जापानबाट हासिल गरेका ज्ञान,सीप र अनुभव नेपालमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं,बैशाख,३-परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताउनुभएको छ । नेपाल जाईका अलमनाई एशोसिएशनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने बताउनुभयो । मन्त्री खड्काले जापानले नेपाललाई विनासर्त सहयोग […]

सार्वजनिक यातायातको भाडावृद्धिले व्यवसायी उत्साही, उपभोक्ता आक्रोशित

काठमाडौं,बैशाख,२-इन्धनको मूल्य आकाशिएसँगै बैशाख १ गतेबाट काठमाडौं उपत्यका सहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनहरूमा भाडा बढेको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि उपत्यकासहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनमा भाडा बढाउने निर्णय गरेपछि उपभोक्ताको मारमा परेका छन् । नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रुपैयाँ भएको छ । मन्त्रालयको सूचनाअनुसार पाँच […]

भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा हुँदै, बुद्धकृष्णले नवौं पटक जिब्रो छेड्दै

काठमाडौं,बैशाख,२-भक्तपुरको प्रसिद्ध बिस्का: जात्राका क्रममा आज बोडेमा जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष वैशाख २ गते मध्यपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाउने परम्परा छ । यस वर्ष पनि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नै जिब्रो छेड्ने भएका छन् । यो वर्ष उनले नवौं पटक जिब्रो छेडाउन लागेका हुन् । जिब्रो छेड्ने व्यक्तिले तीन […]

बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस मनाईयो

बर्दिया,बैशाख,१-बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस मनाईएको छ।आज बिहिबार जिल्ला प्रशासन कार्यालय गुलरिया स्थित गणेशमान चोकमा कार्यक्रम सम्पन्न गरिएको हो ।  उक्त कार्यक्रममा ५० बढी युवाहरूको सहभागीतामा कोणसभा गरि सम्पन्न गरिएको हो । कार्यक्रममा बास नेपालका केन्द्रिय महासचिव खुमेश सुवेदीले बोल्दै राष्ट्रको सिर सधैं उच्च राख्नको लागि हामी युवाले व्यक्तिगत स्वार्थ भन्दा माथी […]

नयाँ वर्ष २०७९ साल आजबाट शुरु, वार्षिक राशिफल सहित

काठमाडौं,वैशाख,१-नयाँ वर्ष २०७९ साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७८ साललाई बिदा गरी वर्ष २०७९ साल आज(बिहिबार)बाट सुरु भएको हो ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरि मनाउँदै छन् । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र […]

एमाले र राप्रपा बिच चुनावी तालमेलका लागी पाँच बुँदे सहमति

काठमाडौं,चैत्र,३०-राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल र नेकपा (एमाले)बीच स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जानेबारे पाँचबुँदे सहमति भएको छ । बुधबार एमालेको तर्फबाट स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेर पाँचबुँदे सहमति गरेका हुन् । सहमतिअनुसार देशभरी तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार […]

नेपाली बजारमा सुनको आयात शून्य,आज सुनचाँदीको मूल्यमा बृद्धि

काठमाडौं,चैत्र,२९-नेपाली बजारमा सुन आयात अहिले शून्य भएको छ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक विलासी वस्तुको आयात रोक्न निर्देशन दिएसँगै बैंकहरुमार्फत हेर्न सुन आयात शून्यमा झरेको हो । बजारमा तरलताको कमी र राज्यको ढुकुटीमा विदेशी मुद्रा (डलर ) को संचिति कम हुँदै गएको भन्दै गाडीदेखि सुनसम्मका विलासी वस्तु आयात गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो […]

गोली बोकेर जापान उड्न लागेकी नेपाली युवती विमानस्थलबाट पक्राउ

काठमाडौं,चैत्र,२८- गोली बोकेर जापान उड्न लागेकी युवती प्रकाउ परेकि छिन !  त्रिभुवन विमानस्थलबाट जापान जान लागेकि तनहुँकी सोविता नेपाली पक्राउ परेकी छन्।विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।  भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउण्ड […]

कारले ठक्कर दिँदा नेपालगञ्जमा तीनजना पैदलयात्रीको मृत्यु

काठमाण्डौं,चैत्र,२८-बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ।नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको हो।  प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज–११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले […]

आज (आईतबार) सार्वजनिक बिदा

काठमाडौं,चैत्र,२७-आज (आईतबार) सार्वजनिक बिदा !सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले रामनवमीको दिन देशभर सार्वजनिक बिदा हुने जनाएको हो। गृह मन्त्रालयले शनिबार एक सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।