काठमाडौं,बैशाख,८-नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार ३२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।हाल २९८ जना सक्रिय संक्रमित रहेका छन् ।
समाचार
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौं,बैशाख,८-सबै सुरक्षा निकायले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता गरेका छन् । बिहीबार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो ठाउँबाट भूमिका […]
सुनको मूल्य एकै दिन ४०० रुपैयाँले घट्यो, चाँदीको भने स्थिर
काठमाडौं,बैशाख,६-स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । […]
जापानको टोकियोमा किन अहिलेसम्मकै महँगो भयो अपार्टमेन्ट ?
जापान,वैशाख,६-जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा गत आर्थिक वर्षमा नयाँ कोन्डोमिनयम (अपार्टमेन्ट) को भाउ अहिलेसम्मकै कीर्तिमानी उचाईमा उक्लिएको छ । जग्गाको भाउमा भइरहेको वृद्धि र श्रम लागतका कारण पछिल्लो समय जापानमा अपार्टमेन्टको भाउ बढिरहेको छ । आर्थिक वर्ष २०२१ मा औसतमा अपार्टमेन्टको भाउ ६ करोड ३६ लाख येन (५ लाख ३ हजार डलर) मा पुगेको […]
देशभर आजदेखि कृषि गणना सुरु
काठमाडौं,बैशाख,६-केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेको छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हो।३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् । तथ्यांक संकलनका लागि गणक र […]
पेट्रोलको मूल्य ४ रुपैयाँ घट्यो,भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
काठमाडौं,वैशाख,५-भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ […]
सत्तारुढ गठबन्धनको बैठक आज बस्दै
काठमाडौं,बैशाख,५-स्थानीयत तहको निर्वाचनको भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज (सोमबार) बस्दैछ । उम्मेदवारी मनोनयनको मिति नजिकिंदै गर्दा पनि गठबन्धनले उम्मेदवारी तय गर्न सकेको छैन।जसका कारण तल्लो तहमा अन्याेल बढेको छ।तल्लो तहबाट आएका सिफारिस र माथिल्लो तहबाट प्रकट भएको भाबण्डाको अडानले गठबन्धन अप्ठेरोमा परेको छ।सोमबार बस्ने बैठकबाट कम्तिमा महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंग्याउने संभावना रहेको छ […]
नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल्ने
काठमाडौं,बैशाख,४-एएफसी एसियन कप छनोट अघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ । एन्फाले मैत्रीपूर्णका लागि अफगानिस्तानसँग प्रस्ताव गरेको थियो ।उक्त प्रस्ताव अफगानिस्तानले स्वीकार गरेको एन्फाले जनाएको छ । छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण […]
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन हुँदै
काठमाडौं,बैशाख,४-निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिइएको छ । यसैगरी मन्त्री […]
विश्वमा सवैभन्दा लोकप्रिय एप बन्दै टिकटक, दोस्रोमा इन्स्टाग्राम
काठमाडौं,वैशाख,३-लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक सन् २०२२ मा विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । सन् २०२२ शुरुवाती समयदेखि नै यो सामाजिक सञ्जाल एप १७ करोड ६० लाख पटक डाउनलोड भएको छ ।विश्वभर गरिएको एउटा सर्वेक्षणमा सामाजिक सञ्जालको आम प्रयोगकर्ता युवाहरु भने युवानै अगाडि देखिएको छ । एनालिटिक्स फर्म सेन्सर टावरले हालै सार्वजनिक […]






