थपिए १० जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २६१ पुग्यो

काठमाडौं,बैशाख,१३-नेपालमा विगत २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार ४ हजार ६४ पीसीआर परीक्षणमा ८ जना र १ हजार १६२ एन्टिजेन परीक्षणमा २ जना गरी कुल १० जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु […]

नेपालको १६२ देशसँग वैदेशिक व्यापारः १३० सँग घाटा, ३२ देशसँग मात्र नाफा

काठमाडौं,बैशाख,१३-चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ । वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेको धेरैजसो देशहरु प्राय: नेपालीले नामै नसुनेका देशहरु रहेका छन् । भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, […]

३५ हजार २ सय २१ पदमा १ लाख १८ हजार जनाको उम्मेदवारी

काठमाडौं,बैशाख,१३-स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार गरी देशभरका ७५३ वटै पालिकामा उम्मेदवारी दर्ता गरिएको छ। सोमबार राति १ बजेसम्मको तथ्यांकअनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदका लागि १ लाख १८ हजारभन्दा बढी जनाले उम्मेदवारी दिएका छन्। देशभरका पालिकामा गरी ३५ हजार २ सय २१ पदका लागि उक्त संख्यामा उम्मेदवार बनेका हुन्।  निर्वाचन आयोगका […]

विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा खरीद गरे ट्वीटर

काठमाडौं,बैशाख,१३-विश्वका धनाड्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरीद गरेका छन् । अमेरिकी विद्युतीय सवारी सधान निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) समेत रहेका उनले विभिन्न चर्चा /परिचर्चा बीच अन्तत : ४४ बिलियन डलरमा उक्त कम्पनी खरीद गरेका हुन् । उनले हालैमात्र अमेरिकी शेयर नियामक सेकमा बुझाएको एउटा फाइलिङमा कम्पनीमा आफ्नो स्वामित्वबाहेकको शेयरका लागि प्रतिकित्ता […]

चुनावमा जनताको सक्रियता उत्साहजनक, कठघरामा उम्मेदवार

काठमाडौं,बैशाख,१२-३६४ दिन नेता र राजनीतिक दललाई धारेहात लगाए पनि चुनावी प्रक्रियामा भने नेपाली जनताको सक्रियता उत्साहजनक देखिने गरेको छ । सुगम शहरी इलाका मात्र होइन, अत्यन्त दुर्गम ठाउँमा पनि मतदाताको उत्साह र जोश हेर्नलायक हुन्छ । स्थानीय निकायका उम्मेदवार मनोनयन क्रममा देखिएको बाक्लो उपस्थितिलाई त्यसैको पछिल्लो कडी मान्न सकिन्छ । वैशाखको खपिनसक्नु चर्को घाम तर […]

नेकपा एमालेद्धारा स्थानीय निर्वाचनको घोषणा-पत्र सार्वजनिक (पूर्ण पाठसहित)

काठमाडौं,बैशाख,११-नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा–पत्र सार्वजनिक गर्नु भएको छ। नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणा–पत्रमा ‘आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढछ ?’ भन्ने स्पष्ट योजना […]

जसपाको घोषणापत्र : वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइने (पूर्णपाठ)

काठमाडौं,बैशाख,११-जनता समाजवादी पार्टीले यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।  के छ घोषणापत्रमा?  घोषणापत्रमा वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइने, कार्यालयमा सेवा लिन आउने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने उल्लेख छ।  […]

देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण

काठमाडौं,बैशाख,११-देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो।आइतबार कोरोनाको संक्रमणबाट २५ जना मुक्त भएका छन् हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन् ।बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको […]

कांग्रेस घोषणापत्र : ओली सरकारमाथि लगाइएका १४ आरोप

काठमाडौं,बैशाख,११-नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आइतबार घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र केपी शर्मा ओलीको नेतृत्वको सरकारमाथि १४ वटा आरोप लगाएको छ । घोषणापत्रमा कांग्रेसले नेकपा र ओली अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात रहेको जनाएको छ । ओलीले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि पनि आक्रमण […]

आजबाट एसइई परिक्षा सुरु : कता गए ८ लाख विद्यार्थी ?

काठमाण्डौं,बैशाख,९-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभरि एकसाथ सञ्चालन गर्दैछ। देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा बोर्डले जनाएको छ। परीक्षाका लागि देशभरि २ हजार २७ परीक्षा केन्द्र तोकिएका छन्। यी विद्यार्थी १० वर्षअघि अर्थात् २०६९ क्षा १ मा भर्ना भई एसइईमा सहभागी हुन लागेका […]