काठमाडौं,चैत्र,६-नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै फेरी हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जानकारी दिएको छ । संघले शुक्रवार विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ […]
समाचार
नेपालमा पुन: कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन १२५ जना थपिए
काठमाडौं,चैत ६-नेपालमा पछिल्लो २४ घण्टामा १२५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १६१ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै,पछिल्लो १२३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको […]
संसद्मा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर, प्रधानमन्त्री ओलीको राजीनामा माग
काठमाडौं,चैत्र,६-प्रतिनिधिसभाको बैठकमा सत्तापक्षी र प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एवं सत्तापक्ष माओवादी केन्द्रका सांसदहरूले ओलीको राजीनामा माग गरेका हुन् । बैठकमा बोल्दै कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिसकेपछि विघटनको सिफारिस गर्ने प्रधानमन्त्री ओलीले नैतिक दायित्व लिएर मार्ग प्रशस्त […]
नयाँ महान्यायाधिवक्तामा बडाललाई सिफारिस
काठमाडौं,चैत,६-नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरिएको छ। प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुहुने छ । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए । पछिल्लो […]
प्रतिनिधिसभा बैठक : शुक्रबारका लागि दुईवटा कार्यसूची तय
काठमाडौं,चैत्र,५-प्रतिनिधिसभाको सातौं अधिवेशनको चौथो बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । शुक्रबार १ बजे बस्ने बैठकका लागि दुईवटा कार्यसूची तय गरिएको हाे । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ । राष्ट्रियसभाका पूर्वसदस्य तथा संविधान सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची […]
एमाले थप संकटमाःदुवै पक्ष आ-आफ्नै अडान,बामदेवको मिलाउन जोड
काठमाडौं,चैत्र,५-नेपाल कम्युुनिष्ट पार्टी (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षले समानान्तर कमिटी विस्तारदेखि गुटगत भेलालाई निरन्तरता दिन थालेपछि पार्टी एकता थप संकटमा पर्दै गएको छ । दुवै पक्षका नेताहरू एकअर्को विरुद्ध दोषारोपणमा उत्रिएका छन् । संस्थापन पक्षले नेपाल पक्षलाई आत्मालोचनासहित पार्टीमा फर्कन शर्त राख्दा नेपाल पक्ष पनि ओलीले गरेका निर्णय बदर हुनुपर्ने अडानमा छ […]
७ गते गुटको भेला हो, हामी जाँदैनौं-योगेश भट्टराई
काठमाडौं,चैत्र,५-नेकपा एमालेको असन्तुष्ट पक्षका प्रचार विभागका प्रमुख योगश भट्टराईले चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा नजाने बताउनुभएको छ ।बिहीबार कार्यकर्ता भेला समापन पछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले ७ गते गुटको भेला भएकाले आफूहरू नजाने बताउनुभएको हो । ‘केन्द्रीय कमिटीको बैठक सम्भव पनि छैन, त्यो गुटको भेला हो,’ उहाँले भन्नुभयो, ‘जसरी यो भेलामा केपी ओली आउनुभएन, […]
सर्वोच्चले पार्टी फुटाइदिएपछि टाउकामा ड्याम्म हानेको जस्तो भाछ-प्रचण्ड
काठमाडौं,चैत्र,५ –नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताउनुभएको छ । बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो । ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना […]
नेपालमा थप ९४ कोरोना संक्रमित, ५५ जना संक्रमणमुक्त
काठमाडौं,चैत,४- नेपालमा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ८१ जनाको पीसीआर परीक्षण गराउँदा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ ।यस्तै, पछिल्लो २४ घण्टामा ५५ […]
एमाले नेपाल समूहको तयारीःओलीलाई हटाएर कार्यवाहक नेतृत्वसम्म लिने (दस्तावेजसमेत)
काठमाडौं,चैत,४-नेकपा एमाले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्ने भएको छ । जसमा अध्यक्षबाट केपी ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिनेसम्म रहेको छ । नेपाल पक्षले कार्यकर्ता भेलामा वितरण गरेको दस्तावेजको १३ सूत्रीय कार्यनीतिमा यो विषय उल्लेख गरिएको छ । ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा आफ्नो समूहको प्रतिवेदन पेश गर्दै नेता […]



