काठमाडौं,बैशाख,५-नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।भारतीय आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ।गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले वृद्धि गरिएको […]
समाचार
बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि
काठमाण्डौं,बैशाख,५-स्पेनिस कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ।शनिबार राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओमाथि ४-० गोलको शानदार जित निकाल्दै बार्सिलोनाले उपाधि जितेको हो । सेभिल्लास्थित स्टेडियो डी कार्टुजामा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने एन्टोइन ग्रिजम्यान र फ्रेन्की डी योङले समान एक-एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो […]
मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने एमालेका तीन सांसद् पार्टीबाट निस्कासित
काठमाडौं,बैशाख,४-नेकपा एमाले कर्णाली प्रदेश कमिटीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने तीन सांसदलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्कासित गरेको छ । शनिबार बसेको प्रदेश कमिटीकोे बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहर गर्दै माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निस्कासन […]
थ्री नेसन्स टी-ट्वेन्टी क्रिकेट सिरिजमा नेपालको सानदार जित
काठमाण्डौं,बैशाख,४-नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा सुखद सुरुवात गरेको छ ।कुशल भुर्तेल र आसिफ शेखको डेब्यु अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा जितेको हो । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको जित निकाल्दा कुशल र आसिफले अर्धशतकीय इनिङ्स खेलेका हुन् । कुशलले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतमा […]
‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेको निर्णय
काठमाडौं,बैशाख,४-नेकपा एमालेले फ्लोर क्रस गर्ने आफ्ना चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि बसेको कर्णाली प्रदेश सभा एमाले संसदीय दलको बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उता कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोरक्रस गर्ने सांसदहरुले राजनीतिक […]
बाँकेको कोहलपुर नजिकै बस र टिप्पर ठोक्किँदा ५ जनाको मृत्यु, ४१ जना घाईते
काठमाण्डौं,बैशाख,३-बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिप्पर एकापसमा ठोक्किँदा पाँचको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन्। सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिपर साँझ ६:०० बजे रोहिणी खोला नजिक एकापसमा ठोकिँदा चार पुरुषसहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी […]
मुख्यमन्त्री शाहीले पाए विश्वासको मत,एमाले सांसदले गरे फ्लोर क्रस
काठमाडौं,बैशाख,३-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मतको लागि राखिएको प्रस्तावमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । विश्वासको मतका लागि २१ सांसद्को मत आवश्यक रहेकोमा मुख्यमन्त्री शाहीले २२ मत पाउनुभएको हो । कर्णाली प्रदेशमा ४० सांसद् रहेकामा ३७ जना उपस्थित थिए।मुख्यमन्त्री […]
एएफसी कप प्ले अफ : आज आर्मी र बेंगलुरु भिड्ने
काठमाडौं,बैशाख,१-नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा आज भारतको बेंगलुरु एफसीसँग प्रतिस्पर्धा गर्दैछ । गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ।आर्मी र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराएको आर्मी बेंगलुरुलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।तर, भारतीय […]
ज्ञानेन्द्रको कप्तानीमा नेपाली टिमको घोषणा
काठमाडौं,बैशाख,१-नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ।क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १५ सदस्सीय नेपाली टिम घोषणा गरेको हो ।स्पिनर शाहब आलम र ओपनर आशिफ शेख पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । बन्द प्रशिक्षणमा […]
आईपीएलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै
काठमाडौं,बैशाख,१-इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा बुधबार सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदै छ। खेल चेन्नईस्थित एम ए चिदम्बरम स्टेडियममा पौने ८ बजे हुनेछ।हैदरावादको कप्तानी डेविड वार्नर र बैग्लोरको कप्तानी विराट कोहलीले सम्हाल्नेछन्। आजको खेलमा हैदरावाद पहिलो जितको खोजीमा हुनेछ। हैदरावाद पहिलो खेलमा कोलकता नाईड राइडर्ससँग १० रनले पराजित भएको थियो। यता बैग्लोर भने […]


