सुर्खेतमा रगतको चरम अभाव,आपूर्तिभन्दा माग बढी

सुर्खेत,जेठ,४-कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रगतको चरम अभाव भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण संकलन कार्य नहुँदा रगतको अभाव भएको छ । आपूर्तिभन्दा खपतको अनुपात धेरै भएकाले समस्या भएको हो । सुर्खेतमा रहेको सुर्खेत ब्लडबैंकमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सुर्खेत शाखाले सञ्चालन गरेको सुर्खेत ब्लडबैंकमा रगतको अभाव भएको हो । कोभिड–१९ […]

कतार र ग्वान्जाउमा हवाई उडान खुला

काठमाडौं,जेठ,४-सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक र एक उडान गर्ने गरि हवाई उडान खुला गर्ने निर्णय हो । उडान कहिलेबाट उडान गर्ने भन्ने मिति भने खुलाएको छैन । पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका […]

अध्यादेशबाट बजेट ल्याइँदै !

काठमाडौं,जेठ,३-संविधानको धारा १ सय १९ को उपधारा ३ अनुसार सरकारले जेठ १५ गतेभित्रै संघीय संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ ।तर, अल्पमतमा रहेको सरकारले कोरोना महामारीकैबीचमा कसरी बजेट ल्याउँछ भन्ने अन्योल देखिएको छ । सरकारले संघीय संसदमा बजेट पेश गर्नुभन्दा १५ दिनअघि बजेटका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरी पारित गर्नुपर्ने हुन्छ । तर, वर्तमान सरकारले […]

बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

काठमाण्डौं,जेठ,३-बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।आईतबार राति लण्डन क्लब चेल्सीलाई पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको हो । स्पेनिस क्लब बार्सिलोनाले चेल्सीमाथि ४–० को एकतर्फी जित निकाल्यो । चेल्सीको पुरुष टिम शनिबार रातिमात्र एफ ए कपको फाईनलमा लेस्टर सिटीसंग पराजित बनेको थियो । त्यसको भोलि पल्ट महिला टिमले च्याम्पियन्स लिगको उपाधि […]

उत्तर कोरियाले विश्वकप नखेल्ने

काठमाण्डौं,जेठ,३-उत्तर कोरियाले फिफा विश्वकप छनोट र एसियन कप छनोटको बाँकी खेल नखेल्ने भएका छन् । एसियन फुटबल फेडेरेसन (एएफसी) ले आइतबार उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएको जनाएको छ । उत्तर कोरिया छनोटको समूह ‘एच’ मा रहेको छ । यस समूहमा उत्तर कोरिया आठ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।एएफसीले उत्तर कोरियाले नाम फिर्ता […]

कोरोना संक्रमणबाट एकैदिन १८७ जनाको निधन,मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुग्यो

काठमाडौं,जेठ,१-देशभर एकैदिन ५ हजार ४ सय ५५ जना कोभिड संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ४४ जनाले कोभिडलाई जितेका हुन्।योसँगै देशभरबाट कोभिड मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १० सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ९७१ पीसीआर […]

नेपाल सुपर लिग: धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन

काठमाडौं,जेठ,१-काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल […]

नेपाललाई आपतकालिन सहयोगको आवश्यकता : डब्लूएचओ

जेनेभा,जेठ,१-विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताउनु भएको छ । शुक्रवार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उनले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या सृजना भएको बताउनुभयो । […]

३२ लाख मध्ये २५ लाख डोज खोप लगाईयो, तीन महिनालाई पुग्ने स्वास्थ्य सामग्री मौज्दात छ-मन्त्रालय

काठमाडौं,जेठ,१-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताउनुभएको छ । सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र खोप लगाउने क्रम जारी रहेको बताउनुभएको हो । नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उहाँको भनाइ छ । सह–प्रवक्ता अधिकारीले […]

नेपाल सुपर लिगको उपाधीका लागी आज काठमाडौं रेजर्स भर्सेस धनगढी भिडने

काठमाडौं,जेठ,१-नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे ५ बजे सुरु हुनेछ।काठमाडौं र धनगढी यस प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यस अघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्न लागेका हुन्।दुबै भेटमा […]