आयोजनाको पूर्वतयारी गरेपछि मात्रै ठेक्का लगाउन कडाई गर्न निर्देशन

काठमाडौं, चैत ११-प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यसअघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्य प्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । हनुमन्ते कोरिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिए […]

थ्री नेसन्सका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा

काठमाडौं,चैत,११-नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन्।महर्जनले विश्वकप छनोटका लागि चलिरहेको बन्द प्रशिक्षणबाट १० जनालाई हटाएपछि २३ जनालाई थ्री नेसन्स खेल्ने नेपाली टोलीमा समावेश गरेका हुन्। घोषित टोलीको कप्तानी नियमित गोलरक्षक किरण चेम्जोङले गर्नेछन्। उनीबाहेक गोलरक्षकका रुपमा राष्ट्रिय टोलीमा विकेश कुथु र दिप कार्कीको […]

नेपाल सुपर लिगको टिकट पेवेलले बेच्ने, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं,चैत,११-बैशाख ११ देखि २५ गतेसम्म हुने नेपाल सुपर लिग (एनएसएल)का लागि नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टले टिकेटिङ पार्टनरको रूपमा पेवेलसँग सम्झौता गरेको छ । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले बुधबार एक कार्यक्रम गरेर पेवेलसँग सम्झौता गरेको हो । नेपाल सुपर लिगकी अध्यक्ष आश्रेयता कार्की चौधरी र पेवेलमन प्रमुख कार्यकारी अधिकृत भीम प्रसाद तिमिल्सिनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ […]

परिवर्तन नचाहनेहरुको ‘दलाल’ र ‘मोहरा’ बने ओली-प्रचण्ड

काभ्रे,चैत,११-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली परिवर्तन नचाहने शक्तिको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप लगाउनुभएको छ । धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको भेलामा दाहालले २०६२/०६३ पछिको परिवर्तन नरुचाउनेहरुले ओलीलाई प्रयोग गरेको दाबी गर्नुभयो । संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिष्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास गर्नेहरुले […]

उपत्यकामा ६३ सहित १४५ जना संक्रमित थपिए

काठमाडौं,चैत,११-नेपालमा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित थपिएका छन् ।यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन् ।पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १४५ जनामा कोरोना […]

घरमै होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,चैत,११-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ ।कोरोना संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली […]

कैलाली अपडेट:प्रहरीको गोली लागी घाइते प्याकुरेललाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

काठमाडौं,चैत,१०-लम्कीमा प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । गोली लागेर गम्भीर घाइते भएका स्थानीय ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । पेटमा गोली लागेका प्याकुरेललाई कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो । यस्तै […]

भारतमा थप ४० हजारमा कोरोना संक्रमण,१ सय ९७ जनाको मृत्यु

काठमाडौं,चैत,१०-कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेको भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार बढी संक्रमित भएका छन् । १ सय ९७ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङक अनुसार भारतमा हालसम्म संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ । ती मध्ये १ करोड ११ लाख ७९ हजार ५९ बिरामी निको भइसकेका […]

एक वर्षमा ७ सय ४५ क्षयरोगका बिरामी भेटिए

काठमाडौं,चैत,१०-राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले गत आर्थिक वर्ष २०७६÷७७ मा २७ हजार ७ सय ४५ नयाँ क्षयरोगी भेटिएको जनाएको छ । विश्व क्षयरोग दिवसको अवसरमा केन्द्रले मंगलबार गरेको पत्रकार सम्मेलनमा १ लाख ५५ हजार ३ सय ७१ सम्भावित क्षयरोगीहरूको परीक्षणमा झन्डै २८ हजारमा क्षयरोग देखिएको जनाएको हो । ०७५÷७६ मा भएको प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक […]

असली एमाले आफूहरु भएको माधव नेपालको दावी, ओलीलाई बिमाले सिमालेको संज्ञा

काठमाडौं,चैत,१०-नेकपा एमालेका नेता माधवकुमार नेपालले असली नेकपा एमाले आफूहरु भएको जिकीर गर्दै पार्टी अध्यक्ष केपी ओलीलाई बिमाले, सिमालेको संज्ञा दिनुभएको छ । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलामा नेता नेपालले अध्यक्ष ओलीलाई पार्टी छाडेर गए हुने भन्दै भन्नुभयो, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’ केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने […]