काठमाडौं,बैशाख,१-नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा आज भारतको बेंगलुरु एफसीसँग प्रतिस्पर्धा गर्दैछ । गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ।आर्मी र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराएको आर्मी बेंगलुरुलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।तर, भारतीय […]
समाचार
ज्ञानेन्द्रको कप्तानीमा नेपाली टिमको घोषणा
काठमाडौं,बैशाख,१-नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ।क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १५ सदस्सीय नेपाली टिम घोषणा गरेको हो ।स्पिनर शाहब आलम र ओपनर आशिफ शेख पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । बन्द प्रशिक्षणमा […]
आईपीएलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै
काठमाडौं,बैशाख,१-इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा बुधबार सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदै छ। खेल चेन्नईस्थित एम ए चिदम्बरम स्टेडियममा पौने ८ बजे हुनेछ।हैदरावादको कप्तानी डेविड वार्नर र बैग्लोरको कप्तानी विराट कोहलीले सम्हाल्नेछन्। आजको खेलमा हैदरावाद पहिलो जितको खोजीमा हुनेछ। हैदरावाद पहिलो खेलमा कोलकता नाईड राइडर्ससँग १० रनले पराजित भएको थियो। यता बैग्लोर भने […]
कर्णाली पुलबाट हाम फालेका ३ जनामध्ये एक किशोर बेपत्ता
कैलाली,चैत,२९-पुर्व पश्चिम राजमार्गको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका तीन जनामध्ये एक किशोर बेपत्ता भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् । उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल घाइते छन् । उनी हाम फालेको केही समयमै […]
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं,चैत,२९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माका अनुसार पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राख्न लागिएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सत्ता समीकरण र पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रवक्ता शर्माले नेपालखबरलाई जानकारी दिनुभयो। सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। […]
नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बस्दै
काठमाडौं,चैत,२७-नेपाली कांग्रेसले नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बोलाईएको छ। कांग्रेसले नयाँ सरकार बनाउनका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गर्न लागेको हो । छलफल शुक्रबार दिउँसो ३ बजे बोलाईएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनभुयो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आइरहेको अवस्थामा […]
माओवादीबाट एमाले प्रवेश गरेका चार नेताको मन्त्री र सांसद पद खारेज
काठमाडौं,चैत,२६-नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री सांसद पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराउनुभएको हो । माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, […]
त्रिभुवन आर्मी एएफसी कपको दोस्रो चरमा,श्रीलंका पुलिस ५-१ गोलले पराजीत
काठमाडौं,चैत,२५-नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो चरणको यात्रा तय गरेको हो । आर्मीलाई पुनरागमन जित दिलाउन नवयुग श्रेष्ठले २ गोल गरे । यस्तै सन्तोष तामाङ, टंक बहादुर बस्नेत, सुदिल राईले […]
कांग्रेसभित्र कुनै विवाद छैन : देउवा
काठमाडौं,चैत,२५-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नविन्द्रराज जोशीको निधनले पार्टीले नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताउनुभएको छ । स्वर्गीय जोशीको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताउनुभयो । उहाँले जोशीमा नेतृत्व गर्न सक्ने क्षमता थियो भन्दै जोशीको निधनले […]
एएफसी कप:त्रिभुवन आर्मीलाई ३-१ को अग्रता(अपडेट)
काठमाडौं,चैत,२५-एएफसी कप-२०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले अहिले श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले श्रीलंका पुलिसविरुद्ध २-१ गोलको अग्रता बनाएको छ । खेलको २८ औं मिनेटमा इभान्सले गोल गर्दै श्रीलंका पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा सन्तोष तामाङले […]

