काठमाडौं,फागुन,२५-पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७१५ जनाको पिसिआर परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको हो।गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको […]
समाचार
बुधबारको संसद् बैठकमा पनि एमाले र माओवादी केन्द्र सँगै बस्ने
काठमाडौं,फाल्गुन,२५-सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ब्यूँताइदिएपछि बस्ने प्रनिनिधिसभाको पहिलो बैठकमा दुवै दल सँगै बस्ने भएका छन् । बुधबार निर्वाचन आयोगले संसद् सचिवालयमा दुई दल अलग्गिएको पत्र पठाएपछि पनि दुवै दल सँगै बस्ने भएका हुन् । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)को नेतृत्वमा बनेको सरकारको समर्थन फिर्ता नगरेको अवस्थामा […]
एमाले र माओवादीलाई ओयोगले भन्यो:फेरि एकता गर्ने भए १५ दिनभित्र आउनु
काठमाडौं,फाल्गुन,२५-निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ। मंगलबार बसेको आयोगको बैठकले यसअघिको एकता भई बनेको पार्टीको नाम सर्वोच्च अदालतको आदेशसँगै बदर भएकाले फेरि एकीकरणको लागि आउन पत्र काटेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो। पत्रमा भनिएको छ, ‘आयोगको मिति २०७५।०२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी […]
माओवादी केन्द्रको निर्णय: चैत १ गते केन्द्रीय समिति बैठक र २ गते प्रशिक्षण कार्यक्रम गर्ने
काठमाडौं,फागुन,२५-नेकपा माओवादी केन्द्रको मंगलबार दिउँसो बसेको स्थायी समिति बैठक सकिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले चैत १ गते केन्द्रीय समिति बैठक र चैत २ गते कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ। केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले भन्नुभयो, ‘चैत १ गते केन्द्रीय समिति र २ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने […]
एमाले र माओवादी केन्द्रले आधिकारिकता पाउने
काठमाडौं,फाल्गुन,२५-सर्वोच्च अदालतको फैसलापछि विधिवत रुपमा अलग भएका नेकपा एमाले र माओवादी केन्द्रलाई बैधानिकता दिन निर्वाचन आयोगले आजदेखि प्रक्रिया थाल्दैछ । सर्वोच्चले ऋषी कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि केपी ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपाको बैधानिक हैसियत सकिएको छ । दुबै समूहले अब साविकको नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूताउने कसरत थालिसकेका छन् । यसैको सहजिकरण […]
एमालेभित्र गुटको अंकगणितबारे चर्चा सुरु:पार्टीभित्र नेपाल पक्ष हावि बन्दै
काठमाडौं,फागुन,२५-नेकपा नामबारे सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन्। ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै अदालतले सत्तारूढ नेकपाको दर्ता बदर गरेपछि माधवकुमार नेपाल र झलनाथ खनालसहित पूर्वएमाले नेताको समूह पुरानै पार्टीमा फर्किने निष्कर्षमा पुगेको छ। योसँगै एमालेभित्र गुटको अंकगणितबारे चर्चा सुरु भएको छ।नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ गते […]
धुम्बाराही केन्द्रीय कार्यालयमा एमालेको बोर्ड राखियो
काठमाडौं,फागुन,२५-काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड टाँगिएको हो। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकता गरी बनेको नेकपाको वैधानिकता खारेज गरिदिएको पर्सिपल्ट आज केन्द्रीय कार्यालयमा बोर्ड परिवर्तन गरिएको हो।
एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा
काठमाडौं,फाल्गुन,२५-सर्वोच्च अदालतका फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नयाँ परिस्थित आएसँगै दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । एकतापूर्वकै अवस्थामा नेकपा एमाले बनिसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारे दलहरुले आन्तरिक, औपचारिक, अनौपचारिकलगायत विभिन्न चरणमा छलफल थालेका हुन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता […]
आज नेकपाको अन्तिम बैठक: के के कुरा भए
काठमाडौं,फागुन,२४-साविक नेकपाको प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठक यो पार्टीको अन्तिम भएको बताउनुभयो। नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा अघि साँझ सम्पन्न स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार अब एमाले र माओवादी केन्द्रकै रूपमा अलग्गिने निर्णय गरेपछि प्रवक्ता श्रेष्ठले नेकपाको बैठक यो नै अन्तिम भएको बताउनुभयो। अन्तिम बैठक पछि नारायणकाजीको भनाइ यस्तो छ […]
प्रधानमन्त्री ओलीलाई फेरी धर्मसंकट: माधव समुह सुरक्षित
काठमाडौं,फागुन,२४-सर्वोच्च अदालतको फैसलासँगै नेकपा पार्टीको विघटन हुने र तत्कालीन नेकपा-एमाले र नेकपा (माओवादी केन्द्र) नै कायम रहने भएपछि धेरै कुराहरु व्यापक रुपमा हेरफेर हुने भएका छन्। फैसलाका कारण सबैभन्दा अप्ठेरोमा माधवकुमार नेपाल पक्षका सांसद तथा नेताहरु परेको बताइएको थियो।उनीहरुले सोमबार दिउँसो आपसी छलफल गरी अदालतको फैसलालाई सम्मान गर्दै एमालेमै रहने र त्यहिँ संघर्ष गर्ने निष्कर्ष […]





