बंगलादेशविरुद्ध नेपाललाई २-० को अग्रता

काठमाडौं,चैत,१६-थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा अहिले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले २-० को अग्रता बनाएको छ  । खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेपछि आएको बलमा संजोकले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । मिडफिल्डर संजोकको यो […]

नेपालमा थप १४१ जना कोरोना संक्रमित, ८२ संक्रमणमुक्त

काठमाडौं,चैत,१६-नेपालमा पछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमित थपिएका छन् ।३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।पछिल्लो २४ घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार […]

थ्री नेसन्स कप:आज नेपाल र बंगलादेश बिच फाईनल खेल

काठमाडौं,चैत्र,१६-थ्री नेसन्स कपको फाइनल खेल आज नेपाल र बंगलादेश बिच हुँदैछ।थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताउनु […]

किर्गिस्तान यू-२३ टिमसँग त्रिभुवन आर्मी क्लबको बराबरी

काठमाडौं,चैत,१५-एएफसी कप-२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू-२३ टिमसँग बराबरी खेलेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेलमा गोल निस्कन सकेन ।किर्गिस्तानविरुद्ध बल पोसेसनमा आर्मीले पकड जमाएको थियो […]

मेलम्चीको पानी उपभोक्ताको धारामा झर्‍यो (यस्तो छ पानी वितरण तालिका)

काठमाडौं,चैत,१५-काठमाडौंवासीका लागि सपना बनेको मेलम्चीको पानी विपनामा परिणत भएको छ।आइतबार काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट उपभोक्ताको घरका धारामा पानी खसालेर एउटा बहुप्रतिक्षित योजनाको परिणाम जनताका बीचमा पुर्‍याइएको हो । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गर्नुभएको हो । हाल पुराना पानीपोखरीहरुमा सिन्धुपाल्चोकको मेलम्चीबाट […]

कोराेनाबाट विदेशमा ३ सय ४५ जना नेपालीको निधन

काठमाडौं,चैत,१५-कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघ -एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म […]

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं,चैत,१५-प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास जानुभएको थियो । सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार त्यस क्रममा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनका विषयमा छलफल भएको थियो । उहाँहरुबीच करिब दुई घण्टा कुराकानी भएको हो ।प्रतिनिधिसभा पुनर्स्थापित भए […]

पहिलो हाफमा त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको बराबरी

काठमाडौं,चैत्र,१५- एएफसी कप-२०२१ प्ले अफको तयारीमा रहेको नेपालको  त्रिभुवन आर्मी क्लबले अहिले किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र किर्गिस्तानले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर […]

जर्ज प्रिन्स कार्कीको कप्तानीमा आर्मीको टोली घोषणा

काठमाडौं,चैत्र,१५-किर्गिस्तानको युथ टिमविरुद्धको मैत्रीपुर्ण फुटबल खेलका लागि विभागीय टिम आर्मीले जर्ज प्रिन्स कार्कीको कप्तानीमा टोली घोषणा गरेको छ ।एएफसी कपको तयारीमा रहेको आर्मीले किर्गिस्तानसंग आईतबार मैत्रीपुर्ण फुटबल खेल्न लागेको हो । दशरथ रंगशालामा हुने खेल केहिबेरमा सुरु हुनेछ । दर्शकका लागि निशुल्क खेल हेर्ने ब्यवस्था एन्फाले मिलाएकाे छ ।  त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न किर्गिस्तान नेपाल […]

आज फागु पूर्णिमा अर्थात होली पर्व उल्लासपूर्वक मनाइदैं

काठमाडौं,चैत्र,१५-काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइंदै छ । फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर होली मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र […]