काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते

काठमाडौं,बैशाख,२१-काभ्रेको मंगलटारमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु घएको छ । भने घटनामा १८ जना घाइते भएको छन् । बुधबार काठमाडौंबाट जनकपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको यूपी ५८ टी ८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको जीप काभ्रेको रोशी गाउँपालिका–११ मंगलटारमा एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । […]

नेपाल संग जिम्बावे ८ विकेटले पराजीत

काठमाडौं,बैशाख,२१-नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो ।जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो ।दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो । जिम्बावेले दिएको १ सय […]

नेपाल एयरलाइन्सको वित्तीय सुधार हुँदै : अघिल्लो वर्षको तुलनामा आम्दानी ४७% ले बढ्यो

काठमाडौं,बैशाख,२१-आर्थिक रुपमा निकै कमजोर अवस्थामा पुगेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ ।  निगमको पछिल्लो ६ महीनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको जानकारी दिइएको छ ।  निगमका कार्यकारी अध्यक्ष युवराज […]

सुन र चाँदीको मूल्य यथावत

काठमाडौं,बैशाख,२१-स्थानीय बजारमा बुधवार सुनको मूल्य स्थिर रहेको छ ।अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य यो दिन स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् मंगलवार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो । त्यसैगरि, यो  दिन […]

लिभरपुल भिल्लारियललाई हराउदै च्याम्पियन्स लिगको फाईनलमा

काठमाण्डौं,बैशाख,२१-इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति भिल्ला रियललाई ३-२ गोलको संघर्षपूर्ण जित निकाल्दै लिभरपुल समग्रमा ५-२ को नतिजासहित उपाधि नजिक पुगेको हो । पहिलो लेगमा लिभरपुलले २-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा लिभरपुललाई जित निकाल्न निकै संघर्ष गर्नु पर्यो । खेलको तेस्रो […]

आचारसंहिताका सबै बुँदा पूर्ण पालना गर्न सञ्चारमाध्यमलाई आयोगको आग्रह

काठमाडौं,बैशाख,२०-प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बुँदाहरूको पूर्ण पालना गर्न सञ्चार माध्यमहरूलाई पुनः आग्रह गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृश्य चाँही त्यस विपरीत आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यमहरूको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । सामूदायिक रेडियो प्रसारक संघले […]

दुबै निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमाले इच्छुक : अध्यक्ष ओली

काठमाडौं,बैशाख,२०-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुबै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताउनुभएको छ । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई पत्तासाफ गर्ने दाबी गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यंग्य गर्नुभयो । […]

निर्वाचन आयोगले शशांक कोइरालालाई सचेत गरायो

काठमाडौं,बैशाख,२०-निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई सचेत गराएको छ । निर्वाचन आचारसंहिताभन्दा तोकिएको रकम खर्च गरिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएका कोइरालालाई आगामी दिनमा यस्ता अभिव्यक्त नदिन आयोगले सचेत गराएको हो । सोमबार आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिताको मूल आस्थामा प्रभाव पर्ने गतिविधि नगर्न त्यस्ता अभिव्यक्ति अबको दिन नदिन सचेत गराएको जानकारी गरायो […]

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं,बैशाख,२०-काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा यौन दुव्र्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो । बैशाख १५ गते काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रश्नकर्ताले सोधेको प्रश्नमा स्थापितले ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति […]

भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेसमा प्रवेश

काठमाडौं,बैशाख,२०-कलाकारहरू भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्नु भएको हो । पार्टीमा प्रवेश गराउनु हुँदै प्रधानमन्त्री देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिनु भएको थियो । स्थानीय तहको निर्वाचन […]