आर्मीले किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौ,चैत्र,१५-एएफसी कप-२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आर्मीले (आज) आइतबार दशरथ रंगशालामा किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।आर्मी र किर्गिस्तानबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ । खेल निशुल्क हेर्न सकिनेछ । आर्मीले एएफसी कप-२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ ।आर्मीले […]

बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौं,चैत,१४-नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ ।यस बराबरीसँगै नेपाल लिगको दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले २ खेलमा २ अंक जोड्यो […]

देशभरका ५ सय २३ स्थानमा डढेलो, एकै जिल्लाको ६० ठाउँ सखाप

काठमाडौं,चैत,१४-चैत महिना लागेसँगै देशैभर ५६ जिल्लाका ५ सय २३ स्थानमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्क अनुसार अहिले ५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागेको हो । पर्सामा मात्र ६० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ भने मकवानपुरमा ४१, चितवनमा २७ र नवलपुरमा २६ ठाउँमा डढेलो […]

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

काठमाडौं,चैत,१४-थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टोलीले पाएको केहि मौकामा सदुपयोग गर्न सकेनन् ।बंगलादेशविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको थियो । तर, गोल निकाल्न सकेन । खेलको २१ औं मिनेटमा […]

सुदूरपश्चिममा होलीको रौनक सुरू,पाँच दिन मनाइन्छ रुपाली होली

कञ्चनपुर,चैत,१४-सुदूरपश्चिममा कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा पाँच दिनसम्म होली मनाइने गरिएको छ ।पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिमको रुपालमा भने फागुन शुक्ल एकादशीका दिनबाट सुरु भएर फागु पूर्णिमाको दिन होली मनाउने गरिन्छ । पछिल्लो समय बसाईसराईका कारण कञ्चनपुरमा पनि रुपाली होलीको रौनक बढेको छ । पहिले सुदूरपश्चिमको डडेल्धुराको रुपालमा […]

नवीन्द्रराज जोशीको पार्थिव शरीर कांग्रेसको केन्द्रीय कार्यालयमा राखिँदै

काठमाडौं,चैत,१४-आज (शनिबार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय (सानेपा)मा बस्ने बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरिने कांग्रेसले जनाएको छ। मस्तिष्काघात भएपछि नर्भिक अस्पतालमा उपचारत नेता जोशीको शुक्रबार राति निधन भएको थियो। श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर मध्याह्न १२ बजेदेखि दिउँसो बजेसम्म पार्टीको केन्द्रीय […]

थ्री नेसन्स कप-नेपालले आज बङ्गलादेश संग भिड्ने

काठमाण्डौं,चैत्र,१४-थ्री नेसन्स कप अन्तर्गत नेपाल र बङ्गलादेश बिचको खेल आज रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यस रोमाञ्चक भिडन्त साँझको ५:३० बजेबाट सुरु हुनेछ। यस खेल नेपाल र किर्गिस्तान ओलम्पिक टिमलाई महत्त्वपूर्ण रहेको छ। नेपालले आज बङ्गलादेश विरुद्ध कम्तीमा बराबरीको नतिजा निकालेपनि फाइनल प्रवेश गर्नेछ। यता किर्गिस्तानलाई फाइनल प्रवेश गर्न भने बङ्गलादेशले नेपाललाई कम्तिमा २-० […]

त्री-देशीय फुटबल : आज नेपालले किर्गिस्तान संग भिड्ने

काठमाण्डौं,चैत्र,१२-अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको त्री-देशीय फुटबल प्रतियोगिताको दोस्रो खेल नेपाल र किर्गिस्तान बिच प्रतिस्प्रर्धा गर्दैछन्।आज दशरथ रंगशालामा हुने उक्त खेल साझको ५:३० बजे देखि सुरू हुनेछ। नेपालका लागि कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् भने किर्गिस्ताका लागि टोकोताईभ ईर्झानको कप्तानी रहेको छ। नेपालले हाल सम्म किर्गिस्तानसँग दुई पटक खेलिसकेका छन्। २० मार्च […]

नयाँ वर्षको उपलक्ष्यमा जेआरएफद्धारा फोटो कन्टेस्टको आयोजना

फुकुओका,जापान,चैत्र,१२-आउदै गरेको नयाँ वर्ष २०७८ सालको पावन अवसरमा जापान रेमिट फाईनान्स (JRF) ले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत फोटो कन्टेस्ट (PHOTO CONTEST)२०२१ को आयोजना गरेको छ। उक्त प्रतियोगितामा जापान भरी रहनुभएका इच्छुक महानुभावहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।सहभागी हुन चाहाने ईच्छुक व्यक्तीको फोटो संकलन यहि फाल्गुन २७ गते बिहिबार अर्थात (मार्च ११) तारिख देखि सुरु […]

अब खोप प्राप्त भएपछि मात्र लगाउछौं: प्रवक्ता गौतम

काठमाडौं,चैत,११-५५ वर्ष माथिका व्यक्तिमा खोप लगाउने अभियानको उद्घोष गरेको सरकारले पहिलो कार्यक्रममा ६५ वर्ष माथिका व्यक्तिलाई मात्र खोप लगायो । त्यसपछि चैत्र ४ बाट ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिलाई खोप लगाउने सूचना निकालेको थियो । तर, दोस्रो कार्यक्रम सुरु गर्ने अघिल्लो दिन खोपको अभाव देखाउँदै कार्यक्रम नै स्थगित गरियो । त्यसको सूचनासमेत स्वास्थ्य मन्त्रालयले […]