प्रधानमन्त्री ओलीले संसद्को अपमान गरे : गगन थापा

काठमाडौं,चैत,१०-नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अपमान गरेको आरोप लगाउनुभयो । मंगलबार संघीय प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उहाँले प्रधानमन्त्रीले आफूमाथि वर्षिने प्रश्न छल्न खोजेको आरोप लगाउनु भएको हो । प्रधानमन्त्री ओलीले काम गर्न दिएन भनेर हल्लामात्रै मच्चाएको उहाँको भनाइ छ।उहाँले भन्नुभयो, ‘जति दिन यो […]

कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई घाइते

काठमाडौं,चैत,१०-कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। मंगलबार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो। गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सञ्जेल घाइते भएका हुन्।उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको कैलालीका प्रहरी निरीक्षक हिक्मत […]

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्री हसिनाको भेटवार्ता

काठमाडौं,चैत,९-राष्ट्रपति विद्यादेवी भण्डारीसँग बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएका राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री हसिनाले राजधानी ढाकामा रहेको होटेल कन्टिनेन्टलमा भेटवार्ता गर्नुभएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुबै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्तामा दुई देशबीचको […]

एमालेका चार नेताले ओली पक्षले सोधेको प्रष्टीकरण नबुझाउने

काठमाडौं,चैत,९-नेकपा एमालेमा पार्टी हितविपरित काम गरेको भन्दै अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपालसहितका नेतालाई तीन दिने स्पष्टीकरण सोधे पनि जवाफ भने नपाउने भएका छन् । अवैध केन्द्रीय कमिटीलाई स्पष्टीकरण सोध्ने अधिकार नै नभएको भन्दै उनीहरुले जवाफ नदिने भएका हुन् । अध्यक्ष ओली पक्षले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई तीन […]

काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं,चैत,९-नेपाली काँग्रेसको पार्टी पदाधिकारी तथा पूर्व पधाधिकारीको बैठक बस्दैछ । केपी ओली नेतृत्व सरकारको विकल्प खोज्न नेपाली कांग्रेसले अग्रसरता नलिएको भन्दै आलोचना भइरहेका बेला सभापति शेर बहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाउनु भएको हो। पार्टी केन्द्रीय कार्यँलय सानेपामा सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।बैठकमा पार्टीको १४ औं महाधिवेशन र नयाँ […]

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान,भ्रमणका क्रममा केही विषयमा सम्झौता गरिने

काठमाडौं,चैत,९-राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ ।राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत बंगलादेश प्रस्थान गर्नुभएको हो । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उहाँ बंगलादेश जानुभएको हो ।राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ […]

सभा, गोष्ठी र भीडभाड हुने व्यवसाय नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं,चैत,८-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायका कार्यहरु नगर्नका लागि अनुरोध गरेको छ । केही हप्तादेखि छिमेकी देश विशेषगरी भारतमा कोरोनाको संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती गतिविधिहरु नगर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले आफूहरुले निर्देशन दिन नसक्ने भएकाले सबैमा […]

एमाले संसदीय दल बैठकः विधान पारित, बोर्ड २९ सदस्यीय र गुटमा लाग्नेलाई स्पस्टीकरण‍

काठमाडौं,चैत्र,७-नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसहित पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) बसेको बैठकमा विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । विधान आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी गरेको छ । विधानमा संविधान, एमालेको विधान र संसदले पास गरेको राजनीतिक […]

इन्धनको मूल्य वृद्धि भएसँगै फेरी हवाई भाडा बढ्यो

काठमाडौं,चैत्र,६-नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै फेरी हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जानकारी दिएको छ । संघले शुक्रवार विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ […]

नेपालमा पुन: कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन १२५ जना थपिए

काठमाडौं,चैत ६-नेपालमा पछिल्लो २४ घण्टामा १२५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १६१ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै,पछिल्लो १२३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको […]