सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक

काठमाडौं,साउन,१०- २६ दिनदेखि आमरण अनशनमा रहनु भएका डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा सात बूँदे सहमति भएको र उक्त विषयमा डा केसीलाई व्रिफिङ गरेपछि सहमतिमा हस्ताक्षर हुने संभावना रहेको छ ।कुन कुन विषयमा सहमति जुटेको भन्ने खुलेको छैन । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डा. […]

रसुवामा पहिरोमा परी ४ जनाको मृत्यु,११ जना सम्पर्कविहीन

काठमाडौं,साउन,१०- अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे ज्यान गएकाे छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिराेले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे […]

सिडिओको सरुवा : काठमाडौंमा रामप्रसाद आचार्य

काठमाडौं,साउन,९- सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्मालाई सरुवा गरी रामप्रसाद आचार्यलाई ल्याएको छ।  यसैगरी ३३ किलो सुन तस्करी तथा सनम शाक्य प्रकरणमा सरकारले गठन गरेको छानविन समितिका संयोजक ईश्वरराज पौडेललाई अध्यागमन विभागको प्रमुखमा सरुवा गरिएको छ। साभार नागरिक न्यूजबाट कसको कहाँ सरुवा भयो हेर्नुहोस् […]

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

मिन्स्क (बेलारुस),साउन,९- बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ ।उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एअरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधासम्पन्न एरो क्लबमा सुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औं हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदन्डकाबारेमा प्रदर्शन हुने बताइएको छ । […]

मेडिकल कलेज भर्ना : विषय एउटै,आदेश फरक

काठमाडौँ,साउन,९- वीरगन्जको नेसनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालयको निर्णयविपरीत पहिला ४४ जना भारतीय विद्यार्थी एमबीबीएसमा भर्ना गर्‍यो । अनि विदेशी विद्यार्थी भर्ना गर्न पाऊँ भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जलाई गुहार्‍यो । न्यायाधीश कुमारप्रसाद पोखरेलले २०७४ माघ १४ मा नेसनल मेडिकल कलेजलाई विदेशी विद्यार्थी भर्ना गर्न दिन त्रिभुवन विश्वविद्यालयलाई अन्तरिम आदेश दिए ।   विदेशी विद्यार्थी […]

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, साउन,९- आमरण अनशनमा रहनु भएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको छ ।२६ दिनदेखि आमरण अनशनमा रहनु भएका डा. केसीलाई तत्काल आइसीयूकक्षमा लैजानुपर्ने चिकित्सकहरुले बताएका छन् । उहाँको शरीरमा ग्लुकोजको मात्रा कम भएको र सेतो रक्तकोषिकासमेत कम भएको डा. लक्ष्मण भुसालले जानकारी दिनुभयो ।शरीरमा ग्लुकोजको मात्रा कम भएका कारण त्यसको प्रत्यक्ष असर […]

गायक विनोदको एकल महिलाको कथामा आधारित गित ‘पार्वती’

काठमाडौं,साउन,९- “पछ्यौरीको फेरोले आँसु पुछ पार्वती सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती” कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने गरी बजारमा आएको भिडियो यतिबेला चर्चामा छ ।   हालैसालै […]

शिक्षामा राजनीतिक वितण्डा सह्य हुँदैन : प्रचण्ड

काठमाडौं,साउन,८- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन् । शिक्षालाई निहु बनाएर विपक्षि दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै प्रचण्डले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारेका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको पाँचदिने सूचनाप्रविधि शिक्षा तथा नेतृत्व विकास कार्यशाला तथा […]

प्रचण्डलाई कांग्रेसको जवाफ– आफ्नो पृष्ठभूमि हेक्का राख्नु पर्दैन ?

काठमाडौं,साउन,७- सत्तारुढ दल ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाशको राजनीति गर्न खोजेको टिप्पणी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जवाफ फर्काएको छ । कांग्रेसले ने क पाका अध्यक्ष प्रचण्डलाई लाशको राजनीति गरेको आरोप लगाउनुअघि आफ्नो विगत सम्झिन सुझाव पनि दिएको छ ।  कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै प्रचण्डलाई भनेका छन्, ‘‘लाशको राजनीति […]

नेपाल मगर संघ प्रदेश २ को सम्मान तथा अभिनन्दन सभा सम्पन्न

मिलन मगर/ काठमाण्डौं,साउन,५- नेपाल मगर संघ २ नम्बर प्रदेशको सम्मान तथा अभिनन्दन सभा कार्यक्रम शनीबार लालबन्दिको जनज्योती क्याम्पसमा भब्यताका साथ सम्पन्न भयकोछ। सोही कार्यक्रम का प्रमुख अतिथी नेपाल सरकारका ग्रिह्य मन्त्री राम बहादुर थापा मगर ( बादल) रहनु भएको थियो भने बिसिस्ट अतिथीमा प्रदेस नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत हुनुहुन्थ्यो । उहाले भारतसगको खुल्ला […]