थ्री नेसन्स कप-नेपालले आज बङ्गलादेश संग भिड्ने

काठमाण्डौं,चैत्र,१४-थ्री नेसन्स कप अन्तर्गत नेपाल र बङ्गलादेश बिचको खेल आज रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यस रोमाञ्चक भिडन्त साँझको ५:३० बजेबाट सुरु हुनेछ। यस खेल नेपाल र किर्गिस्तान ओलम्पिक टिमलाई महत्त्वपूर्ण रहेको छ। नेपालले आज बङ्गलादेश विरुद्ध कम्तीमा बराबरीको नतिजा निकालेपनि फाइनल प्रवेश गर्नेछ। यता किर्गिस्तानलाई फाइनल प्रवेश गर्न भने बङ्गलादेशले नेपाललाई कम्तिमा २-० […]

त्री-देशीय फुटबल : आज नेपालले किर्गिस्तान संग भिड्ने

काठमाण्डौं,चैत्र,१२-अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको त्री-देशीय फुटबल प्रतियोगिताको दोस्रो खेल नेपाल र किर्गिस्तान बिच प्रतिस्प्रर्धा गर्दैछन्।आज दशरथ रंगशालामा हुने उक्त खेल साझको ५:३० बजे देखि सुरू हुनेछ। नेपालका लागि कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् भने किर्गिस्ताका लागि टोकोताईभ ईर्झानको कप्तानी रहेको छ। नेपालले हाल सम्म किर्गिस्तानसँग दुई पटक खेलिसकेका छन्। २० मार्च […]

नयाँ वर्षको उपलक्ष्यमा जेआरएफद्धारा फोटो कन्टेस्टको आयोजना

फुकुओका,जापान,चैत्र,१२-आउदै गरेको नयाँ वर्ष २०७८ सालको पावन अवसरमा जापान रेमिट फाईनान्स (JRF) ले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत फोटो कन्टेस्ट (PHOTO CONTEST)२०२१ को आयोजना गरेको छ। उक्त प्रतियोगितामा जापान भरी रहनुभएका इच्छुक महानुभावहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।सहभागी हुन चाहाने ईच्छुक व्यक्तीको फोटो संकलन यहि फाल्गुन २७ गते बिहिबार अर्थात (मार्च ११) तारिख देखि सुरु […]

अब खोप प्राप्त भएपछि मात्र लगाउछौं: प्रवक्ता गौतम

काठमाडौं,चैत,११-५५ वर्ष माथिका व्यक्तिमा खोप लगाउने अभियानको उद्घोष गरेको सरकारले पहिलो कार्यक्रममा ६५ वर्ष माथिका व्यक्तिलाई मात्र खोप लगायो । त्यसपछि चैत्र ४ बाट ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिलाई खोप लगाउने सूचना निकालेको थियो । तर, दोस्रो कार्यक्रम सुरु गर्ने अघिल्लो दिन खोपको अभाव देखाउँदै कार्यक्रम नै स्थगित गरियो । त्यसको सूचनासमेत स्वास्थ्य मन्त्रालयले […]

आयोजनाको पूर्वतयारी गरेपछि मात्रै ठेक्का लगाउन कडाई गर्न निर्देशन

काठमाडौं, चैत ११-प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यसअघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्य प्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । हनुमन्ते कोरिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिए […]

थ्री नेसन्सका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा

काठमाडौं,चैत,११-नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन्।महर्जनले विश्वकप छनोटका लागि चलिरहेको बन्द प्रशिक्षणबाट १० जनालाई हटाएपछि २३ जनालाई थ्री नेसन्स खेल्ने नेपाली टोलीमा समावेश गरेका हुन्। घोषित टोलीको कप्तानी नियमित गोलरक्षक किरण चेम्जोङले गर्नेछन्। उनीबाहेक गोलरक्षकका रुपमा राष्ट्रिय टोलीमा विकेश कुथु र दिप कार्कीको […]

नेपाल सुपर लिगको टिकट पेवेलले बेच्ने, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं,चैत,११-बैशाख ११ देखि २५ गतेसम्म हुने नेपाल सुपर लिग (एनएसएल)का लागि नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टले टिकेटिङ पार्टनरको रूपमा पेवेलसँग सम्झौता गरेको छ । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले बुधबार एक कार्यक्रम गरेर पेवेलसँग सम्झौता गरेको हो । नेपाल सुपर लिगकी अध्यक्ष आश्रेयता कार्की चौधरी र पेवेलमन प्रमुख कार्यकारी अधिकृत भीम प्रसाद तिमिल्सिनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ […]

परिवर्तन नचाहनेहरुको ‘दलाल’ र ‘मोहरा’ बने ओली-प्रचण्ड

काभ्रे,चैत,११-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली परिवर्तन नचाहने शक्तिको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप लगाउनुभएको छ । धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको भेलामा दाहालले २०६२/०६३ पछिको परिवर्तन नरुचाउनेहरुले ओलीलाई प्रयोग गरेको दाबी गर्नुभयो । संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिष्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास गर्नेहरुले […]

उपत्यकामा ६३ सहित १४५ जना संक्रमित थपिए

काठमाडौं,चैत,११-नेपालमा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित थपिएका छन् ।यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन् ।पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १४५ जनामा कोरोना […]

घरमै होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,चैत,११-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ ।कोरोना संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली […]