थपिए २० जना कोरोना संक्रमित, सक्रिय संक्रमित २२१ जना

काठमाडौं,बैशाख,१८-नेपालमा विगत २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार २ हजार ५०८ पीसीआर परीक्षणमा १८ जना र ७१४ एन्टिजेन परीक्षणमा २ जना गरी कुल २० जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।नेपालमा […]

देशभर आठ हजार उम्मेदवारको उम्मेदवारी फिर्ता

काठमाडौं,बैशाख,१७-निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिनुभभयो । उहाँले अहिले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरेर सकिएको बताउनुभयो । शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको […]

ललितपुर स्थीत आधारशीला एकेडेमीमा दिक्षान्त समारोह सम्पन्न

काठमाडौं,बैशाख,१६-एकेडेमीमा कक्षा यूकेजीमा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमकाबीच दिक्षित गरिएको छ । मन्टेश्वरी शिक्षा प्रणालीका माध्यमबाट पठनपाठन हुने पूर्व प्राथमिक तह पास गरी प्राथमिक तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य गणेश गिरीले दिक्षान्त समारोहमा सम्मान गरेका थिए । दिक्षान्त कार्यक्रममा बोल्दै प्राचार्य गिरीले प्राथमिक शिक्षाका लागि तयार भएका बालबालिकालाई थप जिम्मेवार बनाउने उदेश्यले दिक्षित गरिएको बताए […]

एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्वाचित भइसके : अध्यक्ष नेपाल

काठमाडौं,बैशाख,१६-सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल […]

जिम्बावेसँगको एकदिवसीय क्रिकेट सिरिजका लागि १६ खेलाडी छनो

काठमाडौं,बैशाख,१६-नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेसँगको एकदिवसीय क्रिकेट सिरिजका लागि १६ खेलाडी छनोट गरेको छ । शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तीन एकदिवसीय क्रिकेट खेलका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टीममा कप्तान लामिछानेसँगै आशिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल […]

चितवनको भरतपुरमा व्यापारिक भवनमा आगलागी

काठमाडौं,बैशाख,१५-चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा एउटा व्यापारिक भवनमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएको छ । बुधबार राति २ बजेदेखि सुरु भएको आगलागी बिहीबार बिहान ७ बजे मात्रै नियन्त्रणमा आएको हो ।आगो निभाउन चार वटा दमकल प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ […]

आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

काठमाडौं,बैशाख,१५-निर्वाचन आयोगले आज बिहीबार स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ । यही बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नाममा परेका दाबी विरोध तथा उजुरीको जाँचबुझ गरी बिहीबार साँझ अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था […]

आजदेखि राति १२ बजेसम्म आन्तरिक उडान सञ्चालन गर्ने तयारी

काठमाडौं,बैशाख,१५-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको उडान समय अवधि बढाएर १८ घण्टा पुर्‍याएको छ । विमानस्थलको चापलाई ध्यान दिदै आज बिहीबारदेखि तराईका ६ वटा क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको हो । भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय प्राधिकरणले गरेको हो । […]

सातामा २ दिन बिदा दिने सरकारको निर्णय,जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय समेत परिवर्तन

काठमाडौं,बैशाख,१४-सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।मंगलवार बसेको  मन्त्रिपरिषदको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आगामी जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम गरिएको छ ।  सरकारका प्रवक्ता  एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि […]

निर्वाचनका लागि डेढ लाख बढीको उम्मेदवारी दर्ता

काठमाडौं,बैशाख,१४-स्थानीय निर्वाचनका लागि डेढ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।केही स्थानको उम्मेदवारीको विवरण आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । मुख्य पदमा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । मंगलबार रातिसम्मको तथ्यांक अनुसार ७ सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि १ लाख ५० हजार ४ सय ९४ […]