काठमाडौं,चैत्र,२६-सरकारले (भोलि) आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले भोलि रामनवमीको दिन देशभर सार्वजनिक बिदा हुने जनाएको हो। गृह मन्त्रालयले आज एक सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ।
समाचार
पाकिस्तानका प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान चल्दै
काठमाडौं,चैत,२६-पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि “शनिबार” अहिले मतदान चल्दै छ । ३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ । जसमा बिपक्षी दलका सासंदको संख्या १ सय ९९ रहेको छ । अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खानविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता […]
आज देशभर चैते दशै मनाईदै
काठमाण्डौं,चैत्र,२६-आज चैते दशै देशभर मनाईदै छ ।सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुले देवी भगवतीको पूजा र उपासना गर्दै आजका दिन चैते दशै मनाउने गर्दछन। असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा वर्षको दुई चोटी दशै मनाउने गरीन्छ । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । वडादशै जस्तो धुमधामका साथ चैत दशैलाई नमनाएपनी […]
आजदेखि देशैभरीका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने
काठमाण्डौं,चैत्र,२६-स्वास्थ्यमन्त्री विरोध खतिवडाले टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरिने बताउनु भएको छ। आज मकवानपुरको मनहरी गाउँपालिका ५ स्थित भोजशिद्ध माविमा खोप अभियान सुरु गर्दै मन्त्री खतिवडाले तोकिएको मितिमा नै अभियानलाई पूर्णता दिन सरोकारवाला निकायलाई निर्देशन दिनुभयो।खोप पूर्णरुपमा सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराउन उनले आग्रहसमेत गरे। आज शनिबार देखि प्रारम्भ भएको […]
महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम
काठमाडौं,चैत्र,२५-डिशहोम फाईवरनेटको विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर,महेन्द्रनगर (कञ्चनपुर)मा डिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन गरिएको छ।सो सोरुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्नेछ। सोरुम उद्घ्घाटन डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका […]
नेपाल बार अध्यक्षमा घिमिरेको जित सुनिश्चित
काठमाडौं,चैत्र,२५-नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षमा चुनाव लडेका घिमिरेले ३ हजार ७ सय २८ मत पाइसकेका छन् । उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाएका छन् । अब गणना हुन करिब १५ सय मत मात्र बाँकी […]
निर्वाचन आयोगले हटायो ७१ निर्वाचन अधिकृत, नयाँ नियुक्ति
काठमाडौं,चैत्र,२४-निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ। आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार (चैत २३ गते) देखि नै हटाइएको हो। उनीहरूको ठाउँमा […]
सुनको भाउ बढ्यो,चाँदीको भाउ भने घट्यो
काठमाण्डौं,चैत्र,२४-आज बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजारमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ। चाँदीको भाउमा पनि सामान्य गिरावट देखिएको छ। चाँदी प्रतितोला १ रुपैयाँले […]
टाइफाइड विरुद्धको खोप अभियान आजदेखि सुरू
काठमाडौं,चैत्र,२४-टाइफाइड विरुद्धको देशब्यापी खोप अभियान आज बिहबिारदेखि सुरू भएको छ । काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको उद्घाटन गर्नुभएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो खोप अभियान बैशाख २५ गतेसम्म संचालन हुनेछ । देशब्यापी रुपमा बालबालिकालाई भोलि शुक्रबारदेखि खोप दिन सुरू गरिनेछ । नेपालमा टाइफाइड […]
सर्लाहीमा गोली लागेर घाइते युवकको मृत्यु, भारतीय नागरिक भएको पुष्टि
काठमाडौं,चैत्र,२४-सर्लाहीको मलंगवामा अज्ञातको गोली लागेर घाईते भएका युवकको मृत्यु भएको छ । बुधबार साँझ साढे ७ बजेतिर मलंगवा नगरपालिका–९, कृष्णामति माविको कम्पाउण्ड पूर्व रिङरोड नजिक चलेको गोली लागेर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका […]




