बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बन्द

काठमाडौ,बैशाख,१२-बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सेवा बन्द भएका छन् ।अस्पतालमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएपछि अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएका हुन् । कर्मचारीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।अस्पताल प्रशासनले सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ । बिरामीलाई […]

भारतमा २४ घण्टामा साढे ३ लाख कोरोना-संक्रमित थपिए

काठमाडौं,बैशाख,१२-भारतमा पछिल्लो २४ घण्टामा झन्डै साढे ३ लाख कोरोना-संक्रमित थपिएका छन्।भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो। यस्तो आजसम्म विश्वका कुनै देशमा भएको थिएन। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै यस अवधिमा २ हजार ७ सय ६० संक्रमितको […]

गोरखा महाभूकम्प गएको ६ वर्ष पूरा, निजी आवास पुननिर्माण ९३ प्रतिशत सम्पन्न

काठमाडौं,बैशाख,१२-नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट ६ बर्ष पूरा भएको छ । ६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो ।१८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र […]

नेपाल सुपर लिग : आज दुई खेल हुने

काठमाडौं,बैशाख,१२-पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र धनगढीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर जित निकाल्ने योजनामा हुनेछ । किरण चेम्जोङको कप्तानीमा रहने धनगढी पनि सुखद सुरुवातको […]

एनएसएल:ललितपुर सिटीलाई हराउदै,काठमाडौं रेजर्स विजयी

काठमाडौं,बैशाख,११-काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ ।शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ओलुमोउले गोल गरेका थिए ।  खेलको […]

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट: नेदरल्यान्ड्सलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं,बैशाख,११-नेपालले घरेलु भूमिमा आयोजना भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको कीर्तिमानी जित निकाल्दै नेपालले सिरिजमा कब्जा जमाएको हो । नेदरल्यान्ड्सविरुद्धको यो जित नेपालको सर्वाधिक रनको जित हो ।  यसअघि नेपालले भुटानविरुद्ध १ सय ४१ रनको जित निकालेको थियो । यससँगै नेपालले पहिलो पटक […]

नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदै

काठमाण्डौं,बैशाख,११-नेपालमा पहिलोपटक आयोजना हुन् लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ। आज उद्घाटन खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटि एफसीको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यस् रोमाञ्चक भिडन्त नेपाली समय अनुसार साँझको ५:३० बजेबाट सुरु हुनेछ। कोरोना प्रोटोकलका कारण रंगशालामा दर्शकको प्रवेश निषेध गरिएको छ। खेललाई AP1 HD च्यानल मार्फत प्रत्यक्ष […]

रामबहादुर थापालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं,बैशाख,१०-नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले रामबहादुर थापालाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गर्नुभएको हो । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेसँगै थापा एमालेका अध्यक्ष ओलीसँगै […]

नेपालमा थप २५५९ जना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं,बैशाख,१०-नेपालमा पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो।थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै ९४० जना हुन् । काठमाडौंका ७६०, ललितपुरका १०६ र भक्तपुरका ७४ जना थपिएका छन् ।योसँगै नेपालमा […]

त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट:आज नेपाल र मलेसिया भिड्ने

काठमाडौं,बैशाख,९-त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा नेपाल आज मलेसियासँग भिड्दैछ।लिग चरणको अन्तिम खेल कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ।  नेपाल शीर्ष दोस्रो टिममा पर्दै फाइनल प्रवेश गरिसकेको छ भने आज मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्नेछ।प्रतियोगिताबाट बाहिरिसकेको मलेसिया भने सान्त्वना जितको खोजीमा हुनेछ। त्रिदेशीय सिरिजमा नेपालले यसअघिका तीनमध्ये दुई खेलमा जित निकाल्दै ४ […]