राष्ट्रिय सभा उपनिर्वाचन आज,बादल र खिमलाल मैदानमा

काठमाडौं,जेठ,६-बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडा-४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ । बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाउको छ । निर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार […]

दुई किशोरीको पोखरीमा डुबेर मृत्यु

काठमाडौं,जेठ,५-सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ। नगरपालिका-९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो। रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैको पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताइन्। पोखरीबाट निकालेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल […]

नेपालमा एकैदिन २ सय ४६ जनाको मृत्यु, ८१ सय ७३ संक्रमित थपिए

काठमाडौं,जेठ,५-कोभिड-१९ बाट एकैदिन २ सय ४६ जनाको मृत्यु भएको छ । भिडीयो हेर्न तल दिएको लिंक क्लिक गर्नुहोला !! बुधबार जारी प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार सोही समयमा पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेनबाट १ सय […]

नेपालमा एकैदिन ८ हजार २०३ जना संक्रमित थपिए,१९६ जनाको मृत्यु

काठमाडौं,जेठ,४-नेपालमा पछिल्लो २४ घण्टामा ८२०३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ९७९ परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार २८६ जनामा पिसिआर परीक्षण गर्दा ८ हजार १३६ मा पोजेटिभ देखिएको र ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ […]

विश्वकप छनोट र इराकसँग खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं,जेठ,४-फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताईरीले २३ सदस्सीय नेपाली टिम छनोट गरेका हुन् ।प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो परिवर्तन गरेका छन् । नेपाली टिमका नियमित सदस्य […]

मन्त्री ज्ञवालीको पहलमा गुल्मीमा अक्सिजन प्लान्ट र आईसीयू निर्माण हुने

गुल्मी,जेठ,४-सरकारले गुल्मीमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड विनियोजन गरेको छ । जिल्ला अस्पताल तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयबाट १ करोड विनीयोजन भएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । ‘गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ विनियोजन गरिएको छ’, गुल्मी क्षेत्र नं. १ का सांसद […]

हुम्लाका पाँच ओटा गाउँपालिकामा फैलियो कोरोना

हुम्ला,जेठ,४-सात ओटा गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच ओटा गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको छ ।  पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।  खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको छ । नाम्खा […]

बारामा एकै घरका दुई बालकको घाँटी रेटेर हत्या

बारा,जेठ,४-बाराको कलैया उपमहानगरपालिका- ११ मा दुई बालकको हत्या भएको छ। एकै घरका दुई बालकको घाँटी रेटेर हत्या भएको अवस्थामा मंगलबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी दिपेन्द्र शाहीले जानकारी दिनुभयो। उनीहरुको गएराति हत्या भएको अनुमान प्रहरीले गरेको छ। शाहीका अनुसार कलैया- ७ का अब्दुल रसारका दुई छोरा सात वर्षीय अमिन अन्सारी र […]

सुर्खेतमा रगतको चरम अभाव,आपूर्तिभन्दा माग बढी

सुर्खेत,जेठ,४-कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रगतको चरम अभाव भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण संकलन कार्य नहुँदा रगतको अभाव भएको छ । आपूर्तिभन्दा खपतको अनुपात धेरै भएकाले समस्या भएको हो । सुर्खेतमा रहेको सुर्खेत ब्लडबैंकमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सुर्खेत शाखाले सञ्चालन गरेको सुर्खेत ब्लडबैंकमा रगतको अभाव भएको हो । कोभिड–१९ […]

कतार र ग्वान्जाउमा हवाई उडान खुला

काठमाडौं,जेठ,४-सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक र एक उडान गर्ने गरि हवाई उडान खुला गर्ने निर्णय हो । उडान कहिलेबाट उडान गर्ने भन्ने मिति भने खुलाएको छैन । पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका […]