काठमाडौं,चैत्र,२३-नेपालले भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् विक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप विद्युत् विक्री गर्न स्वीकृति दिएको हो । नेपालले यसअघि गत कात्तिकमा ३९ मेगावाट विद्युत् विक्रीका लागि नेपालले अनुमति पाएको थियो । योसंगै नेपालले भारतीय विद्युत् बजारमा ३६४ मेगावाट […]
समाचार
एएफसी कप छनोट२०२२:आज मछिन्द्र र श्रीलंकन क्लब ब्लु स्टार भिड्ने
काठमाडौं,चैत्र,२२-एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबले आज मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।अघिल्लो पटक क्लब […]
त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपाललाई
काठमाण्डौं,चैत्र,२१-त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली पपुवा न्यूगिनी (पिएनजी)लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १८ रनमा समेटियो । उसका लागि सेसे […]
लिम्पियाधुरा सहितका सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न मोदीसँग देउवाको आग्रह
काठमाडौं,चैत्र,१९-प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्प्यिाधुरा लगायतका नेपाल-भारतबीचको सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ । नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्धिपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले समकक्षी मोदीसँग सीमा विवादको कुरा उठाउनुभएको हो । प्रधानमन्त्री देउवाले आफूहरूबीच सीमा विवादका विषयमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको […]
प्रधानमन्त्री देउवाले आज भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने
नयाँदिल्ली,चैत्र,१९-तीन दिने औपचारिक भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार (आज) दिउँसो आफ्ना समकक्षी तथा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नु हुने भएको छ। देउवा र मोदीबीच पूर्वनिर्धारित कार्यक्रम अनुसार हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तामा नेपाल र भारतीय पक्षबीचको प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । प्रधानमनत्री देउवाको सम्मानका लागि समकक्षी […]
आज फिफा विश्वकपको ‘ड्र’हुदै,हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट
एजेन्सी,चैत्र,१८-एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अनुसार विश्वकपको ‘ड्र’ आयोजक राष्ट्र कतारको दोहामा स्थानिय समयअनुसार ४ बजेपछि हुनेछ । कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट भइसकेका छन्।छनोट हुनेमा कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, […]
प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका
काठमाडौं,चैत्र,१८-प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारतको तीन दिने भ्रमणका लागि नयाँदिल्ली जाँदै हुनुहुन्छ ।मध्यान्ह नेपाल वायु सेवा निगमको उडानबाट उहाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । गत असारमा प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, तथा अन्य मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, […]
आज घोडेजात्रा पर्व मनाईंदै, टुँडिखेलमा विशेष कार्यक्रम
काठमाडौं,चैत्र,१८-चैत्र कृष्ण औंशीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । अर्को किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट […]
सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढायो
काठमाडौँ,चैत्र,१७-सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज (बिहिबार) सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको हो।यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरुले भाडा बढाउनुपर्ने माग गर्दै आएका थिए । सरकारले भाडा नबढाए आफैं बढाउने चेतावनी समेत दिंदै आएका थिए।रुटगत भाडादर भने आगामी आइतबार प्रकाशित गर्ने विभागले जनाएको छ […]
बिमस्टेकबाट बडापत्र पारित, तीन वटा सम्झौतामा हस्ताक्षर
काठमाडौं,चैत्र,१६-श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचाौ शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको आज (बुधबार) परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गर्नुभएको छ ।बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार […]



