जापानले दियो नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ अनुदान

अर्थसचिव मधुकुमार मरासिनी र राजदूत किकुता युटाका । काठमाडौं,फागुन,२६-जापान सरकारले नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ बराबर अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सम्झौतासम्बन्धी पत्रमा बिहीबार अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युटाकाले हस्ताक्षर गर्नु भएको हो । जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन ‘विराटनगर खानेपानी […]

एकै दिन सुनको मूल्य ३५ सयले घट्यो

काठमाडौं,फागुन,२६-एकै दिन सुनको भाउ ३५ सयले घटेको छ। साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको हो। बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार एकै दिन ३५ सयले घटेर एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ […]

संखुवासभा मादी बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)

काठमाण्डौं,फागुन,२६-संखुवासभामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताउनुभयो । ‘१४ जनाको शव भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भन्नुभयो, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा ४ ख […]

संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु

काठमाडौं,फागुन,२६-संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७ बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी […]

बेन्जिमाको ह्याट्रिक संगै रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पीएसजी बाहिरियो

काठमाडौं,फागुन,२६-स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई ३-१ ले हराउँदै समग्रमा ३-२ को जितसहित रियल अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा पीएसजीले १-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा अग्रता जोगाउन नसक्दा पीएसजी बाहिरिएको छ ।पीएसजीले […]

नेकपा समाजवादीको आज केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं,फागुन,२५-नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे नेकपा (एस)को केन्द्रीय कमिटीको बैठक बस्ने नेकपा (एस)का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचन,पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमको समीक्षा भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र […]

एक रुपैयाँको सिक्का बुधबारबाट चलनचल्तीमा ल्याउने

काठमाडौं,फागुन,२४-नेपाल राष्ट्र बैंकले बुधवारबाट १ रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र ६४ ओटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा नेपालको नक्सा रहेको छ । यसैगरी, दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सिक्काको पछाडि भागमा पनि ६४ ओटा […]

आज अन्तर्राष्ट्रिय नारी दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं,फागुन,२४-आज (मंगलबार) ११२औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमगरि मनाईदै छ। आज (मंगलबार) ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै प्रकारका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । शुभकामना सन्देश दिदै उहाँले महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं विकृत प्रथालाई निर्मूल गर्दै […]

भक्तपुरमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला

भक्तपु,फागुन,२४-चाँगुनारायण नगरपालिका-७ बागरेमा एक महिलाको घाँटी काटिएको अवस्थामा शव फेला परेको छ । बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको जस्ताको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सोमबार राति करिब १० बजे मृतक महिलाको घाँटी अगाडी भागमा गहिरो चोट लागेको, शरिरको […]

माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य मनोनित (सूचीसहित)

काठमाडौं,फागुन,२३-नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ ।सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा ९७ जना थप गर्नुभएको हो । केन्द्रीय समितिमा अध्यक्ष दाहालकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् । त्यस्तै, वाईसीएलका अध्यक्ष सुमन देवकोटा, अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्ल पनि […]