नेपालगञ्ज,जेठ,८- वर्षेनी डुवानको समस्या झेल्दै आएको नेपालगञ्जलाई डुवानरहित बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले जेसीपी पनि प्रयोगमा ल्याएको छ । डुबानबाट नगरवासीको जनधनको क्षती हुन नदिन वर्षा अगावै जेसीपीमार्फत सतही ढल, नाला र नाली सरसफाईमा तिव्रता दिइएको हो । हरेक वडामा नाली सरसफाई गर्नुपर्ने आवश्यक्ता(बाध्यता) का वीच उपमहानगरपालिकाले केही दिन यता मुख्य ढल, नाला र जाम भएका नालीहरुमा […]
मुख्य समाचार
चौधरी ग्रुपका एम.डी. निर्वाण चौधरीलाई ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी’ पुरस्कार
काठमाडौं,जेठ, ८- चौधरी ग्रुप तथा चौधरी फाउन्डेसनका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई राजीव गान्धी फाउन्डेसनले ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी पुरस्कार २०१७’ ले सम्मानित गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपालको विकासका लागि विशेष योगदान पु¥याए बापत चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो । निर्वाण चौधरीको नेतृत्वमा […]
प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : नेता महत
काठमाडौ,जेठ, ८- नेपाली काँग्रेस नेता डा. रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन सुझाव दिनुभएको छ । बैशाख मसान्त भित्रै राजीनामा दिने सहमतिबाट पछि हटेको भन्दै प्रधानमन्त्री दाहालको आलोचना पनि गर्नुभयो । काठमाडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री दाहालले राजीनामा नदिएर मुलुकलाई अनिश्चयको भूमरीमा फसाउने काम गरेको आरोप पनि लगाउनु भयो ।
जेठ १५ गते पूर्ण आकारको बजेट आउछः अर्थमन्त्री
काठमाडौं,जेठ, ८- सरकारले जेठ १५ गते पूर्ण आकारको बजेट आउने स्पष्ट पारेको छ । उपप्रधामन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जेठ १५ गते पूर्ण आकारको बजेट आउने बताउनु भएको हो । उहाँले निर्वाचन आचारसंहिता विपरित हुने भएकाले बजेटमा नयाँ कार्यक्रम भने समावेश नहुने स्पष्ट पार्नु भयो । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बजेट बारे छलफल गर्न आयोजित […]
दोस्रो निर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा
काठमाडौं,जेठ, ८ आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनकालागि दलहरुले आन्तरिक तयारी थालेका छन् । त्यसकालागि संसदमा रहेका शीर्ष दलहरु आन्तरिक गृहकार्यमा व्यस्त भएको जनाइएको छ । उनीहरु दोस्रो चरणमा हुने ४ सय ६१ स्थानीय तहकालागि उम्मेदवार छनौटमा जुडेका हुन् । पहिलो चरणको मत परिणामबाट पहिलो स्थानमा रहेको एमालेले दोस्रो चरणका लागि […]
प्रधानमन्त्री दाहालले सरकार छाड्ने
काठमाडाैं, जेठ,८- प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्नुहुने भएको छ। आजदेखी सुरु हुने बजेट अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमपछि प्रधानमन्त्री दाहालले राजीनामा गर्ने जानकारी स्रोतले दिएको छ। स्रोतले भन्यो, ‘राष्ट्रपतिले आगामी ११ गते नीति तथा कार्यक्रम वाचन गरेपछि कुनै पनि समय प्रधानमन्त्री दाहालले राजीनामा दिनुहुनेछ । […]
संसद्को बजेट अधिवेशन आजदेखी सुरु हुने
काठमाडौँ,जेठ,८– व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन आजदेखी सुरु हुने भएको छ । संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार भोलीको बैठकमा बैठक आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त भएको पत्र वाचन गरेर सुनाउने कार्यक्रम रहेको छ । बैठक सोमबार १ बजेका लागि बोलाइएको छ । बजेट अधिवेशनका रुपमा लिइने बैठकमा सरकारको नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७४÷७५ […]
भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै
जाजरकोट, जेठ, ७- जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्ने सपना पूरा भएको छ । जाजरकोट–डोल्पा […]
४३ जिल्लाका निर्वाचन कार्यलयहरु नियमित काममा
काठमाडौं,जेठ,७- दोस्रो चरणको निर्वाचन हुन बाँकी ४३ जिल्लाका मूख्य निर्वाचन कार्यालयहरुले नियमित काम गर्ने भएका छन् । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको कार्यक्रम अन्तरगत अधिकासँ जिल्लाका आयोगले दोस्रो तहको निर्वाचन कार्याक्रमका लागि काम सुरु गर्ने छन् । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउने […]
२० वर्षदेखि संकलित वन्यजन्तुका अङ्गप्रत्यङ्ग नष्ट गरिने
चितवन, जेठ,७- झन्डै २० वर्षयता सङ्कलित वन्यजन्तुका आखेटोपहार (अङ्गप्रत्यङ्ग) सोमबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा नष्ट गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुख, राष्ट्रिय योजना आयोजका सदस्य, दातृ निकायका प्रतिनिधि, पत्रकार, मध्यवर्तीका प्रतिनिधिलगायतको उपस्थितिमा अखेटोपहार नष्ट गर्न लागिएको हो। विसं २०५४ यता देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन […]






