णा एकादशी तिथि।आज पापमोचनी एकादशी व्रत पनि रहेको छ। आज चैत्र ४ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा […]

आजको राशिफल ।। चैत्र ३ गते शुक्रवार

काठमाण्डौ,चैत्र,३-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको ३ गते शुक्रवार, (मार्च १७ तारिख ) चैत्र कृष्णा दशमी तिथि। आज चैत्र ३ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]

नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त

काठमाडौं,चैत्र,२-प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गर्नुभएको छ । बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो। खेल सकिएको केहीबेरपछि ट्विटरमार्फत प्रचण्डले खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिनुभएको हो। ‘लिगका खेलहरुमा उच्च कौशलता […]

यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोट

काठमाडौं,चैत्र,२-नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा पुगेको छ।विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार सम्पन्न खेलमा यूएईलाई डकवर्थ लुईस नियम अर्थात !डीएल पद्दतिको) आधारमा ९ पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको छनोटमा पुगेको हो ।  खराब प्रकाशका कारण खेलको नतिजा डकवर्थ लुइस नियमका आधारमा गरिएको थियो।यस आधारमा नेपाललाई मौसमले पनि साथ दिएको देखिन्छ ।  ३११ रनको […]

विश्वकप क्रिकेट लिग टू: आज नेपालले युएईको सामना गर्ने

काठमाडौं,चैत्र,२-आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा आज बिहीबार नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ।यो खेल तीन वर्ष लामो आईसीसी विश्वकप लिग टु क्रिकेटको अन्तिम खेल हो । सात देश सहभागि लिग टु क्रिकेटमा बिहीबारको खेल जिते […]

‘ए’ डिभिजन लिग:आजबाट पाँचौं चरणका खेलहरु हुने

काठमाडौं,चैत्र,२-नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज बिहीबारबाट पाँचौं चरणका खेलहरु सुरु हुँदैछन् । लिगको पाँचौं चरणको पहिलो दिन बिहीबार दुई खेलहरु हुनेछन्। जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।     च्यासलमा हुने खेलमा एफसी खुमलटार र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। ललितपुरे डर्बी […]