ला लिगा:बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा

काठमाडौं,कार्तीक,८-रियल मड्रिडले बार्सिलोनालाई हराउदै जित निकालेको छ ।स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको मैदानमा रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक एक गोल गरे।बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए । रोड्रिगोको […]

लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी,कार्तिक,८-म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार घरेलु मैदान ओल्ड ट्राफर्डमा चिर परिचित प्रतिद्वन्द्वी लिभरपुलसँग लज्जास्पद हार बेहोरेको छ । फरवार्ड मोहमद सलाहको सानदार ह्याट्रिकमा लिभरपुल ५-० को जित दर्ता गर्न सफल भएको हो । फरवार्ड मोहमद सलाहले सानदार प्रदर्शन गरेपछि लिभरपुलले पहिलो हाफमा ४-० को अग्रता लिएको हो।सलाहकै पासमा मिडफिल्डर नाबी केइटाले गोल गर्दै […]

भारतमाथि पाकिस्तानको सानदार जित

काठमाडौं,कार्तिक,८-पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । दुबईमा आइतबार राति चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुआत गरेको हो । यससँगै पाकिस्तानले विश्वकपमा भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ । यस अघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन । यस्तै भारत पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रियमा १० विकेटले पराजित भएको […]

आज राति फुटबल र क्रिकेटमा हुने पाँच महाभिडन्तका खेलहरु

काठमाण्डौं,कार्तिक,७-आज आईतबार राति फुटबल र क्रिकेटमा पाँच महाभिडन्तका खेलहरु हुदैछ्न् । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे युनाइटेडको मैदानमा हुनेछ। प्रिमियर लिगको अंक तालिकामा लिभरपुल १८ अंकसहित तेस्रो स्थानमा  र युनाइटेड १४ अंक जोडेर छैटौं स्थानमा छन्।  आइतबार राति नै सिजनको पहिलो एलक्लासिको भिडन्त हुनेछ। ला […]

अब १८ वर्षमुनिकालाई पनि कोरोना खोप लगाईने

काठमाण्डौं,कार्तिक,७-सरकारले अब १८ वर्षमुनि १२ वर्षमाथिका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप चाँडै लगाउन सुरु गर्ने भएको छ।अहिलेसम्म सरकारले १८ वर्षमाथिका नगारिकलाई मात्र कोरोना खोप दिइरहेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभ्याक्स सुविधामार्फत सोमबार अमेरिकाबाट १ लाख डोज फाइजर खोप नेपाल ल्याइँदै छ। यसपछि १२ वर्षदेखि १८ वर्षसम्मका बालिबालिकालाई खोप दिन सुरु गरिने मन्त्रालयले जनाएको […]

बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबाली नोक्सान

काठमाडौं,कार्तिक,७-बेमौसमी वर्षात्का कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नम्बर १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै कुल ७ अर्ब २२ करोड रुपैयाँ बराबरको २ लाख ५८ हजार ९२ मेट्रिकटन धानमा नोक्सानी पुगेको हो । असोज ३१ गतेदेखि परेको अविरल […]

थप ५ सय १३ जनामा कोभिड संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं,कार्तिक,६-नेपालमा थप ५ सय १३ जनामा कोभिड–१९ संक्रमण भएको छ ।६ हजार ९ सय ३१ जनामा गरिएको परीक्षणमा ५ सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय १७ जनालाई निको हुँदा […]

आज नेपाल र इन्डोनेसिया बिच मैत्रीपूर्ण खेल हुने

काठमाडौं,कार्तिक,५-नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज शुक्रबार इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्नेछ।नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको […]

कोरोना महामारी अझै एक वर्ष लम्बिने विज्ञहरुको घोषणा

एजेन्सी,कार्तिक,४-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ । संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म रहीरहने चेतावनी दिएका हुन् । विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नैं महामारी नियन्त्रणको मुख्य चुनौती बनेको उनको तर्क छ । डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ […]

जापानको निर्यातमा अपेक्षा गरिएभन्दा उच्च वृद्धि

जापान,कार्तिक,४-गत महीना जापानको निर्यात अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको छ । योसँगै लगातार सातौं महीना पनि निर्यात दोहोरो अंकले बढेको छ । यसलाई कोरोना भाइरसको महामारी बीच विश्वको आपूर्ति शृङ्खलामा उत्पन्न कमजोर पुनःबहालीको गति ‘डिरेल’ गर्ने जोखिममा रहेको जापानी अर्थतन्त्रको लागि प्रेरणादायक संकेतको रुपमा हेरिएको छ ।  गत वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरमा निर्यात १३ […]